३१ असार २०८३, बुधबार

एमालेमा छानिए ८५ प्रतिशत महाधिवेशन प्रतिनिधि, बाँकीले ३० गतेसम्म सक्नुपर्ने

कात्तिक २८, २०७८
एमालेमा छानिए ८५ प्रतिशत महाधिवेशन प्रतिनिधि, बाँकीले ३० गतेसम्म सक्नुपर्ने

नेकपा (एमाले)को करीब ८५ प्रतिशत महाधिवेशन प्रतिनिधि चयन भएका छन् । एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले देशका अधिकांश जिल्लामा सर्वसम्मतिले प्रतिनिधि चयन भएको बताएका छन् ।

एमालेले आगामी मंसिर १०–१२ गते चितवनमा दशौं राष्ट्रिय महाधिवेशन आयोजना गरेको छ । महाधिवेशनमा सहभागी हुनका लागि एमालेले हिजो एकै दिन देशभर प्रतिनिधि छनोट गरेको थियो । तर, कतिपय ठाउँमा भने प्रतिनिधि छनोट लम्बिएको छ ।

पार्टीले निर्धारण गरेको मापदण्डअनुसार खुला, महिला र उत्पीडित समुदायबाट प्रतिनिधिको छनोट गरिएको भट्टराईले बताए । 

‘अहिलेसम्म केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसंगठन र प्रवासबाट समेत गरी ८५ प्रतिशतको हाराहारीमा प्रतिनिधिहरु निर्वाचित भइसकेका छन्,’ भट्टराईले भने, ‘कात्तिक ३० गतेसम्म प्रतिनिधि चयन गरी केन्द्रमा प्रतिनिधिको सम्पूर्ण अभिलेख पठाउन निर्देश गरिसकिएको छ ।’  

यी हुन् एमालेको महाधिवेशन प्रतिनिधि चयन भएका जिल्लाहरूः

प्रदेश १ः 

पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, मोरङ, धनकुटा, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, खोटाङ र भोजपुर ।

बागमती प्रदेशः

दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, चितवन र मकवानपुर । 

उपत्यका विशेष कमिटीः 

पेशागत, युवा विद्यार्थी, मजदुर र उद्योग व्यवसाय विशेष जिल्ला कमिटी । 

गण्डकी प्रदेशः

गोरखा, लमजुङ, नवलपुर, तनहुँ, कास्की, स्याङजा, पर्वत, म्याग्दी, बागलुङ, मुस्ताङ र मनाङ । 

लुम्बिनी प्रदेशः

गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, रुकुम, रोल्पा, बाँके र बर्दिया । 

कर्णाली प्रदेशः

हुम्ला, डोल्पा, मुगु, कालीकोट, जुम्ला, जाजरकोट, रुकुमपश्चिम, सल्यान र सुर्खेत ।

सुदूरपश्चिम प्रदेशः

दार्चुला, बैतडी, बझाङ र डडेल्धुरामा चयन कार्य सम्पन्न भइसकेको छ भने कञ्चनपुर, कैलाली, अछाम, डोटी र बाजुराका केही क्षेत्रमा प्रक्रिया जारी छ ।

केन्द्रीय सल्लाहकार परिषद्, जनसंगठन, प्रदेश कमिटीहरु, प्रदेश सम्पर्क कमिटीहरू र प्रवास समन्वय कमिटीहरूबाट पनि प्रतिनिधि चयन भइसकेका छन् । 

पार्टीका केन्द्रीय विभागहरू र केन्द्रीय कार्यालयबाट प्रतिनिधि चयन सम्पन्न भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्