०३ असार २०८३, बुधबार

बारा–पर्सा कोरिडोरमा बढ्दै डन्डी उद्योग

पुस ७, २०७८
बारा–पर्सा कोरिडोरमा बढ्दै डन्डी उद्योग

बारा–पर्सा औद्योगिक कोरिडोरको भौगोलिक अवस्थिति र रेलमार्ग जोडिएको सुक्खा बन्दरगाहसम्म कच्चा पदार्थ ढुवानी सहज भएपछि कोरिडोरमा फलामका डन्डी र अन्य निर्माण सामग्री बनाउने उद्योग खुल्नेक्रम बढेको छ ।

विगत ३ वर्षको अवधिमा यो कोरिडोरमा आधा दर्जनजति फलाम उद्योग थपिएका छन् । यस्ता उद्योगका संख्या डेढ दर्जन पुगिसकेको उद्यमी बताउँछन् ।

पछिल्लो समय वीरगञ्जमा खुलेको सर्वोत्तम स्टीलले परीक्षण उत्पादन जारी राखेको छ । यो अवधिमा खुलेका अन्य उद्योगले पनि क्षमता वृद्धि गर्न थालेका छन् । यो उद्योगले डण्डीको कच्चा पदार्थ बिलेट पनि आफै बनाउँछ ।

बारा–पर्सा औद्योगिक कोरिडोरलाई मुख्य आधार बनाएर उद्योग विस्तार गरिरहेको क्याल समूहले करीब ४ वर्षदेखि सञ्चालनमा ल्याएको नारायणी स्पातको क्षमता वृद्धिको योजना अघि बढाएको छ । यो समूहले यसैबीचमा डन्डी, जस्ता पाता, तार, जाली, ब्लकलगायत उद्योग सञ्चालनमा ल्याइसकेको छ ।

बारा–पर्सा औद्योगिक कोरिडोरमा निर्माण सामग्रीका उद्योगमा लगानी बढेको उद्यमी बताउँछन् । कोरिडोरमा खुलेका यस्ता उद्योगमा मात्रै २० अर्ब रुपैयाँभन्दा बढी लगानी पुगिसकेको अनुमान उद्यमीको छ । यो कोरिडोरमा अधिकांश यस्ता उद्योगले कच्चा पदार्थ बिलेट आयात गर्छन् ।

कोरिडोरमा उद्योगबीच पछिल्लो समय आपैm बिलेट उत्पादन गर्ने प्रतिस्पर्धा बढेको छ । अहिले जगदम्बा, नारायणी स्पात र सर्वोत्तमले बिलेट उत्पादन गर्छन् ।

मुख्य नाका र भौगोलिक रूपमा मध्यभागमा रहनुका कारण यो औद्योगिक कोरिडोर निर्माण सामग्री उत्पादनको केन्द्र बनेको उद्यमीको भनाइ छ । क्याल समूहका निर्देशक राजेश क्याल बारा–पर्सा कोरिडोरलाई निर्माण सामग्री उत्पादनको केन्द्रको रूपमा ब्रान्डिङ गर्न सकिने बताउँछन् । आर्थिक अभियान दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्