×

NMB BANK
NIC ASIA

नेपालमा नयाँ शीतयुद्धको छायाँ मडारिरहेको छ : डा. बाबुराम भट्टराई

चैत १७, २०७८

NTC
Premier Steels

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा नयाँ शीतयुद्धको छायाँ मडारिरहेको बताएका छन् ।

Muktinath Bank

बिहीवार रिपोर्टस् क्लवको २४औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले विश्व राजनीतिसँगै परिवर्तित भूराजनीतिका कारण अमेरिका, चीन र भारतबीचका सम्बन्धहरूले समेत नेपालको आन्तरिक सम्बन्धलाई प्रभावित बनाइरहेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल विश्वका शक्तिशाली देशहरूको चासो बनेको भन्दै उनले यो परिस्थितिलाई समयमै आकलन गरेर राष्ट्रिय मुद्दामा राष्ट्रिय समझदारी बनाउनुपर्ने बताए । पूर्व प्रधानमन्त्री भट्टराईले युक्रेनको घटनाबाट पाठ सिकेर सबै देशसँग सन्तुलित सम्बन्ध कायम नगर्ने हो भने देश ठूलो दुर्घटनामा जानसक्ने बताए ।


Advertisment
Nabil box
Kumari

पूर्व प्रधानमन्त्री भट्टराईले भने, ‘राष्ट्रिय राज्यहरू रहुञ्जेलसम्म राष्ट्रियताको प्रश्न अहम रहन्छ र पछिल्लो समयमा जसरी नेपालको छरछिमेकको भूराजनीति बदलिँदो छ, विश्व राजनीतिसँगै भूराजनीति बदलिँदो छ । एउटा नयाँ शीतयुद्धको छायाँ प्रतिछायाँ मडारिँदैछ । खासगरी भारत, चीन, अमेरिकाका बीचका सम्बन्धहरूले हाम्रो आन्तरिक सम्बन्धलाई समेत प्रभावित पार्ने जुन परिस्थिति बन्दै गएको छ, यसलाई हामीले बेलैमा आकलन गरेर राष्ट्रिय समझदारी बनाउनैपर्छ । ठूला देशहरूको बीचमा रहेको देशले राष्ट्रिय मुद्दामा सहमति कायम गर्नैपर्छ । युक्रेनको घटना हामीलाई ठूलो पाठ हुनसक्छ । हामी विश्व शक्ति देशहरूको बीचमा छौं । सबैको चासो बढ्दैछ । हामीले बेलैमा राम्रो सन्तुलित सम्बन्ध मिलाएर जान सकेनौं भने हामी नराम्रो दुर्घटनामा पर्न सक्छौं तर हामीले बुद्धि पुर्‍याउँदा शताकौंपछि हाम्रो देश अग्रणी केन्द्र, आर्थिक हिसाबले, राजनीतिक हिसाबले, सांस्कृतिक हिसाबले बन्नसक्छ । त्यो पूरै सम्भावना छ, त्यसको निम्ति हामीले राष्ट्रिय समझदारी बनाउनैपर्छ ।’

Vianet communication

पूर्व प्रधानमन्त्री भट्टराईले लोकतन्त्रलाई अझै पनि ठीक ढंगले पूर्णता दिन नसकेको बताए । उनले पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री प्रणालीमा नगएसम्म देशमा लोकतन्त्रले पूर्णता नपाउने दाबी समेत गरे । पूर्व प्रधानमन्त्री भट्टराईले देशको अर्थतन्त्रलाई बचाउन श्रम निर्यात गर्ने र वस्तु आयात गर्ने अर्थतन्त्र नभई पुँजी र प्रविधि आयात गर्ने र वस्तु र सेवा निर्यात गर्ने अर्थतन्त्रमा बदल्नुपर्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x