२६ जेठ २०८३, मंगलबार

सलमान खानको अगाडि ग्वाँ ग्वाँ रोइन् कट्रिना कैफ, आखिर किन ?

मंसिर ९, २०७८
सलमान खानको अगाडि ग्वाँ ग्वाँ रोइन् कट्रिना कैफ, आखिर किन ?

सलमान खानले बलिउडका अन्य कलाकारहरूसँग झगडा गरिरहेका हुन्छन् । 

केहीसँग उनले झगडा सल्ट्याइसकेका छन् भने केहीसँग उनको सम्बन्ध अझै पनि चिसो छ । जोन अब्राहमसँग सलमानको सम्बन्भ अझै सुध्रिएको छैन । 

उनीहरूले एउटा डान्स टूरमा जाँदा झगडा गरेको र त्यसपछि उनीहरूको सम्बन्ध चिसिएको बताइन्छ । 

यो कथामा कट्रिना कैफ पनि जोडिन आउँछिन् । जोनले कट्रिनलाई फिल्म सायाबाट हटाएपछि कट्रिना सलमानकहाँ पुगेकी थिइन् । 

इन्डिया टीभीसँग कुरा गर्दै सलमानले भने, ‘कट्रिनाले त्यो फिल्ममा खेल्ने पक्का भइसकेको थियो । तर उनको ठाउँमा तारा शर्मालाई ल्याइयो । कट्रिनाले रुँदै आफ्नो करीयर ध्वस्त भएको भनी बिलौना गरिन् । मलाई अहिलेसम्म त्यो दृश्यले झकझक्याउँछ ।’

सलमानले कट्रिनालाई किन बेकारमा रोएको, कुनै दिन तिमी सबभन्दा ठूलो स्टार बन्नेछौ भने । 

कट्रिनाले राम्रोसँग हिन्दी बोल्न नजान्ने भएकाले उनीसँग काम गर्न जोनले नमानेको बताइन्छ ।

पछि जोनलाई एउटा फिल्मबाट हटाउने अवसर आएपछि कट्रिनाले त्यसको उपयोग गर्न खोजेकी थिइन् । तर आफूले त्यसो गर्न रोकेको सलमानले बताए । 

कट्रिना र जोनको फिल्म सुपरहिट भएको थियो । आफ्नो र कट्रिनाको बडप्पनका कारण जोन अब्राहमले ठूलो हिट पाएका हुन्, सलमानले बताए । 

salt training

कमेन्ट गर्नुहोस्