×

NMB BANK
NIC ASIA

पुनर्निर्माण सकियो तर टहरामै राष्ट्रिय पुस्तकालय

पुस २०, २०७८

NTC
तस्वीर सौजन्य : गोरखापत्र अनलाइन
Premier Steels

२०७२ साल वैशाख १२ को भूकम्पले ध्वस्त धेरै संरचना, सम्पदा र भवन पुनर्निर्माण भए ।

Muktinath Bank

पुनर्निर्माणको जिम्मेवारी पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण यसै महिनादेखि खारेज भएको छ । तर नेपालकै राष्ट्रिय पुस्तकालय भने आफ्नै नाममा जग्गा नभएका कारण पुस्तकालय सेवा दिन असमर्थ रहेको गुनासो छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तैमा त्यही भूकम्पले क्षतविक्षत बनाएको बौद्धिक सम्पदा भने जग्गा नै नहुँदा ललितपुरबाट भक्तपुर पुगेर बल्ल टहराबाट सोमबारदेखि ज्ञान बाँड्न थालेको छ । यसको सानो सेवा भने ललितपुरबाटै दिइँदै छ । भूकम्पपछि राष्ट्रिय पुस्तकालयका पुस्तकहरू काठमाडौँको ज्ञानेश्वरस्थित महेन्द्र भवन माविको भवन, सानोठिमीस्थित शैक्षिक जनशक्ति विकास केन्द्रको गोदाम र हरिहर भवनकै बाल शाखाको गोदामभित्र बोरामा राखिएका थिए ।


Advertisment
Nabil box
Kumari

तत्कालीन नायब बडागुरु हेमराज शर्मा पाण्डेको निजी सङ्कलनमा रहेको भारती भवन पुस्तकालयमा रहेका करिब ३० हजार पुस्तक तीन लाख भारतीय रुपियाँमा किनेर र केन्द्रीय सचिवालय पुस्तकालय सिंहदरबारमा रहेका करिब आठ हजार पुस्तकसमेत मिलाएर २०१३ साल पुस १३ देखि पुस्तकालय सेवा शुरू गरिएको थियो । त्यही दिनको स्मरण गर्दै स्थापना दिवस पुस १९ नै पारेर टहराबाट सेवा सुरु गरिएको हो । सुरुमा सिंहदरबारमै रहेको प्ुस्तकालय धेरै ठाउँ सर्दै अहिले भक्तपुरको सानोठिमी पुगेको छ ।

Vianet communication

जग्गा प्राप्तिको प्रस्ताव भने मन्त्रिपरिषद्मा रहेको बताइएको छ । स्थापनाताका यो पुस्तकालय सिंहदरबारभित्रको सिक्री ढोका भन्ने भवनमा थियो । २०१७ सालमा यसलाई सिंहदरबारबाट ललितपुरस्थित हरिहर भवनमा सारिएको थियो । २०४४ सालमा पहिलो पटक यसले आफ्ना सम्पूर्ण सङ्कलनको सूचीकरण सम्पन्न गरेको थियो ।

अहिले पुस्तकालयमा एक लाख ५० हजार पुस्तक छन् । पुस्तकालयमा तीन सय वर्ष पुराना हस्तलिखित ग्रन्थसहित नेपाली, अङ्ग्रेजी, हिन्दी, संस्कृत, मराठी, फ्रान्सेली, जापानी, थाई, मलेसियाली र नेपालमा बोलिने विभिन्न भाषाका पुस्तक छन् । पुस्तकालयको ६५औँ स्थापना दिवसको उपलक्ष्यमा पुस्तकालय भवन, सानोठिमीमा सोमबार आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्माले पुस्तकालयको दराज (¥याक)बाट पुस्तक झिकेर अध्ययन गरी पाठक सेवाको शुभारम्भ गरे ।

पुरानो अभिलेख र पुस्तक जोगाउनु यस पुस्तकालयको मुख्य दायित्व रहेको बताउँदै उनले पुस्तकालय अध्ययनले नै आफूले बीपी कोइरालाजस्ता नेताहरूलाई चिन्ने अवसर प्राप्त गरेको चर्चा गरे । उनले पुस्तकालयका पुस्तकहरूको ‘डिजिटलाइजेसन’ गर्नुपर्ने आवश्यकतामाथि जोड दिए। गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x