×

नाइके नै फरार भएपछि आरोप-प्रत्यारोप

दाङबाट कैदी फरार प्रकरण– एकअर्कालाई दोष लगाएर उम्किन खोज्दै विभाग र प्रहरी

माघ १४, २०७८

दाङको कारागारबाट भागेका कैदी यमराज परियारको विषयमा प्रहरी र कारागार व्यवस्थापन विभाग एकअर्कालाई दोष लगाएर उम्कने प्रयासमा लागेका छन् ।

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका दाङ राजापुर गाउँपालिका– ३ का २९ वर्षीय यमराज पुस ९ गते जिल्ला कारागार घोराहीबाट भागेका थिए । 


Advertisment

उनलाई भारतीय प्रहरीको सहयोगमा एक महिनापछि माघ १० गते पक्राउ गरिएको थियो ।


Advertisment

कारागार व्यवस्थापन विभागले संवेदनशील ठाउँमा सुरक्षाको जिम्मा प्रहरीको भएको भन्दै उनी फरार हुनुको दोष प्रहरीलाई दिएको छ । 

कारागार व्यवस्थापन विभागका निर्देशक लक्ष्मण ढकालले प्रहरीको कमजोरीका कारण कैदी परियार फरार भएको बताए ।

‘संवेदनशील ठाउँमा सुरक्षा गर्ने जिम्मा प्रहरीको हो । यसमा प्रहरीले हेर्नुपर्ने थियो,’ निर्देशक ढकालले लोकान्तरसँग भने, ‘कारागारहरूका केही प्राविधिक कामका कारण विभागका कर्मचारीले हेर्न भ्याउँदैनन् ।’

दाङमा कर्मचारीहरूको अभाव र १०–५ को कार्यालय समय भएकाले त्यसमा प्रहरीले नै ध्यान दिनुपर्ने उनको भनाइ छ ।

‘देशभरी नै कर्मचारी अभाव छ । कारागार संवेदनशील भएकाले कुनै पनि कर्मचारी त्यहाँ जान चाहँदैनन्,’ निर्देशक ढकालले भने, ‘त्यस कारणले पनि सबै कुरा हेर्न भ्याउने अवस्था छैन ।’

यता प्रहरीले भने जेलरका कारण कैदी परियार भाग्न सफल भएको बताएको छ ।

‘जेलरले कैदी परियारलाई बढी महत्त्व दिएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्दप्रसाद रिजालले लोकान्तरसँग भने, ‘त्यसको फाइदा उठाएर भागेको देखिएको छ ।’

७ वर्ष कैद भुक्तान गर्न बाँकी रहेका यमराज परियारलाई जेलर युवराज परियारले आवश्यकता भन्दा धेरै सेवा सुविधा दिएका कारण फरार भएको छानबिन समिति संयोजक समेत रहेका डीएसपी रिजालले बताए ।

‘जेलर सा’बले जेलको नाइकेको काम गर्दै आएका यमराजलाई अलि बढी भ्यालु दिएर जे गर्न पनि छूट दिएकै कारणले उनी भागेको हुन्,’ रिजालले भने । 

तत्कालीन जेलर युवराजले यमराजलाई बिरामी नहुँदानहुँदै पनि बिरामी भएको भन्दै उपचारका लागि जेलबाट बाहिर पठाएको देखिएको प्रहरीले जनाएको छ । 

अहिले छानबिन समितिको प्रतिवेदनका आधारमा जेलर युवराज परियारलाई कारवाहीका लागि गृहमन्त्रालयमा सिफारिश गरिएको छ ।

‘त्यहाँ जेलर परिर्वतन भएका छन् । छानबिन समितिले प्रतिवेदन गृह मन्त्रालय पठाएको ७/८ दिन भयो, अब मन्त्रालयले प्रतिवेदनका आधारमा कारवाही प्रक्रिया अगाडि बढाउला,’ कारागार व्यवस्थापन विभागका निर्देशक लक्ष्मण ढकालले लोकान्तरसँग भने ।

सुरक्षामा गएका प्रहरीलाई युवतीसँग भुलाएर आफू फरार

पुस ८ गते बिहान ११ बजे छालाको समस्या भएको भन्दै यमराज परियार जेलर युवराज परियारबाट अनुमति लिएर बाहिर निस्किएका थिए ।

उनीसँगै प्रहरी जवान धनबहादुर चौधरी पनि लु ३१ प १५० नम्बरको मोटरसाइकलमा गएका थिए ।

यमराजले जवान धनबहादुरलाई नजिकैको थकाली भान्साघर एण्ड लजमा खाना खान आग्रह गरे । धनबहादुरले जेलको नाइके भएकाले उनी भाग्लान् भन्ने सोचेकै थिएनन् । 

खाने खाने ठाउँमा प्रहरी जवानलाई भुल्याउनका लागि एक युवती पनि लगाएका रहेछन् । युवतीसँग कुराकानी गरिरहेको मौका छोपेर उनी त्यहाँबाट फरार भए ।

फरार भएका कैदीलाई खोज्न र घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी मुकुन्दप्रसाद रिजालको संयोजकत्वमा छानबिन तथा खोजतलास समिति बन्यो ।

प्रहरीले ‘अपरेसन नाइके’ नाम दिएर खोजी शुरू गर्‍यो । खुला सिमाना रहेकाले उनी भारततर्फ गएको अनुमान लगाउन गाह्रो थिएन ।

इन्टरपोलको नेपाल शाखामार्फत भारतीय प्रहरीसँग खोजतलासका लागि आग्रह गरियो । भरतीय प्रहरीको सहयोगमा माघ १० गते उनलाई जमुनाहा नाकाबाट पक्राउ गरियो ।

उनलाई कारागार ऐन–२०१९ को दफा २४ को (३) मा भएको व्यवस्थाअनुसार बाँकी रहेको कैदको डेढी कैद सजाय थपेर कारागारमा बुझाएको प्रहरीले जनाएको छ । 

कारागार ऐनमा ‘कैद म्याद ठेकिएको कैदी भागेमा पक्रिएपछि निजलाई बाँकी कैदको डेढी बढाई कैद सजाय हुनेछ,’ भन्ने व्यवस्था छ ।

जेठ ५, २०८१

काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन)&nb...

जेठ १०, २०८१

मुगु– मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत एक कर्मचारी घाइते भएका छन् । यात्रु बोकेर बाँकेको नेपालगञ्जका लागि उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर जहाजको अघिल्लो भ...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x