×

NMB BANK
NIC ASIA

नेपाली राजनीति जटिल बन्नुको मुख्य कारण देशका मुख्य दुई पार्टी नेकपा एमाले र नेपाली कांग्रेसबीचको अस्वस्थ प्रतिस्पर्धा हो । दुई पार्टी मिल्न नसक्दा देशमा अनेकौं समस्या जन्मिएको छ । दुई पार्टी मिल्न नसक्दा देशका समस्याहरूको आयतन पनि बढ्दै गएको छ । 

Muktinath Bank

अहिले राजनीतिक गतिरोधको केन्द्रमा एमसीसी देखिएको छ । तर, एमसीसी वास्तविक मुद्दा होइन, गतिरोधको छायाँ मात्र हो । विभिन्न राजनीतिक स्वार्थहरूले एमसीसीलाई यो स्तरको मुद्दा बनाएको हो भन्ने बिर्सन हुँदैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले र माओवादी एउटै पार्टी रहेको बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले एमसीसीलाई त्यसबेलाका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहार गर्ने हतियार बनाउनुभएको थियो । पछि एमसीसी प्रकरणमा अन्य अनेकौं विषय गाँसिँदै गयो । समग्र राजनीतिलाई नै एमसीसीसँग गाँस्दै लगियो । 


Advertisment
Nabil box
Kumari

अहिले एमसीसी ठूलो मुद्दा बनेको छ । यति ठूलो बन्नुपर्ने खालको प्रकरण नै थिएन, एमसीसी । यो लेखमा एमसीसी ठीक बेठीक भन्ने विषयमा केही पनि लेखिने छैन । यहाँ कांग्रेस र एमाले किन मिल्नुपर्छ, यी दुईको सहकार्य किन आवश्यक छ ? भन्ने लेखिँदैछ । 

Vianet communication

एमाले र कांग्रेस नमिल्दा...

हरेक देशको आफ्नै किसिमको विशेषता हुन्छ । स्थापित राजनीतिक प्रणाली भएको देशमा सत्तापक्ष र प्रतिपक्ष या देशका दुई मुख्य पार्टीबीच सहकार्य हुनुपर्छ भन्दा त्यति सुहाउने कुरा हुँदैन । तर, नेपालको परिस्थिति फरक छ । नेपालमा राजनीतिक संस्थाहरू, राजनीतिक प्रणाली, संविधान, राजनीतिक संस्कार र संस्कृति बलियो बनेको छैन । यस्तो देशमा मुख्य राजनीतिक पार्टीहरूको सहकार्य आवश्यक हुन्छ । 

नेपालको मुख्य दुई पार्टी एमाले र कांग्रेस नै हो । यी दुई पार्टीको अस्वस्थ्य प्रतिस्पर्धाले विगतमा देशले धेरै नै दुःख पाइसकेको छ । यी दुई मिल्दा देशले समाधान पनि पाएको छ । ०४६ साल यताको इतिहास हेर्ने हो भने कांग्रेस र कम्युनिस्ट (कम्युनिस्टको मुख्य धार अर्थात् एमाले) मिल्दा देशले समाधान पाएको छ ।

२०३७ सालको जनमत संग्रहमा कांग्रेस र कम्युनिस्ट (तत्कालीन माले) मिल्न नसक्दा पञ्चायतले जितेको थियो, देशमा प्रजातन्त्र एकदशक पछाडि धकेलिएको थियो । 

एमालेको बहुमत आउँछ भने कांग्रेसले बाटो छाडिदिनुपर्छ, कांग्रेसको बहुमत आउँछ भने एमालेले बाधा गर्नुहुँदैन । यद्यपि चुनावका बेला दुवै पार्टीले आफ्नो बहुमत आउने दाबी गर्छन् । दाबी गर्नु बेग्लै कुरा हो, गठबन्धन बनाएर अर्कालाई पछार्ने चुनावी रणनीतिले देशलाई स्थिरता दिँदैन । 

अहिलेको गतिरोधको पृष्ठभूमिमा पनि एमाले र कांग्रेसको असहमति छ । यी दुई पार्टी एकले अर्कालाई किनारामा पार्न खोज्दा गतिरोध उत्पन्न भएको हो ।

एमालेलाई किनारामा पार्न प्रचण्ड र माधवको पार्टीसँग कांग्रेस मिल्यो । कांग्रेसलाई किनारामा पार्न माओवादीसँग एमाले मिल्यो । जसले गर्दा न कांग्रेसलाई फाइदा भएको देखिन्छ, न एमालेलाई नै फाइदा भयो, न लोकतन्त्र र देशलाई नै फाइदा भयो । एमाले र कांग्रेसको अस्वस्थ प्रतिस्पर्धाबाट देशलाई ठूलो क्षति हुँदै आएको छ । 

दुई पार्टीको मिलनको अर्थ

कांग्रेस र एमाले मिल्नु भनेको दुई पार्टीले चुनावमा गठबन्धन गर्नु होइन । एउटै सरकारमा दुई पार्टी बस्नु पनि होइन । राष्ट्रिय मुद्दाहरूमा, देशको वृहत्तर हितमा, देशको दीर्घकालीन स्वार्थमा र लोकतन्त्रलाई संस्थागत गर्ने विषयमा एमाले र कांग्रेस एकै ठाउँ उभिनुपर्छ । चुनावमा यी दुई पार्टीले प्रतिस्पर्धा गर्नुपर्छ, तर चुनाव गराउने विषयमा एक ठाउँमा उभिनुपर्छ । 

चुनावपछि देशलाई स्थिरता कसरी दिने भन्नेमा दुई पार्टीबीच सहमति हुनुपर्छ, सहकार्य हुनुपर्छ । लोकतन्त्र भनेको बहुदलीय प्रणाली हो । धेरै दल हुँदा, संसद्मा कसैको बहुमत नहुँदा देशको भलो हुँदैन र स्थिर सरकार दिन सकिँदैन भन्ने दुई पार्टीले बुझ्नुपर्छ र त्यसैअनुसार व्यवहार पनि गर्नुपर्छ । 

यसका लागि दुई पार्टीले एक्लाएक्लै चुनाव लड्नुपर्छ । एउटाले अर्काेलाई पछार्न कुनै गठबन्धन बनाउन हुँदैन । चुनावी गठबन्धनले एउटा पार्टीको बहुमतलाई रोक्छ, छेक्छ ।

एमालेको बहुमत आउँछ भने कांग्रेसले बाटो छाडिदिनुपर्छ, कांग्रेसको बहुमत आउँछ भने एमालेले बाधा गर्नुहुँदैन । यद्यपि चुनावका बेला दुवै पार्टीले आफ्नो बहुमत आउने दाबी गर्छन् । दाबी गर्नु बेग्लै कुरा हो, गठबन्धन बनाएर अर्कालाई पछार्ने चुनावी रणनीतिले देशलाई स्थिरता दिँदैन । प्रतिनिधि सभामा कुनै एक पार्टीको बहुमत हुँदैन । 

कांग्रेस या एमालेमध्ये कुनै एकले गठबन्धन गरेको अवस्थामा त्यो क्रियाविरुद्ध प्रतिक्रिया हुन्छ । अर्थात्, एउटाले गठबन्धन बनायो भने अर्काेले पनि गठबन्धन बनाउनुपर्ने बाध्यता हुन्छ । यसले राजनीतिलाई अनावश्यक ध्रुवीकरणमा लैजान्छ ।

कांग्रेस, माओवादी र नेकपा एसले बनाएको गठबन्धनले देशलाई ध्रुवीकरणमा लैजान गरेको प्रयास हामीले स्पष्ट देखेका छौं । त्यस्तो ध्रुवीकरणमा आफ्नो हित छैन भन्ने कांग्रेसले बुझ्न थालेको छ । यो सकारात्मक कुरा हो । 

बंगलादेशको अनुभव

कांग्रेस र एमाले मिलनको अर्थ बुझ्न बंगलादेशको केही चर्चा गरौं । सन् ९० को दशकमा नेपाल र बंगलादेशमा लगभग एकै समयमा प्रजातन्त्र आयो ।

नेपालमा कांग्रेस र एमाले मुख्य पार्टी बने । बंगलादेशमा अवामी लिग र बंगलादेश नेशनलिष्ट पार्टी मुख्य बने । नेपालमा कांग्रेस र एमाले बीच अस्वस्थ प्रतिस्पर्धा भयो भने बंगलादेशमा चाहिँ मुख्य दुई पार्टीबीच शत्रुता नै भयो । मुख्य दुई पार्टीको शत्रुताले बंगलादेशलाई धेरै ठूलो क्षति गरेको छ । 

एमाले र कांग्रेसलाई बंगलादेशको अवामी लिग र नेसनलिस्ट पार्टीजस्तै शत्रु पार्टी बनाउन नेपालका साना पार्टीहरूले प्रयास गरिरहेको देखिन्छ । 

दुई मुख्य पार्टीको शत्रुता बीचमा पनि बंगलादेशको लोकतन्त्र स्थिरताको बाटोमा लागेको छ । नेपालमा भने बारम्बार संविधान फेरिएको छ । प्रजातन्त्रको ठाउँमा लोकतन्त्र ल्याइएको छ । देशमा स्थिरताका भन्दा अस्थिरताका आधारहरूलाई बलियो बनाइँदै छ । 

अस्थिरता भयो भने, संसद्मा कसैको बहुमत भएन भने, राजनीतिक ध्रुवीकरण शत्रुताको हदसम्म बढ्यो भने लोकतन्त्र र ठूला पार्टीलाई क्षति हुन्छ र साना पार्टीलाई फाइदा हुन्छ । साना पार्टीका पनि मुख्यमुख्य नेताहरूले निजी स्वार्थ पूरा गर्न पाउँछन् । नेपालमा त्यहीँ हुँदै आएको छ । 

नेपालमा राजनीकि भ्रष्टीकरणमा साना पार्टीहरूको असाध्यै ठूलो भूमिका रहँदै आएको छ । त्रिशंकु संसद् भएका बेला साना पार्टीका ठूला नेताहरूको स्वर्णयुग हुने गरेको छ । 

नेपालको ३० वर्षको अनुभवले के देखाउँछ भने त्रिशंकु संसद्ले देश र लोकतन्त्रलाई कमजोर बनाउँछ । देशलाई विकास र निकास दुवै दिँदैन । अस्थिरता र भ्रष्टाचार बढाउँछ । स्थिर सरकार दिने हो भने राजनीतिक ध्रुवीकरणविनाको चुनाव हुनुपर्छ । स्थिर सरकार भयो भने मात्र देशमा विकास र समृद्धि आउँछ । बंगलादेशले स्थिरताको लाभ पाउन थालिसकेको छ ।

एसियाको तीव्र गतिमा आर्थिक विकास भइरहेको देशको सूचीमा बंगलादेश परेको छ । हु नत नेपाल पनि केही समय अघिसम्म तीव्र आर्थिक विकास भइरहेको देशको सूचीमा परेको थियो । नेपालले सन्तोषजनक विकास गर्दै आएको थियो । अहिले आएर आर्थिक प्रगति ठप्प भएको छ । अर्थतन्त्र तीव्र गतिमा ओरालो लागिरहेको छ । 

कांग्रेस र एमालेले अस्वस्थ प्रतिस्पर्धा नगरेका भए, साना पार्टीहरूलाई काँधमा बोकेर एकले अर्कालाई प्रहार गर्ने राजनीति नगरेका भए अर्थतन्त्रको यो अवस्था हुँदैनथ्यो । उकालो लागिरहेको अर्थतन्त्र यसरी ओरालो झर्ने थिएन । 

रामचन्द्र प्रवृत्ति

एमाले र कांग्रेसबीच न्यूनतम सहमति हुने हो भने देशले स्थिर सरकार पाउँछ । संसद्मा यी दुईमध्ये एक पार्टीले बहुमत ल्याउँछ ।

कांग्रेसका नेता रामचन्द्र पौडेलले बारम्बार दिइरहनुभएको एउटा अभिव्यक्ति ध्यानयोग्य र चिन्ताजनक छ । एमालेलाई चुनावमा जित्न सकिँदैन, एमालेलाई जित्न नदिने हो भने गठबन्धन बनाउनुपर्छ भनेर उहाँले भनिरहनुभएको छ । उहाँको जोड माओवादीसँग गठबन्धन गर्नेमा छ । एकजना पाको लोकतान्त्रिक नेताको यस्तो अभिव्यक्ति खेदजनक छ । 

रामचन्द्रले कांग्रेसलाई चुनावमा जिताउने कुरा गर्नुपर्छ, एमालेलाई हराउने कुरा गर्न हुँदैन । लोकतन्त्रमा अरूको हारमा आफ्नो भलाई खोज्नुहुँदैन । एमालेलाई हराउनकै लागि गठबन्धन गर्ने हो भने त्यसको के अर्थ ? एमालेले जित्ने सिट माओवादीले जित्न सक्छ, कांग्रेसले नै जित्ने होइन । 

एमाले र कांग्रेस दुवैले बहुमत नल्याएको अवस्थामा यी दुवै पार्टीले साना पार्टीको बैसाखी टेक्नुपर्ने हुन्छ । सरकार अस्थिर हुन्छ । चुनाव हुनुअगाडि नै अस्थिर सरकारको परिकल्पना गर्ने रामचन्द्र पौडेल कस्ता नेता ?

देश तथा कांग्रेस–एमालेको दीर्घकालीन हितमा त्रिशंकु संसद् हुन सक्दैन । कसैको पनि बहुमत नहुने अवस्थाबाट सबैभन्दा धेरै पीडित एमाले र कांग्रेस नै हुन्छन् । अर्काे पार्टीको बहुमत रोक्नुपर्छ भन्ने मान्यता कुनै पनि अवस्थामा नैतिक होइन । कांग्रेसमा रामचन्द्र पौडेलजस्तो अनैतिक कुरा गर्ने नेता अरू पनि छन् । 

देशका मुख्य पार्टी एमाले र कांग्रेस नै हुन् । यिनले अर्काे पार्टीले चाहिँ चुनाव नजितोस् बरु साना पार्टीले जितुन् भन्ने विचार राख्न हुँदैन । एमालेले पनि अरूले जितोस् तर कांग्रेसले नजितोस् भन्ने मान्यता राख्न हुँदैन । पार्टीका नेताहरूले आफ्नो पार्टीलाई मात्र ध्यानमा राखेर रणनीति बनाउने तथा विचार दिने काम गर्न हुँदैन । 

लोकतन्त्र र देशको वृहत्तर हितमा विचार दिनुपर्छ । चुनाव आउनु अगाडि नै चुनावमा कसैको बहुमत नआओस् भनेर कामना गर्नु, कसैको पनि बहुमत नआउने अवस्था सिर्जना गर्नु बेठीक हो । यस्तो धारणा राख्ने नेतालाई न लोकतन्त्रवादी मान्न सकिन्छ, न देशको भलाई गर्ने नेता मान्न सकिन्छ । 

सत्य के हो भने नेपालको लोकतन्त्रको रथको दुई पांग्रा एमाले र कांग्रेस हुन् । एमाले समाप्त हुनुपर्छ, एमालेलाई सिध्याउन अरूलाई उकास्नुपर्छ, गठबन्धन बनाउनुपर्छ भन्ने ‘रामचन्द्र प्रवृत्ति’ घातक छ । एमालेबाट कसैले कांग्रेस समाप्त हुनुपर्छ भन्छ भने पनि त्यो घातक प्रवृत्ति हो । 

अहिलेको बेहाल

अहिले कांग्रेस, माओवादी, नेकपा (एस) लगायतका पार्टीको गठबन्धन सरकार छ । अहिले सरकार चलेको छ त ? सरकारले गतिलो काम गर्न सकेको छ त ? यस्ता प्रश्न सोध्नु बेकार छ । जवाफ सबैलाई थाहा छ । 

सरकार गतिहीन छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई साना पार्टीका ठूला नेताहरूले लाचार छायाँ बनाएका छन् । कुकुरले पुच्छर हल्लाउनुपर्नेमा पुच्छरले कुकुर हल्लाएजस्तो अवस्था देखिन्छ । साना पार्टीले प्रधानमन्त्रीलाई ब्ल्याकमेलिङ गरिरहेका छन् । प्रधानमन्त्रीलाई गठबन्धनका साना पार्टीका मन्त्रीहरूले टेर्दैनन् । 

प्रधानमन्त्रीले मन्त्रालयमाथि नियन्त्रण राख्नुपर्नेमा गठबन्धनका नेताहरूको घरको कोठाबाट मन्त्रालय चलाइँदैछ । मन्त्रीले प्रधानमन्त्रीको निर्देशन मान्नुपर्नेमा आफ्नो पार्टीका नेताको मात्र निर्देशन मान्ने अवस्था छ । 

कतिसम्म भने सभामुख जस्तो निष्पक्ष पदमा बसेका मानिस पनि आफ्नो पार्टीको नेताको निर्देशनमा काम गर्छन्, एउटा गुटमा लागेर सो गुटको हितमा काम गर्छन् । 

गठबन्धन सरकारको विकृति यस्तै हुन्छ । एमालेले कांग्रेसलाई र कांग्रेसले एमालेलाई बहुमत ल्याउन नदिने गरी रणनीति बनाउँछन् भने अब चुनावपछि पनि देशले यस्तै साना पार्टीको अनैतिक र अवैधानिक शासन सहनुपर्ने हुन्छ । 

देशलाई बलियो प्रधानमन्त्री, स्थिर सरकार चाहिएको हो । संविधानले बनाइदिएको शक्तिकेन्द्रबाहेक देशलाई अरू शक्ति केन्द्र चाहिँदैन । गठबन्धन संस्कृतिले नेताको घरलाई शक्तिकेन्द्र बनाउँछ । 

संविधान संशोधन गरेर समानुपातिक निर्वाचितहरूको राष्ट्रिय सभा र प्रत्यक्ष निर्वाचितहरूको प्रतिनिधि सभा बनाउनुपर्छ । एमाले र कांग्रेसले यो विषयमा सहमति गर्नुपर्छ । यी दुई पार्टीको सहमति र सहकार्यको आधार नै यसलाई बनाइनुपर्छ । कांग्रेस र एमालेले यसरी संविधान संशोधन गर्ने हो भने देशका धेरै समस्या आफैं समाधान हुँदै जानेछ ।

आउँदो चुनावपछि अहिलेकै अवस्था दोहोरिन्छ भने चुनावको के अर्थ भयो ? कांग्रेसले एक्लै चुनाव लडेर बहुमतको सरकार बनाउँछु भन्ने आँट गर्नुपर्‍यो । एमालेले पनि त्यसै गर्नुपर्‍यो । 

साना पार्टीको बैसाखी टेकेर सरकार चलाउनुको पीडा शेरबहादुर देउवाले भोगिरहनुभएको छ । तैपनि उहाँ किन आउँदो चुनावमा गठबन्धन गर्न प्रयास गरिरहनुभएको छ ? कथित एकीकरण भए पनि तत्कालीन नेकपा एउटा पार्टीजस्तो थिएन ।

केपी ओलीले स्थिर सरकार चलाउन पाउनुभएन । उहाँलाई कथित सचिवालय र स्थायी समितिको आडमा नियन्त्रण गर्न खोजिएको थियो । कांग्रेसले गठबन्धन बनाएन भने ओली नेतृत्वको एमालेले पनि गठबन्धन बनाउन हुँदैन । 

गठबन्धन गरेर एमालेको बहुमत छेकियो भने के हुन्छ ? कांग्रेसले अहिलेको जस्तै सरकार चलाउनुपर्ने हुन्छ । प्रचण्ड र माधव नेपाललाई अहिले जसरी नै चुनावपछि पनि कांग्रेसले झेल्नुपर्ने हुन्छ । अहिले देशले कुनै समाधान पाएको छैन, समस्या बढेकोबढ्यै छ । यस्तै सरकार चलाउन किन गठबन्धन गर्ने ? 

यसको समाधान सजिलो छ । चुनावमा जाने । चुनावमा जान प्रचण्ड र माधवहरू तयार हुनुहुन्न भन्ने कांग्रेस र एमाले दुवैलाई थाहा छ । तर कांग्रेस र एमालेले सहमति गरेर देशलाई चुनावमा लैजाने सहमति गरेमा प्रचण्ड र माधवको पार्टीले चुनाव रोक्न सक्ने छैन । 

समाधानको मुख्य पाटो

दुई पार्टी एकले अर्काको बाटो छेक्न हुँदैन भनियो तर यतिले समस्या समाधान हुँदैन । अहिलेको संविधान र चुनाव प्रणालीबाट कुनै एक पार्टीको बहुमत आउने सम्भावना कम हुन्छ । कुनैपनि पार्टीको बहुमत नआओस् भन्ने ध्यानमा राखेर संविधानमा मिश्रित चुनाव प्रणाली घुसाइएको छ । 

कांग्रेस र एमालेले सहमति तथा सहकार्य सहित प्रतिस्पर्धाको राजनीति गर्ने हो भने आउँदो चुनावअगाडि नै संविधान संशोधन गर्नुपर्छ ।

संविधान संशोधन गरेर समानुपातिक निर्वाचितहरूको राष्ट्रिय सभा र प्रत्यक्ष निर्वाचितहरूको प्रतिनिधि सभा बनाउनुपर्छ । एमाले र कांग्रेसले यो विषयमा सहमति गर्नुपर्छ । यी दुई पार्टीको सहमति र सहकार्यको आधार नै यसलाई बनाइनुपर्छ । कांग्रेस र एमालेले यसरी संविधान संशोधन गर्ने हो भने देशका धेरै समस्या आफैं समाधान हुँदै जानेछ ।

Twitter : @SundariPokharel

Facebook : @SPSirjana

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x