×

NMB BANK
NIC ASIA

योगी आदित्यनाथ सरकारबाट धमाधम राजीनामा दिँदै मन्त्रीहरू, भाजपालाई घाटा ?

पुस २९, २०७८

NTC
Premier Steels

भारतको उत्तर प्रदेशको योगी आदित्यनाथ सरकारबाट मन्त्री दारा सिंह चौहानले बुधवार राजीनामा दिएपछि त्यसको संकेतका विषयमा चर्चा चलेको छ ।

Muktinath Bank

मंगलवार श्रममन्त्री स्वामी प्रसाद मौर्यले राजीनामा दिएर भारतीय जनता पार्टीबाट निस्केको घोषणा गरेको भोलिपल्ट वनमन्त्री चौहानले राजीनामा दिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दाराले राज्यपाललाई लेखिएको पत्रमा उल्लेख छ, ‘पिछडिएका, वञ्चितिमा पारिएका, दलित, किसान र बेरोजगार युवाहरूप्रति घोर उपेक्षात्मक दृष्टिकोणका साथै पिछडिएका तथा दलितको आरक्षणमा खेलाँची गरिएकाले आहत भएर म मन्त्रिमण्डलबाट राजीनामा दिँदैछु ।’


Advertisment
Nabil box
Kumari

उत्तर प्रदेशका उपमुख्यमन्त्री केशव प्रसाद मौर्यले स्वामी प्रसाद मौर्य र दारा सिंह चौहानलाई मनाउने कोशिश गरेको भए पनि उनीहरूले मानेनन् । 

Vianet communication

बुधवार कांग्रेस विधायक नरेश सैनी, समाजवादी पार्टीको टिकमा विधायक बनेका हरिओम यादव र समाजवादी पार्टीका पूर्व विधायक धर्मपाल सिंह भाजपामा आएको खबर पार्टीले दिएको छ । 

मौर्य र चौहानलाई अखिलेश सिंहले समाजवादी पार्टीमा स्वागत गरेका छन् । 

विगत केही महिनादेखि नेताहरूले दल परिवर्तन गर्दै आएका छन् । तर विधानसभा निर्वाचनको मिति घोषणा गरिएदेखि यसमा तीव्रता आएको छ । 

वरिष्ठ पत्रकार रामदत्त त्रिपाठी यसलाई स्वाभाविक मान्छन् । 

उनी भन्छन्, ‘चुनावअघि रिएलाइनमेन्ट हुन्छ । त्यो स्वाभाविक हो । तर अहिले भाजपा छोडेर जानेको संख्या धेरै देखिएको छ । मन्त्रीहरू पनि गइरहेका छन् ।’ 

ती नेताहरूलाई भाजपा सत्तामा फर्किने सम्भावना कम रहेको अनुभव भएको हुन सक्ने त्रिपाठीको अनुमान छ ।

उनी भन्छन्, ‘उनीहरू किन गए भन्ने मूल प्रश्न हो । भाजपाबाट चुनाव जित्न सकिन्न वा भाजपा फेरि सत्तामा आउँदैन भन्ने उनीहरूको आकलन हो कि ?’ 

उनी थप्छन्, ‘भाजपाले जुन गैरयादव पिछडिएका जातिलाई आकर्षित गरेको थियो, उनीहरूको मोहभंग भएको छ । भाजपाको शीर्ष नेतृत्वले यसलाई समयमै आकलन गर्न सकेन ।’

उत्तर प्रदेशको राजनीतिमा नजर राख्ने वरिष्ठ पत्रकार अम्बिकानन्द सहाय स्वामी प्रसाद मौर्य जस्ता मन्त्री जाँदा भाजपालाई घाटा हुन सक्ने बताउँछन् । 

उनी भन्छन्, ‘चुनावअघि केही मानिस पार्टी छोड्न सक्छन् । तर मौर्य त्यस क्याटेगोरीका हैनन् । यसले भाजपालाई घाटा गर्न सक्छ ।’

सहायका अनुसार, भाजपाले मौर्यलाई फकाउने कोशिश गरेको भए पनि उनले नफर्किने भनिसकेका छन् ।

यसको फाइदा समाजवादी पार्टीले उठाउन सक्ने सहाय दाबी गर्छन् । अखिलेश यादव भाजपाविरुद्ध रणनीति बनाउन खोज्दैछन् । 

उनी भन्छन्, ‘भाजपाले समाजवादी पार्टीलाई यादवहरूको दल भनी घोषणा गरेको थियो र निकै हदसम्म उसले त्यस्तो इम्प्रेसन पनि दिन सकेको थियो । तर यसपटक पिछडिएकाहरूलाई एकजुट गर्ने अखिलेश यादवको रणनीति हो र उनी यसमा सफल पनि भइरहेका छन् ।’

अम्बिकानन्द सहायले साना साना दलहरूसँग अखिलेशको गठबन्धन असरदार देखिएको बताए । 

उनले भने, ‘राजभर, मौर्य, कुशवाहा र सैनी उनीसँग जोडिएका छन् । मल्लाह पनि जोडिएका छन् । अनुप्रिया पटेल भाजपासँग छिन् । तर कृष्णा पटेल अखिलेशसँग छन् ।’

स्वामी प्रसाद मौर्यसँग समाजवादी पार्टीबाहेक अन्यत्र भविष्य छैन भन्ने कुरा पनि सहाय बताउँछन् । 

उनी भन्छन्, ‘उनी समाजवादी पार्टीमा गइरहेका छन् भन्ने मेरो सूचना छ । भाजपामा उनी फर्किन्नन् । मायावतीको ढोका उनका लागि बन्द छ । त्यहाँ उनी फर्किने कुरै छैन ।’

मौर्य धरातलसँग जोडिएका र धेरै किसिमका समर्थक भएका नेता भएकाले उनी हट्दा भाजपालाई घाटा हुने सहायले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x