२० असार २०८३, शनिबार

लोप हुँदै परम्परागत कोल

माघ २३, २०७८
लोप हुँदै परम्परागत कोल
तस्वीर सौजन्य : सामाजिक सञ्जाल

आधुनिक  प्रविधि  विकासले  परम्परागत  तोरी  पेल्ने  कोल  लोप  हुँदै  गइरहेको  छ  ।  

तोरीबाट   तेल   निकाल्न   प्रयोग   गरिने   परम्परागत   कोल   गाउँमा   नदेखिएको   वर्षौं   भइसकेको   छ   ।  

कोलबाट  रौतहटका  बासिन्दा  तोरी  पेलेर  तेल  निकालेर  सयौँको   सङ्ख्यामा   घरपरिवार   जीवनयापन   गर्दै   आइरहेका उनीहरूको पेसा विस्थापित हुँदै गएको हो ।

आधुनिक  प्रविधि  विकास  हुनुभन्दाअघि  मानव  जीवनको  दैनिक  जीवनयापनका  लागि  अति  आवश्यक  परम्परागत घरेलु साधन तोरी पेल्ने कोल, ढिकी, जाँतो, उखु  पेल्न  कोल,  ओखल,  अमिलोको  रस  निकाल्न  प्रयोग हुने भित्तेकोललगायतका परम्परागत घरेलु मेसिन लोप हुँदै गइरहेका छन् ।

स्थानीय  साधन,  स्रोत  तथा  सीपबाटै  निर्माण  गरिएका  यी  घरेलु  मेसिनबाट  उत्पादित  वस्तु  प्रयोग  गर्नाले  स्वस्थ  तथा  निरोगी  हुने  गरेको  स्थानीय  बिगु  भण्डारी बताउनुहुन्छ । उहाँले  हाम्रो  सभ्यताबारे  बोध  गराउने  यस्ता  घरेलु मेसिन हराएपछि हाम्रो मौलिक संस्कृति र सभ्यता सङ्कटमा परेको बताए । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्