×

NMB BANK
NIC ASIA

करोडौंको राजस्व हिनामिना मुद्दा

उच्चको आदेश उल्ट्याउँदै सर्वोच्चले ७५ लाखबाट २५ हजारमा झारिदियो धरौटी

माघ १४, २०७८

NTC
Premier Steels

राजस्व हिनामिना गरेको अभियोगमा उच्च अदालत पाटनले एक प्रतिवादीबाट माग गरेको ७५ लाख धरौटी रकमको आदेशलाई सर्वोच्च अदालतले उल्ट्याएर २५ हजार रूपैयाँ मात्र धरौटी माग गरेको छ । 

Muktinath Bank

ब्लू बुक ट्रेडर्स र जेएन सप्लायर्सको नाममा व्यापारिक संस्थाको कारोबारमा राजस्व चुहावट गरिएको मुद्दामा प्रतिवादी उमाशंकर राय भरबाट उच्च अदालत पाटनले ७५ लाख रूपैयाँ धरौटी माग गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजस्व अनुसन्धान विभागले मुद्दा दर्ता गरेकोमा २०७७ फागुन १९ गते उच्च अदालत पाटनले उक्त प्रतिवादीबाट ७५ लाख रूपैयाँ धरौटी माग गरेको थियो ।  उक्त धरौटी रकम तिर्न नसकेपछि उनी अहिले जेलमा छन् । 


Advertisment
Nabil box
Kumari

तर, शुक्रवार सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भर प्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको संयुक्त इजलासले उक्त आदेशलाई उल्टी गर्दै २५ हजार  रूपैयाँ मात्र धरौटी माग गरेको हो । 

Vianet communication

‘निवेदकको नाऊँमा व्यापारिक कारोबार गर्ने संस्था दर्ता रहेता पनि सो संस्थाको खातापातालगायत संस्था सञ्चालन गर्ने र प्रयोग गरी सम्पूर्ण लाभ लिने कार्य अर्को प्रतिवादी सरोजकुमार मिश्रले गर्ने गरेको र निजले नै वास्तविक कारोबार गरिरहेको सन्दर्भमा यी निवेदकबाट चुहावटमा प्रत्यक्ष हानि नोक्सानी गर्ने कार्यमा संलग्नता रहेको देखिएन,’ सर्वोच्चको आदेशमा उल्लेख छ । 

‘बिगोको दाबी अन्य मुख्य प्रतिवादीहरू उपर समेत रहेको तथा निवेदकको आर्थिक अवस्था पारिवारिक स्थिति र कसुरबाट सृजित परिणाम तथा प्रस्तुत मुद्दाको विषयवस्तु तथ्यर निवेदकको संलग्नताको स्थिति समेतको रोहबाट निवेदक प्रतिवादीबाट २५ हजार धरौटी माग्नु उपयुक्त हुने' आदेशमा उल्लेख छ। 

‘७५ लाख धरौट माग गर्ने उच्च अदालत पाटनको २०७७ फागुन  १९ गतेको आदेश सो हदसम्म मनासिव देखिन नआएकोले बदर गरिदिएको छ,’  सर्वोच्चले आज गरेको आदेशमा थप उल्लेख छ, ‘अब पछि बुझ्दै जाँदा ठहरे बमोजिम यी निवेदक प्रतिवादीलाई २५ हजार धरौट लिई तारेखमा राखी कानून बमोजिम पुर्पक्ष गर्नुहोला ।’

नागरिकताको दुरुपयोग गरेर करोडौंको कारोबार गर्ने र राजस्व चुहावट गर्ने गिरोहले उक्त प्रतिवादीको नागरिकता दुरुपयोग गर्दै उनको नाममा बैंक खाता सञ्चालन गरी अवैध कारोबार गर्ने गरेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x