×

NMB BANK
NIC ASIA

सर्वोच्चमा विद्रोह

न्यायाधीशहरूद्वारा बन्दी प्रत्यक्षीकरण बाहेकका इजलास बहिस्कार, जबरा एक्लैले हेरे मुद्दा

कात्तिक २३, २०७८

NTC
Premier Steels

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै अदालतमा भद्र अवज्ञा गर्दै आएका सर्वोच्च अदालतका न्यायाधीशहरूले मंगलवार पनि इजलास बहिस्कार गरेका छन् । एउटा इजलासमा बन्दी प्रत्यक्षीकरणको रिट हेरे पनि अन्य न्यायाधीशहरूले इजलासमा बस्न इन्कार गरेका हुन् । 

Muktinath Bank

सोमवारको छलफलमा न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणका रिट हेर्ने र प्रधानन्यायाधीशसँग इजलास शेयर नगर्ने निर्णय गरेका थिए । प्रधानन्यायाधीशले मंगलवार आफू सहितका १० इजलास गठन गरेका थिए । यसअघि बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र पेशीमा चढाउने गरिएकोमा आजदेखि सबैखाले मुद्दाको पेशी तोकिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

न्यायाधीश तेजबहादुर केसी र मनोज शर्माको इजलास बसेर बन्दी प्रत्यक्षीकरणको रिट हेरे पनि सो इजलासमा तोकिएका अन्य मुद्दामा सुनुवाइ भएन । सर्वोच्च अदालतको पेशी सूचीमा अन्य मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ ।


Advertisment
Nabil box
Kumari

प्रधानन्यायाधीश जबराले भने एकल इजलासमा बसेर मुद्दाको सुनुवाइ गरेका छन् । मन्त्रिपरिषद्मा भागबण्डा खोजेको, न्यायालयको गरिमा घटाउने गरी सेटिङ गरेको जस्ता आरोप लगाउँदै न्यायाधीशहरूले जबराको राजीनामा माग गरेका छन् । 

Vianet communication

कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले पनि न्यायालयको स्वतन्त्रता कायम राख्न प्रधानन्यायाधीशले राजीनामा गर्नुपर्ने माग राख्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x