×

अन्तर्राष्ट्रिय समुदायले मान्यता नदिएको ‘तालिबान सत्ता’लाई नेपालको मानवीय सहायता

माघ १, २०७८

Photo Credit- getty images/time magazine

नेपालले अफगानिस्तानलाई मानवीय सहायता पठाउने भएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काको पहलमा नेपालबाट अफगानिस्तानका जनताको लागि सहायता पठाउन लागिएको परराष्ट्र मन्त्रालयले बताएको छ ।

आइतवार बिहान हिमालय एयरलाइन्सको चार्टर्ड फ्लाइटबाट अफगानिस्तानमा सहायता सामग्री लैजान लागिएको हो ।


Advertisment

चार्टर्ड फ्लाइटमा नेपालको तर्फबाट औषधि, लत्ताकपडा र खाद्यन्न सामग्रीहरू पठाउन लागिएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।


Advertisment

तर, यी सामग्रीहरू नेपाल सरकारको पहल र खर्चमा अफगानिस्तान पठाउन लागिएको भने होइन । 

‘मन्त्रीज्यूको व्यक्तिगत पहलमा अफगानिस्तानमा मानवीय सहायता पठाउन लागिएको हो । विभिन्न व्यावसायिक संघसंस्थाले सामग्री उपलब्ध गराएका छन्,’ मन्त्रालयका एक अधिकारीले भने ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि त्यहाँको शसस्त्र विद्रोही समूह तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेको थियो ।

देश तालिबानको कब्जामा गएपछि तत्कालीन राष्ट्रपति असरफ गनीले देश छाडेर गएका थिए ।

तालिबानले सत्ता कब्जा गरेपछि त्यसलाई अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको छैन । 

अहिले अफगानिस्तानमा अन्तर्राष्ट्रिय सहयोग ठप्पजस्तै छ । देश आर्थिक संकटमा फसेको छ । अफगानिस्तानका नागरिकहरू खाद्यान्न र स्वास्थ्य उपचारको समस्या झेलिरहेका छन् । 

परराष्ट्रमन्त्री डा. खड्काले आइतवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरेर उक्त सामाग्री अफगानिस्तानतर्फ पठाउन लागेका छन् ।

मानवीय सहायता पठाउने बन्दोबस्तका बारेमा मन्त्री खड्काले आइतवार नै विस्तृत रूपमा बताउने तयारी गरेका छन् । 

अफगानिस्तान दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य राष्ट्र पनि हो । अहिले नेपाल सार्कको अध्यक्ष पनि हो । 

अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि नेपाल सरकारले त्यसबारेमा आफ्नो आधिकारिक धारणा अहिलेसम्म सार्वजनिक गरेको छैन ।  

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x