असार १५, २०७९
गृहमन्त्री बालकृष्ण खाणले विपद्को सामना एकीकृत प्रयासबाट मात्रै सम्भव हुने बताएका छन् । मनसुन पूर्वतयारी प्रतिकार्य बैठकमा सहभागी विपदमा समन्वय गर्नुपर्ने सरकारी निकायका पदाधिकारीहरूलाई निर्देशन दिँदै सर...
काठमाडाैं | असोज १६, २०७८
नेकपा एमालेको पहिलो विधान महाधिवेशनमा प्रस्तुत भएको तीनवटा दस्तावेज चिरफारको लागि १० वटा समूह बनाएर छलफल भइरहेको छ ।
प्रतिनिधिहरूले राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव र विधान संशोधन प्रस्तावमा छलफल गरिरहेका छन् । महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी भएकोले प्रत्येक समूहमा ६०० भन्दा बढी सदस्य छन् ।
छलफलमा सहभागी भएका सदस्यहरूले राजनीतिक र सांगठनिक प्रस्तावमा भन्दा एमालेको संगठन स्वरूप कस्तो बनाउने भन्नेमा बढी ध्यान दिएका छन् । प्रत्येक समूहमा भाग लिने सदस्यहरूले विधान संशोधन प्रस्तावमा गरिएको उपाध्यक्ष र सचिवको संख्या बढाउनुपर्ने सुझाव दिएका छन् ।
विधान संशोधन प्रस्तावमा एमालेको केन्द्रीय कमिटीमा उपाध्यक्ष ५ र सचिव ५ जनासहित २२५ जनाको केन्द्रीय कमिटी प्रस्ताव गरिएको छ । तर, समूह छलफलमा भने उपाध्यक्ष र सचिवको संख्या बढाएर ७ पुर्याउनुपर्ने प्रस्ताव आएको छ ।
बागमती प्रदेश समूहको छलफलमा भाग लिँदै महाधिवेशन प्रतिनिधि अशोक घिमिरेले केन्द्रीय कमिटीमा उपाध्यक्ष र सचिवको संख्या बढाउनुपर्ने सुझाव दिए ।
त्यसै गरी विधान संशोधन प्रस्तावमा हटाउने प्रस्ताव गरिएको उपमहासचिव पनि अघिल्लो कमिटीमा जस्तै यथावत् राखिनुपर्ने बागमती प्रदेश समूहमा सहभागी प्रतिनिधिहरूले सुझाव दिएका छन् ।
केन्द्रीय कमिटीको पदाधिकारीमा नै एक तिहाइ महिला सहभागिता सुनिश्चित हुनुपर्ने महाधिवेशन प्रतिनिधि उषाकिरण तिमल्सिनाले बताइन् । केन्द्रीय कमिटीमा एक तिहाइ महिला सहभागिता सुनिश्चित गर्ने प्रस्ताव सकारात्मक भएको र केन्द्रीय कमिटीको पदाधिकारीमा पनि महिला सहभागिता बढाउने व्यवस्था हुनुपर्ने उनले बताइन् ।
त्यस्तै केन्द्रीय निकाय समूहको छलफलमा सहभागी प्रतिनिधिले आरक्षण वर्गीय आधारमा हुनुपर्ने सुझाव दिएका छन् । केन्द्रीय निकाय अन्तर्गत एमालेको अनुशासन आयोग, लेखा आयोग र सल्लाहकार परिषदका सदस्यहरू छन् । उक्त समूहको छलफलमा सहभागीहरूले राष्ट्रिय निर्वाचनमा समानुपातिक उम्मेदवार छनौटका लागि पनि महाधिवेशनबाटै स्पष्ट मापदण्ड तयार गर्नुपर्ने सुझाव दिए ।
जनसंगठन प्रदेश समूहमा रहेका प्रतिनिधिहरूले पनि राजनीतिक प्रतिवेदनमा भन्दा बढी पार्टीको संगठन संरचनामा केन्द्रित भएर धेरै सुझाव दिएका छन् ।
एमालेको केन्द्रीय कमिटी र स्थायी कमिटी बैठकमा प्रस्तुत भएको राजनीतिक प्रतिवेदनमा गरमागरम बहस भएको थियो । राजनीतिक प्रतिवेदनमाथि केही नेताहरूले लिखित र मौखिक सुझाव दिएका थिए । केहीले लिखित रूपमै फरक मत पनि राखेका थिए । तर, महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले भने राजनीतिक प्रतिवेदनमा चासोपूर्वक छलफल गरेका छैनन् ।
पार्टी एकीकरण, विभाजन र एमाले सरकारबाट बाहिरिएपछि भएको विधान महाधिवेशनमा राजनीतिक विषयमा बृहत् छलफल हुने अनुमानविपरीत प्रतिनिधिहरूले राजनीतिक प्रतिवेदनमाथि गहन छलफल गरेको पाइएको छैन ।
समूहगत रुपमा छलफलबाट आएको सुझाव दिउँसो २ बजेबाट शुरू हुने प्लेनरीमा प्रस्तुत गर्ने कार्यक्रम छ । प्रत्येक समूहका नेताले समूहका निष्कर्ष प्रस्तुत गरेपछि त्यसमा पार्टी नेतृत्वले जवाफ दिने कार्यतालिका एमालेले तय गरेको छ ।
गृहमन्त्री बालकृष्ण खाणले विपद्को सामना एकीकृत प्रयासबाट मात्रै सम्भव हुने बताएका छन् । मनसुन पूर्वतयारी प्रतिकार्य बैठकमा सहभागी विपदमा समन्वय गर्नुपर्ने सरकारी निकायका पदाधिकारीहरूलाई निर्देशन दिँदै सर...
नेकपा एमालेका नेता घनश्याम भुसालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमा रोपेको भनिएको बीउ नउम्रिने दाबी गरेका छन् । रैथाने बीउले काम नगर्ने भन्दै फेरि हाइब्रिड बीउ आवश्यक परेको उनको टिप्पणी छ । ...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले समाजवादको लक्ष्यलाई केन्द्रविन्दु बनाएर सबै वामपन्थी र लोकतान्त्रिक शक्ति अगाडि बढ्नुपर्ने बताएकी छन् । बुधवार ललितपुरमा आयोजित नेपाली कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोल...
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र व्यक्तिवादी सोचले समग्र पार्टीलाई असर पर्ने भएकाले यस्तो सोचबाट मुक्त हुन आग्रह गरेका छन् । बट्टारमा नुवाकोट साहित्य प्रतिष्ठानको १५औं वार्षिकोत्सव, कृति वि...
सरकारले दिँदै आएको तक्मामा प्रयोग हुने सुन र आकारमा हेरफेर गर्ने भएको छ । गृह मन्त्रालयको सिफारिसमा विभूषणमा प्रयोग हुने सुनको मात्रा घटाएर तक्माहरूको आकारमा फेरबदल गर्ने मन्त्रिपरिषदले निर्णय गरेको ह...
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा मागेको छ । गण्डकी प्रदेश सभामा बजेटमाथिको छलफल रोकेर सत्ता गठबन्धनले संसदलाई अनिर्णयको बन्दी बनाएको भन्दै नेकपा ...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...