×

NMB BANK
NIC ASIA

बागमतीमा राष्ट्रिय सभा सदस्यका उम्मेदवारलाई चुनाव चिह्न प्रदान

पुस २५, २०७८

NTC
Premier Steels

माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारहरूलाई हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयले चुनाव चिह्न प्रदान गरेको छ । 

Muktinath Bank

आइतवार निर्वाचन कार्यालयले आफ्नो निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै आजै उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चुनाव चिह्न लिन नेकपा एमालेले आफ्नो प्रतिनिधिको रुपमा सन्तोष पौडेल र कुमार केसीलाई पठाएको थियो भने एमालेले आफ्नै पार्टी चिह्न सूर्य पाएको छ । 


Advertisment
Nabil box
Kumari

एमालेको तर्फबाट गोपाल शाख्य र  महिलातर्फ नीरकुमारी कुँवरले उम्मेदवारी दर्ता गराएका थिए । 

Vianet communication

यस्तै गठबन्धनबाट नेकपा समाजवादीकी उम्मेदवार गोमादेवी तिमल्सिनाले पनि आफ्नै पार्टी चिह्न कलम र नेपाली कांग्रेसले रुख चुनाव चिह्न प्राप्त गरेको छ । 

नेपाली कांग्रेसलेको तर्फबाट कृष्णप्रसाद पौडेलले उम्मेदवारी दिएका छन् । 

नेपाल मजदुर किसान पार्टीले मादल चुनाव चिह्न पाएको छ । नेमकिपाको तर्फबाट गीता काफ्ले र कृष्णबहादुर तामाङले उम्मेदवारी दिएका छन् । 

राष्ट्रिय सभामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने एक महिला र अन्य एक जना गरी २ जनाको पद रिक्त हुँदैछ ।

राष्ट्रिय सभाको निर्वाचनमा बागमती प्रदेशमा सत्तारूढ पाँच दलीय गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) बीच प्रतिस्पर्धा हुने देखिएको छ । 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा गठबन्धनमा छन् भने एमाले एक्लै चुनावी मैदानमा छ । 

राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका प्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्ष र प्रदेश सभा सदस्य मतदाता रहन्छन् । राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशमा ३४६ मतदाता छन् । 

कुल ११९ स्थानीय तहका प्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्ष गरी कुल २३८ जना मध्ये एक जना गाउँपालिका अध्यक्ष निलम्बनमा परेका कारण २३७ जना मात्र मतदाता कायम भएको राष्ट्रिय सभा निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । 

त्यस्तै प्रदेश सभाका कुल ११० जना सदस्यमध्ये एक जना सदस्यको कोरोनाका कारण निधन भएकाले प्रदेश सभाका १०९ जना सदस्य मात्र मतदाता कायम रहेका कार्यालयले जनाएको छ । 

निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको मतभार १८ हुन्छ । जसअनुसार निर्वाचनमा १०९ जना प्रदेशसभा सदस्यको ५ हजार २३२ मतभार छ भने स्थानीय तहका २३७ जना प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको ४ हजार २६६ मतभार छ । जसअनुसार बागमती प्रदेशमा कुल ३४६ जना मतदाताको ९ हजार ४९८ मतभार गणना हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x