×

अझै पानी बोकेर ल्याउनुपर्ने बाध्यता

मंसिर १७, २०७८

फाइल तस्वीर

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङ्गका टोड्केमा अझै खानेपानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको छैन ।

सरकारले ‘एक घर, एक धारा’ जडानको नीति लिए पनि आर्थिकरूपले विपन्न समुदाय सो पहुँचबाट बाहिरै रहनुपर्ने बाध्यता छ । सोही स्थानमा तीन घर रहे पनि अहिले एक घरमा मात्र बसोबास छ । पानीकै अभाव दुई घर अन्यत्र बसोबास गर्न थालेपछि गाउँमा सन्तानविहीन वृद्ध दम्पतीले पानीकै निम्ति सास्ती खेपेका छन् ।


Advertisment

सङ्घीय, प्रदेश र स्थानीय सरकार रहे पनि गरिब दिनदुःखीले आधारभूत आवश्यकता पूरा गर्न सरकार चुकेका छन् । नजिकको सरकार वा सिंहदरबारको अधिकारको गाउँगाउँमा भनिए पनि गरिब नागरिकले आधारभूत समस्या खेपेका छन् । वास्तविक गरिब पहिचान गरी सरकारले गरिब उत्थान कार्यक्रम ल्याए पनि वृद्ध परिवार भने समस्याबाट मुक्त हुनसकेका छैनन् ।


Advertisment

पाल्पाको हार्थोक छहरा सडकखण्डअन्तर्गत पर्ने यो क्षेत्र चारतिर जङ्गलले घेरिएको छ । नजिकै बस्ती छैन, त्यही एक्लो घरमा बसोबास गर्ने यी ७२ वर्षीय रामबहादुर खड्का र उहाँकी श्रीमती सीताको पनि उमेर ७० नाघिसक्यो । तर दिनरात पानीका निम्ति जङ्गलको बीच भागमा रहेको कुँवा धाउनुपर्ने अवस्था हटेको छैन, कहिले आफन्तहरूको घरमा पानी माग्न पुग्नुपर्ने बाध्यता टरेको छैन ।
 
सवारी सञ्चालन नहुँदा टोडकेमा पानी पिउन पैदलयात्रु त्यो घरमा पस्ने गर्थेँ । रामबहादुर र सीताले घण्टौँ समय बिताएर डोकोमा पानी बोकेर घरमा ल्याउने गर्थेँ । त्यही पनि पैदलयात्रुलाई मागे जति दिन पाउँदा खुशी हुन्थे । तर पहिलाका पानीका दाता अहिले यी जोडीलाई पानीको व्यवस्थापनको पिरलोले सुताइरहेको छ । ‘एक घर, एक धारा’को नारा पनि यी वृद्ध दम्पतीका निम्ति कार्यान्वयनमा आउन सकेको छैन । श्रीमान् बिरामी हुनुहुन्छ । छोरीहरूका विवाह गरी घर गएपछि जङ्गलको बीच भागबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता छ । 

सीताले भनिन्, “श्रीमान् रामबहादुरको कम्मर निकै दुख्छ, रिङ्गटा लाग्छ । उनले केही काम गर्न नसक्ने भएका छन् । बुढेसकालमा पानी बोकेर खान सक्ने स्थिति नै छैन । त्यसैले मैले जसोतसो गरी पानीको बोकेर ल्याउँछु, उकालो ओरालो गर्न समस्या भए पनि पानीबिना बाँच्न नै गाह्रो रहेछ ।”

आम्दानीका नाममा रामबहादुरको सामाजिक सुरक्षा भत्ता मात्र हो । सन्तानका नाममा तीन छोरी रहे पनि उनीहरूका विवाह गरी घरजम गरिसकेकाले माइती कमै पाइला टेक्छन् । खड्कालाई पानीजस्तै, साँझ बिहान गाँसको पनि समस्या हुँदै गएको छ । 

हातीढुङ्गाको पानी लिफ्टमार्फत तानेर घर नजिकै टयाङ्की निर्माण गर्न गाउँलेलाई सल्लाह दिएको तर गाउँले कुरा नसुनेपछि रामबहादुर चिन्तित छन् । त्यो पानी ठूलो पोखरामा आउँछन् भन्छन्, “खड्काको घर डाडाँमा रहेकाले लिफ्टमार्फत तानेको पानी ल्याउनसमेत समस्या रहेको बताए ।

“पाँच भाइमध्ये चार भाइ पानीकै अभावमा सहर पलायन भएका छन् । लाखौँ खर्चिएर बनाइएका घरहरू छाडेर अन्यत्र बसोबास गर्न बाध्य भएका हुन् । सहरमा भाडा तिर्नुपर्ने आफ्नै घरचाहिँ भत्किएका र जङ्गलले घरिएका छन् । जग्गाजमिन प्रशस्त रहे पनि सिँचाइको सुविधा छैन । उत्पादित अन्नबाली बाँदर, मृगलगायत वन्यजन्तुबाट जोगाउन समस्या रहेको छ”, रामबहादुरको गुनासो छ । 

बाँदरको समस्याले पाँच वर्षदेखि मकै बाली उत्पादन गर्न छाडिएको छ । बारीमा वन्यजन्तुको समस्याले अम्रिसो रोपिएको छ । अम्रिसोबाट कुचो र घाँस दुवै हुन्छ । त्यसैले आम्दानी निम्ति भैँसीपालन गरिए पनि घाँस काट्न जाँदा चितुवाको समस्या रहेको सीता खड्काको गुनासो छ । रासस
 

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x