×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

मधेशमा तालमेलको सकस– केन्द्रले नटुंग्याएका ठाउँमा छुट्टै गठबन्धनको गृहकार्य

बैशाख ९, २०७९

NTC
Premier Steels

स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनले केन्द्रबाट गरेको सहमति कार्यान्वयन गर्न चुनौती बढ्दै गएको छ। खास गरेर मधेश प्रदेशमा त्यसको 'साइड इफेक्ट' तत्काल नै देखा पर्न थालेको छ।

Muktinath Bank

सत्ता गठबन्धनले जनकपुरधाम उपमहानगरको प्रमुख जनता समाजवादी पार्टीलाई र उपप्रमुख नेपाली कांग्रेसलाई दिनेगरी गरेको सहमतिविरुद्ध नेपाली कांग्रेसमा जोडदार विद्रोह भएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिकाका सभापति मनोजकुमार साहको नेतृत्वमा ठूलो संख्यामा कांग्रेस नेता तथा कार्यकर्ताले विद्रोह गर्दै पार्टीको सम्पूर्ण जिम्मेवारी तथा क्रियाशील सदस्यबाट समेत राजीनामा गरेका छन् ।


Advertisment
Nabil box
Kumari

साह गत स्थानीय तह निर्वाचनमा मेयर पदको उम्मेदवार भएर दोस्रो स्थानमा आएका थिए । यसपटक पनि मेयर पदका लागि उनले केही साताअघिदेखि नै घरदैलो समेत शुरू गरिसकेका थिए। तर केन्द्रबाट पार्टीले जनकपुरधाम उपमहानगर र वीरगञ्ज महानगरको प्रमुख पद जसपालाई दिने निर्णय गरेपछि जनकपुर र वीरगञ्जमा कांग्रेसभित्र चरम असन्तुष्टि बढेको हो।

Vianet communication

केन्द्रीय नेताले गरेको सहमतिअनुसार जनकपुरधामको २५ वटै वडाका सभापतिहरूले गठबन्धनका जसपा उम्मेदवारलाई भोट नदिने मनोविज्ञान देखिएकाले पनि बाध्य भएर विद्रोह गरेको साहले लोकान्तरलाई बताए।

'नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले नेपाली कांग्रेसकै अनुहारलाई भोट हाल्ने मनोविज्ञान बनाएका छन्, तर केन्द्रको निर्णयका कारण त्यसो हुन नसक्ने भएपछि मैले पार्टीबाट राजीनामा गरेको हो,' साहले लोकान्तरसँग भने, 'म पार्टीमा रहेर पार्टीको निर्णय नमानेको अवस्थामा मलाई पार्टीले कारवाहीस्वरूप निष्कासन गर्नुभन्दा पहिले नै राजीनामा दिएको हुँ ।'

नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाणले  गठबन्धनको निर्णय नमान्ने नेता/कार्यकर्तालाई पार्टीले अनुशासनको कारवाही गर्ने चेतावनी दिएका थिए।

'म कांग्रेसको सच्चा सिपाही हो, कार्यकर्ता र मतदाताको मनोविज्ञानलाई सम्मान गर्दै पार्टीको केन्द्रीय सहमतिविरुद्ध विद्रोह गरेको हो,' उनले थपे, 'कांग्रेसका कार्यकर्ताले कांग्रेसको चेहरा खोजेको हो, त्यहीअनुसार मैले कांग्रेसबाट राजीनामा दिएर  स्वतन्त्र रूपमा मेयर पदमा उम्मेदवारी दिन लागेको हो ।'

जनकपुर जस्तै वीरगञ्ज महानगरमा पनि कांग्रेसभित्र चरम असन्तुष्टि देखिएको छ । जनकपुरजस्तै त्यहाँ खुलेर कसैले विद्रोह नगरे पनि भित्रभित्रै चरम असन्तुष्टि बढ्दै गएको छ। वीरगञ्ज महानगरका लागि नेपाली कांग्रेसबाट अजय द्विवेदी, कञ्चन झा र श्याम पोखरेलले दावेदारी पेश गर्दै तयारी थालेका थिए। तर केन्द्रले जसपालाई मेयर दिने निर्णय गरेपछि वीरगञ्जका कांग्रेस कार्यकर्तामा असन्तुष्टि बढेको मेयर पदका आकांक्षी कञ्चन झाले बताए।

'केन्द्रले वीरगञ्जका नेता तथा कार्यकर्ताको भावनाविरुद्ध अस्वाभाविक, अप्रत्यासित तालमेल गरेर कांग्रेसको स्पेस सिध्याउने र जसपालाई बुझाउने गरी गरेको निर्णयविरुद्ध सबै कार्यकर्तामा असन्तुष्टि बढेको छ,' उनले लोकान्तरसँग भने।

'धेरैजसो पालिकामा प्रयास भएपनि नेपाली कांग्रेसले नै नमानिरहेको अवस्था देखिएको छ,' साहले लोकान्तरसँग भने, 'महानगर र उपमहानगरमा जसरी केन्द्रबाट हस्तक्षेप भयो भने मात्र हो, नत्र सहमति हुन कठिन देखिएको छ।'

उनी जस्तै अर्का एक नेताले वीरगञ्जमा कांग्रेसले जसपाको उम्मेदवारलाई मतदान नगर्ने अवस्था उत्पन्न भएको बताए।

'पार्टीको निर्णय र लाइनविरुद्ध खुलेर विद्रोह गरिहाल्ने स्थिति त छैन,' ती नेताले भने, 'तर जसपाको उम्मेदवारलाई मतदान नगरी पार्टी भित्रबाट नै ठूलो संख्यामा अन्तर्घात भने पक्का हुन्छ। '

केन्द्रले मधेशसँग भेदभाव गरेको हुनाले आगामी दिनमा कांग्रेसले मधेशको राजनीतिक स्पेस पनि गुमाउने र जसपाले सधैँका लागि वर्चस्व कायम गर्ने अवस्था आउने उनको आकलन छ ।

वैशाख ७ गते पाँचदलीय गठबन्धनले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा भागबण्डा टुंग्याएको थियो ।

जसमध्ये मधेश प्रदेशमा वीरगञ्ज महानगर र जनकपुरधाम उपमहानगरमा जसपालाई प्रमुख र कांग्रेसलाई उपप्रमुख दिने सहमति गरिएको थियो । त्यसैगरी बाराको कलैया उपमहानगरको प्रमुख कांग्रेसलाई र उपप्रमुख जसपालाई तथा बाराकै जितपुर सिमरा उपमहानगरको प्रमुख नेकपा (माओवादी केन्द्र)लाई र उपप्रमुख नेपाली कांग्रेसलाई दिने सहमति भएको थियो।

मधेश प्रदेशमा कुल १३६ वटा स्थानीय तह छन्। १ महानगर र ३ उपमहानगरमा केन्द्रबाट सहमति भएपनि बाँकी १३३ स्थानीय तहमा सहमति जुट्न सकेको छैन।

जसपाका मधेश प्रदेश अध्यक्ष रामबाबुकुमार यादवले महानगर र उपमहानगरबाहेक रौतहटको राजदेवी नगरपालिकामा मात्र कांग्रेस र जसपाबीच तालमेलमा सहमति भएको बताए । उक्त नगरपालिकाको प्रमुख जसपालाई र उपप्रमुख कांग्रेसलाई दिने सहमति भएको उनले बताए।

जनकपुर र वीरगञ्जमा कांग्रेसभित्रको असन्तुष्टिका कारण कांग्रेसको संगठनको सबै मत पाउनेमा उनी पनि पूर्णरूपमा विश्वस्त छैनन्।

'संगठनको शत प्रतिशत भोट आउन कठिन छ, तर अत्यधिक मत कांग्रेसले जसपालाई देओस्, त्यसका लागि काम पनि भइरहेको छ,' यादवले लोकान्तरसँग भने, 'जनता वा मतदाता संगठनभन्दा बाहिर हुन्छन्, त्यसमा केही पनि गर्न सकिन्न । तर गठबन्धनमा आवद्ध दलहरूको मत इमान्दारीपूर्वक ल्याउनका लागि दलहरूले कडाइ गर्दैछन् ।'

नेकपा माओवादी केन्द्रका मधेश प्रदेश इञ्चार्ज गणेश साह अन्य पालिकाहरूमा पनि तालमेलको प्रयास भइरहेको बताउँछन् । 'धेरैजसो पालिकामा प्रयास भएपनि नेपाली कांग्रेसले नै नमानिरहेको अवस्था देखिएको छ,' साहले लोकान्तरसँग भने, 'महानगर र उपमहानगरमा जसरी केन्द्रबाट हस्तक्षेप भयो भने मात्र हो, नत्र सहमति हुन कठिन देखिएको छ।'

कांग्रेससँग गठबन्धन हुन नसके नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एसबीच गठबन्धन गरेर जाने अवस्था आएको उनले बताए ।

'अहिले यो तीन दलबीच विभिन्न पालिकामा सहमतिको प्रयास जारी छ, केही ठाउँमा प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षमा सहमति भए पनि वडामा सहमति हुन नसकेकाले बाहिर आएको छैन,' उनले लोकान्तरसँग भने।

गठबन्धनका कारण हालसम्म माओवादी केन्द्रभित्र त्यस्तो असन्तुष्टि नदेखिएको उनले बताए। अन्य दलबीच यदि असन्तुष्टि छ भने पनि त्यसलाई व्यवस्थापन गर्ने काम हुने उनले बताए।

त्यसैगरी गठबन्धनमा आवद्ध नेकपा (एकीकृत समाजवादी)का मधेश प्रदेश अध्यक्ष रामचन्द्र यादव पनि गठबन्धनको सबै मत गठबन्धनका उम्मेदवारलाई पर्नेमा आश्वस्त छैनन्।

'यो त एकले अर्कामाथि विश्वासको आधारमा सहमति गरिएको हो, तमसुक कागज बनाउने कुरा पनि होइन,' यादवले लोकान्तरसँग भने, 'तर एउटा पार्टीले अर्को पार्टीसँग अन्तर्घात नगरोस्, इमान्दारीपूर्वक मतदान गरोस्, त्यसका लागि कठोरताका साथ अनुशासन कायम  गराउन आवश्यक छ।'

मधेश प्रदेशका अन्य पालिकाहरूमा पनि गठबन्धनबीच तालमेल गरेर जाने सहमति भए पनि त्यसअनुसार परिणाम हासिल हुन नसकेको उनले बताए । माथिल्लो तहबाट तल्लो तहमा पेलेर जानुभन्दा पनि माथिल्लो तहले स्थानीय तहमा सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।

'सकेसम्म सहमति गर्ने, नभए गठबन्धनमा आवद्ध दलबीच मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने कुरा भएको छ,' उनले थपे, 'मुख्य रूपमा एमाले र लोसपाले जित्ने स्थानमा जसरी पनि तालमेल गर्ने प्रयास मनोनयन हुने दिनसम्म पनि जारी रहनेछ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x