बैशाख २४, २०७९
व्यस्त दरबारमार्ग । दरबारमार्गको अगाडि नारायणहिटी दरबार । नारायणहिटीको अगाडि छ दरबार मल । दरबार मलको माथिल्लो तलामा देख्न सकिन्छ हिमालयन जाभा कफी हाउस । व्यस्त दरबारमार्गमा जो कोहीले त्यो कफ...
बुटवल | माघ ८, २०७८
लोकेन्द्र भण्डारी लुम्बिनी क्षेत्रका चर्चित भलिबल खेलाडी हुन् । राष्ट्रिय भलिबल खेलाडी तथा ‘लेबल वान कोच’ भण्डारीलाई कोरोना महामारीले यस्तो असहज परिस्थति सिर्जना गरिदियो, आफ्नै गर्भवती पत्नी शोभा र पेटको बच्चा बचाउन भगवान्लाई पुर्कार्दै सहयोगीसामु बिलौना गर्नुपर्ने अवस्था आयो ।
कुरा गत भदौ महिनाको हो । कपिलवस्तुमा भलिबल ‘गेम’ थियो । ‘गेम’ सकेर आउँदा साढे २ वर्षको छोरालाई हनहनी ज्वरो आएको रहेछ । पत्नी शोभालाई पनि ज्वरो ।
उनले मेडिकलमा लगेर चेकजाँच गराए । औषधि खाँदा ज्वरो घट्ने, औषधि छाड्दा आइरहने भयो । छोरालाई ज्वरो निको भयो तर पत्नी शोभालाई खोकी बढ्दै गयो ।
सधैं गर्भ चेकजाँच गराइरहने शिला मेडिकल बुटवलमा लोकेन्द्रले पत्नीलाई पुर्याए । एक्सरे गर्दा छाती बढी नै खराब देखियो । स्त्रीरोग विशेषज्ञ डाक्टरले कोभिडको शंका गरेर पीसीआर जाँच गर्न निर्देशन दिइन् ।
शोभालाई अलि बढी नै गाह्रो भएकाले डाक्टरको निर्देशन बमोजिम ल्याबले २ घण्टामा कोभिड रिपोर्ट दियो । रिपोर्ट पोजेटिभ आयो । अक्सिजनको मात्रा घटेर ५० मा झर्यो । छाती खराब देखिएकाले तुरुन्तै आईसीयू शय्यामा भर्ना गर्न लोकेन्द्रलाई चिकित्सकले अह्राए ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आईसीयू बेड पाइएन । २ दिन आकस्मिक कक्ष (इमरजेन्सी) मा राखियो । शोभालाई सुधार भएन ।
तेस्रो दिन तिलोत्तमास्थित क्रिमसन अस्पतालमा आईसीयू बेड पाइयो, बिरामीलाई त्यहाँ सारियो तर सुधार हुने अवस्था नदेखेपछि डाक्टरले काठमाडौं लैजान सुझाए ।
शोभाको पेटमा ७ महिनाको बच्चा थियो । लोकेन्द्रले हेलिकप्टरमा पत्नीलाई काठमाडौंस्थित नेपाल मेडिसिटी अस्पतालमा बुवासँग पठाए । आफूलाई पनि कोरोना संक्रमण भइसकेको हुँदा हेलिकप्टरले लोकेन्द्रलाई लैजान मानेन ।
त्यतिबेलासम्म समय निकै घर्किसकेको थियो । शोभा बेहोस थिइन् । प्राविधिक रूपमा बुटवलभन्दा सुविधासम्पन्न काठमाडौंका अस्पतालमा गर्भको सन्तान र पत्नीलाई निको होला भन्ने विश्वासमा उनी थिए ।
त्यहाँ लगेपछि शोभाको औषधि चलाउन अपरेसन गरेर बच्चा निकाल्नुपर्ने चिकित्सक बताए । लोकेन्द्र आफू पनि संक्रमित भएर घरमै थिए । बच्चा नलिकाले दुवैको ज्यान खतरामा । अन्ततः ७ महिनाको गर्भबाट अपरेसन गरेर बच्चा (छोरी) निकालियो । बच्चा र आमालाई भेन्टिलेटरमा राखियो ।
शोभाको गुमेको होस फर्किएन । लोकेन्द्र आफूलाई कोभिड निको नहुँदै पत्नीलाई हेर्न भनेर काठमाडौं गए । पत्नी र छोरी देखेपछि भगवान्लाई पुकार्नुबाहेक उनको हातमा केही थिएन ।
दिन बिते, राति बिते छोरी र पत्नी भेन्टिलेटरमै छन् । निको हुने सम्भावना कम छ भनेर चिकित्सकले भनिरहेका छन् । उनी अस्पताल परिसरमा रोएर दिन कटाइरहे ।
यता निको हुने अवस्था कम उता पैसाको चरम अभाव ! अस्पतालमै दैनिक २ लाख रुपैयाँसम्म खर्च उठ्न थाल्यो । घरबाट ऋणधन गरेर ल्याएको पैसा सकियो । हप्ता बित्यो, २ हप्ता बित्यो । शोभा न होसमा आइन्, न स्वास्थ्यमा सुधार हुने केही संकेत देखियो । २० दिन पुग्यो, उनमा सुधार देखिएन ।
डाक्टरले समेत आश मारेका थिए तर २१औं दिनमा चमत्कार जस्तै भयो । शोभाले आँखाका परेला हल्लाइन् । लोकेन्द्रलाई आशा पलायो – पत्नी बाँच्छिन् कि भन्ने ? शोभालाई हेरेको थिए अस्पतालका डाक्टर सन्जिल कृष्ण श्रेष्ठले ।
अस्पतालमा भर्ना गरेको २४औं दिनमा घाँटीबाट ट्यूब राखेर फोक्सोसम्म पाइप जडान गरी श्वासप्रश्वासमा सहजीकरण गरियो तर ज्वरो घटेको थिएन । २६औं दिनमा कोभिड रिपोर्ट नेगेटिभ आयो । अक्सिजन पनि ‘मेन्टेन’ हुँदै गयो । त्यसको ४ दिनपछि शोभालाई ‘भेन्टिलेटर’बाट आईसीयूमा सारियो । लोकेन्द्रलाई आशा पलायो ।
शोभाको निगरानी बढाइयो । आईसीयूमा सारिए पनि शोभाको होस आएको थिएन । अस्पताल भर्ना गरेको ४० दिनपछि शोभाले केही मात्रामा भए पनि स्मरण गर्न थालिन् । छोरीलाई पनि ३९ दिनपछि भेन्टिलेटरबाट एनआईसीयूमा सारियो ।
उनलाई साथीभाइ, दाजुभाइ र ससुरालीबाट पठाएको सबै पैसा सकियो । अस्पतालको खर्च मात्रै ८३ लाख रुपैयाँ आयो ।
भण्डारीको परिवारलाई बचाऊ भन्दै नेपाल नेसनल भलिबल फ्यान ग्रूपले देश–विदेशमा सहयोग अभियान सञ्चालन गरे । त्यसमा लक्ष्मण काफ्लेले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको लोकेन्द्र सम्झिन्छन् ।
‘म जस्तो खेलाडीले कहाँबाट त्यति पैसा जम्मा गर्नु ? खेलाडी भएर चिनिएकाले धेरै साथीबाट सहयोग उठाउनुभएको रहेछ । सबैको साथ र सहयोगले श्रीमती र छोरीलाई बचाएँ,’ लोकेन्द्र भन्छन् ।
हेलिकप्टरबाट पत्नीलाई काठमाडौं लैजान उनले ४ लाख खर्चिए । उनी भन्छन्, ‘छोरीको दैनिक भेन्टिलेटर खर्च २ लाख रुपैयाँभन्दा बढी भयो । वार्डमा सारेपछि दैनिक ४० हजारसम्म भयो ।’
खर्च जतिसुकै भए पनि लोकेन्द्रले पत्नी र छोरीलाई बचाउन सफल भए । बाँच्ने आशा नै नभएका पत्नी र छोरीलाई ८४ दिनको अस्पताल बसाइपछि भण्डारीले पुसको दोस्रो हप्ता रूपन्देहीको तिलोत्तमा–२ स्थित घरमा ल्याए । अस्पतालमा सबैभन्दा बढी अवधि बस्ने बिरामी शोभा र उनकै छोरी रहेका अस्पतालको रेकर्डमा छ । ‘शोभालाई अझै पूर्ण निको भएको छैन । अहिले पनि दैनिक थेरापी गरिरहनुपर्छ, घरको सिँढी तल–माथि गर्न सक्दिनन्,’ लोकेन्द्रले भने ।
डाक्टर श्रेष्ठले अहिले पनि शोभालाई फोन गरेर स्वास्थ्य अवस्था बुझ्ने गर्छन् । डाक्टर श्रेष्ठलाई लोकेन्द्रले पनि साँच्चै भगवान् मान्छन् ।
३९ वर्षका लोकेन्द्र मणिमुकुन्द भलिबल क्लब र सिद्धार्थ बोर्डिङ स्कूलका ‘कोच’ हुन् । उनको परिवारलाई बचाउन उनले पढाउने र सिकाउने विद्यार्थीहरू पनि जुटेका थिए ।
‘साँच्चै अप्ठ्यारो अवस्थामा वास्तविक साथी चिनिने रहेछन्,’ लोकेन्द्र भन्छन्, ‘सहयोग गर्छाैं भन्नेहरू पछाडि हटे, चिन्दै नचिनेका सहयोगी मनहरू अगाडि बढे । मैले आशै नगरेका श्रीमती र छोरीलाई कोरोनाको मुखबाट फुस्काएर ल्याउन सफल भएँ । अहिले मभन्दा खुशी यो संसारमा कोही होला जस्तै लाग्दैन ।’
असोज ९ गते काठमाडौं गएको भण्डारी परिवार पुस १४ गते फर्किएको हो । ३ महिनापछि बल्ल छोरीको न्वारन गरिएको छ । कोरोनासँग जुध्दै जन्मिएकी छोरीको नाम ‘आशा’ राखिएको छ ।
‘साँच्चै छोरीको नाम पनि आशा जुर्यो । उनले केही आशा लिएर जन्मिएकी छन्,’ लोकेन्द्र भन्छन् । आशाले आमाको दूध चुस्न पाइनन् । आशाले भैसी र बट्टाको दूध खान्छिन् ।
लोकेन्द्रको जीवन कोभिड अगाडि पनि सन्तोषजनक थिएन । विवाह गरेको १७ वर्षसम्म पनि सन्तान भएका थिएनन् । उनी सन्तानका लागि कहाँ–कहाँ धाएनन् । बुटवल, भारतको गोरखपुर, पुने, काठमाडौैंको ओम अस्पतालसम्म उपचारका लागि १० वर्ष खर्चिए । कहीँ गए पनि समस्या केही छैन भन्ने तर बच्चा नहुने समस्या जारी रह्यो । अन्ततः उनले अब सन्तान हुँदैनन् भनेर आश मारेका थिए ।
उपचार छाडेको १ वर्षपछि शोभा गर्भवती भइन् । विवाह भएको १८ वर्षपछि छोरा जन्मिए । लोकेन्द्रका साढे २ वर्षका छोरा पनि छन् । अहिले कोभिडसँग जुध्दै छोरी पाएपछि लोकेन्द्रको परिवार हर्षित छ तर सन्तान प्राप्त र कोभिड उपचारको लागि उनको खर्च करोडभन्दा माथि पुग्यो ।
‘सन्तान प्राप्तिका लागि ५० लाखभन्दा बढी खर्च भएको थियो,’ लोकेन्द्र भन्छन्, ‘अहिले फेरि ८३ लाख रुपैयाँ छोरी र श्रीमती बचाउन खर्च भयो । साथीसङ्गीको सहयोगबापत ३० लाख रुपैयाँ उठाए, अरू सबै ऋण खोजेर अस्पतालबाट निस्किए । अब ऋण पार लगाउने चिन्तामा छु । जागिरले त्यतिधेरै ऋण तिर्न सकिने अवस्था छैन ।’
कोरोना संक्रमण फेरि भुसको आगो सरी फैलिएको छ । कुनै दीर्घरोग नभएकी शोभालाई मृत्युको मुखमा पुर्याएको कोरोनालाई सामान्य नठान्न लोकेन्द्रले सबैलाई सुझाव दिन्छन् ।
व्यस्त दरबारमार्ग । दरबारमार्गको अगाडि नारायणहिटी दरबार । नारायणहिटीको अगाडि छ दरबार मल । दरबार मलको माथिल्लो तलामा देख्न सकिन्छ हिमालयन जाभा कफी हाउस । व्यस्त दरबारमार्गमा जो कोहीले त्यो कफ...
भुइँ (स्थानीय) तहको जनप्रतिनिधि छान्नका लागि निर्वाचनको मिति नजिकिँदै गर्दा मतदाताहरू अन्योलमा छन् । पाँच वर्षमा स्थानीय तहका जनप्रतिनिधिको हर्कतले हैरान मतदाता अब कस्तो जनप्रतिनिधि छान्दा धोका खाइँदैन भन्ने निर्क्...
कञ्चनपुर, भीमदत्त नगरपालिकाका उम्मेदवारहरूको घोषणापत्र हेर्ने हो भने विकास निर्माणको काम चुट्की मै गर्छौं भन्ने देखिन्छ । तर, यस्ता लोकरिझ्याइँ मुद्दा पहिले पनि नउठाइएका भने होइनन् । उम्मेदवारले उठा...
सडक दुर्घटनाले मात्रै नेपालको कूल गार्हस्थ उत्पादनको करीब ०.८ प्रतिशत आर्थिक क्षति हुने अनुमान छ । सडक निर्माणकै कारण पहाडी क्षेत्रमा सबैभन्दा बढी पहिरो जाने गरेको छ । सडक बनाएकै कारण पहाडी क्षेत्रमा वार्षिक २...
स्थानीय तह निर्वाचन रिपोर्टिङको क्रममा मधेश प्रदेशमा लोकान्तरकर्मीहरू चहारिरहेका थियौं । जनकपुरबाट सिरहाको लहान र सप्तरी हुँदै प्रदेश–१ प्रवेश गर्नेक्रममा थियौं । हाम्रो गन्तव्य सुनसरीको इटहरी थियो । ...
जिउमा ब्लाउजजस्तो देखिने एकसरो पातलो र मैलो कपडा । सामान्य धोती । खुट्टामा उति नै सामान्य चप्पल । चाउरी परेको मुहार । वैशाखको ४० डिग्री तापक्रमका बीच दैनिक १२ घण्टा दाउराको आगो र धूवाँवरिपरिको बसाइले हुनसक्छ...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...