×

NIC ASIA

पल शाह प्रकरण : थुनछेक बहस लम्बिने सम्भावना

चैत १०, २०७८

Prabhu Bank
NTC
Premier Steels

अभिनेता तथा मोडल पल शाहलाई जिल्ला अदालत तनहुँ पुर्पक्षका लागि कारागार पठाउने वा नपठाउने भन्ने बहस आज सकिने सम्भावना कम देखिएको छ । 

Muktinath Bank

जिल्ला प्रहरी कार्यालय तनहुँले सरकारी वकिलको कार्यालय मार्फत मंगलवार अदालतमा मुद्धा दायर गरेको थियो । हिजो (बुधवार) अभियुक्त पल शाहको बयान र उनका म्यानेजरको बयान गर्दा गर्दै समय सकिएको थियो । पुर्पक्ष पठाउने नपठाउने भन्ने विषयमा बहस भइरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पल शाहको पक्षमा ९ जना कानुन व्यवसायीहरुले बहस गरिरहेका छन् । मुद्दा दायर भएलगत्तै तनहुँ जिल्ला अदालतले चैत ८ गते प्रतिवादी पल शाह र चैत ९ गते उनका म्यानेजर कृष्ण जोशीको बयान लिएको थियो । त्यसलगत्तै दुवैजनालाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालय तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्मा, अधिवक्ताद्वय मोहना अन्सारी र राधिका खतिवडा लगायतका ७ जनाले बहस गरेका थिए । 


Advertisment
Nabil box
Kumari

गत फागुन १५ गते पल आफैं प्रहरी कार्यालयमा हाजिर भएका थिए ।

Vianet communication

हिरासतमा पछिल्लो पटक गत शुक्रवार उनलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो । यसअघि पहिलो पटक ७ दिन र दोस्रो पटक १२ दिन म्याद थप भएको थियो । 

जिल्ला अदालत नवलपुरमा उनलाई १२ देखि १४ वर्ष कैद र ४ लाख रूपैयाँ जरिवाना गर्न माग गरिएको छ । उनीविरुद्ध बलात्कारको जाहेरी दिने नाबालिग १५ वर्ष ८ महिना ४ दिनको भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

१८ वर्षभन्दा कम उमेरका नाबालिगलाई सहमतिमै करणी गरे पनि बलात्कार मानिने कानूनी व्यवस्था छ । १४ देखि १६ वर्ष उमेरका नाबालिग बलात्कार गर्नेलाई १२ देखि १४ वर्षसम्म कैद सजाय हुने व्यवस्था कानूनमा छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x