×

बाँकेमा गार्डेन मार्टको १६ औं शाखा

माघ १५, २०७८

देशका विभिन्न शहरमा सेवा पुर्‍याउँदै आएको गार्डेन मार्ट बाँकेको चाँदनीचोकमा १६ औं शाखाको रुपमा खुलेको छ ।

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बैजनाथ गाउँपालिका–८, चाँदनी चोकमा गार्डेन मार्टको नयाँ शाखा सञ्चालनमा ल्याएको हो । 


Advertisment

उपभोक्तालाई एउटै छानामुनि सबै किसिमका सामग्री किनमेलको अनुभव दिलाउने उद्देश्यले यो मार्ट सञ्चालनमा ल्याइएको संस्थाले जनाएको छ । 


Advertisment

शनिवार नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य चक्रबहादुर अधिकारीले मार्टको शुभारम्भ गरे । उक्त मार्ट शुभारम्भ कार्यक्रममा अधिकारीले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र नागरिकहरूलाई एउटै थलोमा आवश्यक खाद्यान्न, लत्ताकपडा लगायतका सामग्री किनमेल गर्ने अवसर मिलेको बताए । 

यसअघि सहकारीले भक्तपुरको सूर्यविनायक, ललितपुरको ठैब, काठमाडौंको कीर्तिपुर, उदयपुरको लाहान, चितवनको नारायणघाट, मकवानपुरको हेटौडामा मार्ट सञ्चालनमा ल्याएको छ । बुटवलको जोगिकुटी, नेपालगञ्जको न्यूरोड, सुर्खेतको वीरेन्द्रनगर, कैलालीको धनगाढी, डडेलधुरा, दाङको घोराहीमा गार्डेन मार्टले सेवा दिइरहेको छ । 

सहकारीका प्रमुख कार्यकारी अधिकृत लीलानाथ गौतमका अनुसार यो मार्टमा दैनिक उपभोग्यवस्तु, चामल, चिनी, दाललगायत खाद्यान्न पाइन्छ । यसमा सबै उमेर समूहका नागरिकलाई हुने लत्ता कपडा, बालबालिकाका लागि खेलौनाहरू उपलब्ध छन् । 

यसका साथै महिलाहरूका लागि श्रृंगारका सामग्रीहरू, फ्रिज, वासिङ मेसिन, आइरन, गिजरलगायतका विद्युतीय उपकरणहरू मार्टमा उपलब्ध छन् । मार्ट शुभारम्भको अवसरमा यी सामग्रीहरूको खरिद गर्दा उपभोक्ताले निश्चित प्रतिशत छुटसमेत पाउने उल्लेख छ ।

जेठ ५, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य ७०, गोलभेँडा सानो टनेलको ६०, गोलभेँडा सानो त...

बैशाख २९, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने गोलभेँडा...

बैशाख ३०, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने...

जेठ १८, २०८१

विद्युतीय सवारी साधनहरूको क्षेत्रमा ग्लोबल लिडर बीवाईडी (विल्ड योर ड्रीम्स) ले नेपाली बजारमा पनि उल्लेखनीय सफलता प्राप्त गरेको छ । कम्पनीले आफ्नो कोर टेक्नोलोजी, ब्लेड ब्याट्री र ई-प्ल्याटफर्म ३.० मार्फत उत्कृष्ट प्रद...

जेठ १८, २०८१

विद्युतीय गाडीहरूको द्रुत परिवर्तन हुने परिदृश्यमा, टाटा टियागो.ev उत्कृष्ट मूल्य प्रस्तावको रूपमा अगाडि आउँछ, जसले सुलभता, सुरक्षा र दक्षतालाई जोड दिन्छ। यो कम्प्याक्ट ह्याचब्याक आधुनिक पेशेवरहरूको आवश्यकताहरू पूरा...

जेठ ३, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ४० र गोलभेँडा सान...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x