×

NMB BANK
NIC ASIA

तिहारमा कृत्रिम फूलको बजार

तिहारमा गाउँ-गाउँ पुगे कृत्रिम फूल– चाडबाडलाई लक्षित गरी ३ करोडभन्दा माथिको आयात !

कात्तिक १९, २०७८

NTC
Premier Steels

फूलहरूको पर्व तिहारमा पछिल्लो समय कृत्रिम फूलले बजार पाउन थालेको छ । 

Muktinath Bank

फूलमा नेपाल आत्मनिर्भर हुन लागेको बताउँदै गर्दा आयातित तथा कृत्रिम फूलहरूले भने महत्त्वका साथ बजार पाउन थालेको देखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घरमा तोरन टाँग्न तथा अन्य सजावटका लागि कृत्रिम फूलको प्रयोग गर्ने चलन पछिल्लो समय बढ्दै गइरहेको छ ।


Advertisment
Nabil box
Kumari

भन्सार विभागको तथ्यांकअनुसार यस वर्षको असोजमा मात्रै १ करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको कृत्रिम फूल तथा कृत्रिम फूलबाट बनाइएका अन्य आकर्षक वस्तुहरू आयात भएको छ । 

Vianet communication

असोज महिनामा मात्रै सो परिणामको कृत्रिम फूल आयात गरिएको भएपनि तिहार लक्षित गरेर व्यापारीहरूले भदौदेखि नै यस्ता फूलहरूको आयात थालेका थिए । 

आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा मुलुकमा ३ करोड १० लाख ८६ हजार रुपैयाँ बराबरका कृत्रिम फूल आयात भएको भन्सार विभागले जनाएको छ । 

भाद्रसम्ममा १ करोड ४७ लाख ५६ हजार रुपैयाँ बराबरको कृत्रिम फूल आयात भएको थियो ।

चालु आर्थिक वर्षको तीन महिनामा ८६ हजार ८ सय २२ किलोग्राम कृत्रिम फूल आयात भएको विभागको तथ्यांक छ । 

गाउँमा समेत फेरिँदै ट्रेन्ड

पछिल्लो समय घर तथा अन्य भवनहरूमा सजावटका लागि कृत्रिम फूलहरूको प्रयोग बढ्न थालेको व्यवसायीहरू बताउँछन् । 

काठमाडौंको हात्तीसरमा फूल व्यवसाय गर्दै आएका व्यवसायी अनुप थापाले पछिल्लो समय होटल तथा घर र भवन सजावटका लागि यस्ता फूलहरू किन्ने क्रम बढेको बताए ।

उनका अनुसार काठमाडौंमा त यसको बजार छ नै, तर गाउँघरमा समेत यसको प्रयोगले व्यापकता पाएको छ । 

‘गाउँघरमा घर सजाउनका लागि सामान्य मूल्यका कृत्रिम फूल र यस्ता फूलहरूबाट बनाइएका माला प्रचलनमा आउन थालेको छ,’ उनले भने ।

उनका अनुसार, ठूला आकारका माला तथा फूलहरू होटल तथा ठूला भवनमा लैजाने गरिएको छ ।

यस्तै सामान्य खालका भने गाउँघरमा चलनमा आउन थालेको छ । 

सयपत्रीको फूल महँगो हुँदा समेत कृत्रिम फूलमा ग्राहकहरूको आकर्षण बढेको पुष्प व्यवसायी रमेश शाही बताउँछन् । 

पछिल्लो समय सयपत्री तथा मखमली फूलको मूल्यमा वृद्धि भएसँगै कृत्रिम फूलको माग बढेको उनको भनाइ छ ।

‘अहिले सबैले बेच्न थालेपछि न्यून मात्रामा मैले पनि कृत्रिम फूल बिक्रीका लागि राखेको छु, केही ग्राहकहरूले लैजाने गरेको देखिन्छ,’ उनले लोकान्तरसँग भने ।  

उनका अनुसार, पछिल्लो समय सस्तो तथा नओइलाउने फूलका रूपमा कृत्रिम फूललाई गाउँघरमा समेत प्रयोग गर्न थालिएको छ । 

कुन–कुन देशबाट हुन्छ आयात ? 

प्राय व्यवसायीहरूले कृत्रिम फूलहरू भारतबाट मगाउने गरेका छन् । 

यसका साथै चीन, अमेरिका, जापान, थाइल्याण्ड लगायतका मुलुकबाट पनि नेपालमा कृत्रिम फूलहरू भित्रिएका छन् । 

व्यवसायीहरूले कन्टेनरबाट र सामुद्रिक माध्यमबाट भारत हुँदै नेपालमा समेत फूलहरू भित्र्याउँदै आएका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x