मंसिर १५, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा एमालेका नेता एवं सांसद भीम रावलले संसदमा एमसीसी टेबुल गर्दा संसदको विशेषाधिकार र नेपाली जनताको अपमान हुने बताएका छन् ।
संसदमा बोल्दै रावलले विदेशीको धम्कीसामु लम्पसार परेर एमसीसी संसदमा टेबुल गर्न लागिएको आरोप लगाएका हुन् ।
नेपाली जनता नेपालको स्वतन्त्रता, स्वाभिमानको पक्षमा काम गर्छ कि राष्ट्रघाती प्रावधान भएको एमसीसी सम्झौतालाई स्वीकार गर्छ भनेर हेरिरहेको रावलले बताए ।
उनले भने, ‘कहिल्यै कसैको अधिनमा नभएको, नेपालको कानून र संविधान मिचिने, भूभाग विदेशी कम्पनीको अधिनमा हुने व्यवस्थालाई कसरी संसदले स्वीकार गर्न सक्छ ?’
विपक्षी पार्टीले संसद अवरोध गरिरहेको अवस्थामा एमसीसी टेबल गरिन गैरजिम्मेवार काम हुने उनले बताए ।
‘नेपालको स्वाधिनता, स्वाभिमान र आत्मनिर्णयको अधिकारसँग सम्बन्धित विषयमा प्रमुख राजनीतिक दलहरु बीचमा सहमति नभइरहेको अवस्थामा नेपाली जनताको भावना विपरीत टेबुल गरिने कुरा आपत्तिजनक छ,’ रावलले भने ।
प्राकृतिक स्रोतको बाँडफाँट गर्नुपर्ने लगायतको सम्झौता संसदमा ल्याउँदा दुई तिहाइ बहुमत चाहिने तर अहिले राजनीतिक दलहरुबीचमा कुरा नमिलिरहेको अवस्थामा एमसीसी संसद ल्याउन नहुने उनले बताए ।
‘देश कानूनी शासनबाट चल्छ कि विदेशी धाकधम्की सामु लम्पसार परेर, जनताको आवाज कुल्चेर जस्तो वातावरणमा टेबल गरिदै छ त्यो आपत्तिजनक छ,’ रावलले भने, ‘यो सार्वभौम नेपाली जनताको अपमान हो, संसदको अपमान हो । संसदको विशेषाधिकारको अपमान हो ।’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...