कात्तिक १८, २०८०
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
बैशाख २६, २०७९
नेपालको प्रसिद्ध तीर्थस्थल गोरखाको मनकामना क्षेत्र रहेको शहीद लखन गाउँपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । देशका अधिकांश स्थानमा सत्ता गठबन्धनबीच चुनावी तालमेल भए पनि गोरखाका पालिकाहरूमा भने तालमेल भएको छैन ।
२०७४ सालमा माओवादी केन्द्रले चुनाव जितेको शहीद लखन गाउँपालिकामा यसपटक दलहरू एक्ला-एक्लै भिडेका छन् ।
माओवादी केन्द्रको तर्फबाट रेशमबाबु थापा मगर दोहोरिएका छन् । पहिलो कार्यकालमा गरेको राम्रा कामका कारण आफूलाई जनताले जिताउने थापाको विश्वास छ ।
‘पहिलो कार्यकालमा गरेको राम्रो काम नै हामीले जित्ने आधार हो । बेरुजु कम भएको गाउँपालिकामा हामी देशकै चौथो र गण्डकीको पहिलो गाउँपालिका हुन सफल भएका छौँ,’ थापाले भने, ‘कार्यसम्पादन मूल्यांकनको आधारमा पनि हामी गोरखाको दोस्रो गाउँपालिका भएका छौं ।’
पहिलो कार्यकालमा अधुरा रहेका कामको निरन्तरताका लागि उम्मेदवारी दिएको उनले बताए ।
नेपाली कांग्रेसको तर्फबाट नारायण लामिछाने र नेकपा एमालेको तर्फबाट मनोज जोशी उम्मेदवार छन् । २०७४ सालको निर्वाचनमा गाउँपालिका अध्यक्षमा पराजित भएर तेस्रो स्थानमा रहेका जोशी एमालेबाट पुनः उम्मेदवार बनेका छन् ।
‘चुनावमा पराजित भए पनि हामी ५ वर्ष निदाएर बसेनौँ, केन्द्र र प्रदेश सरकारसँग पहल गरेर विकास बजेट ल्याउन हामी अहोरात्र खट्यौँ,’ जोशीले लोकान्तरसँग भने, ‘पाँच वर्षमा फेरिएको समीकरण र हाम्रो संगठन विस्तारका कारण यसपटक चुनाव जित्नेमा विश्वस्त छु ।’
२०७४ सालको चुनावमा माओवादीका रमेश थापाले ३ हजार ८०८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका कृष्णबहादुर आलेले ३ हजार ४०४ मत पाएका थिए ।
नेपाली कांग्रेसको तर्फबाट नारायण लामिछाने उम्मेदवार छन् । गत निर्वाचनमा नेपाली कांग्रेसले ४, नेकपा एमालेले ३ र माओवादीले एउटा वडा जितेको थियो । डा. बाबुराम भट्टराईको गृहजिल्लाको यो गाउँपालिाकामा माओवादी केन्द्र र जसपाबीच अघोषित तालमेल छ ।
गत निर्वाचनमा दोस्रो स्थान हासिल गरेको नेपाली कांग्रेस पनि यसपटक नतिजा उल्टाउने दाउमा छ ।
स्थानीयको माग- मनकामनासम्म जाने बाटो पिच होस्
मनकामना क्षेत्रका स्थानीय आँबुखैरेनी हुँदै मनकामना जाने बाटो पिच (कालोपत्रे) भएमा यस क्षेत्रको चहलपहल बढ्ने बताउँछन् । मनकामना क्षेत्रमा खानेपानीको उचित प्रबन्ध र सरसफाइ उनीहरूको अर्को एजेण्डा छ ।
वडा नम्बर ३ का मतदाता रिजन श्रेष्ठ खानेपानी र फोहोर व्यवस्थापन अहिले मनकामना मन्दिर आसपासको समस्या रहेको बताउँछन् । ‘एकातर्फ मनकामना मन्दिर क्षेत्रमा फोहर व्यवस्थापन र सरसफाइको आवश्यकता छ । साथै यहाँसम्म आउने ९ किलोमिटर सडक पिच भयो भने पर्यटकहरू यहीँ बस्न आउँथे, यहाँ राम्रा होटल बन्ने थिएँ,’ श्रेष्ठले भने ।
मनकामना-३ का ओमबहादुर आले मगर सिँचाइको व्यवस्था भएमा यस क्षेत्रका मानिसहरू फलफूल र तरकारी खेतीमा आकर्षित भएर रोजगारी सिर्जना हुने बताउँछन् ।
‘सिँचाइको व्यवस्था भयो भने यहाँका पाखाबारीमा फूलको खेती गरेर पनि धेरैले रोजगारी पाउँछन्, मनकामना मन्दिरमा चढाउने फूल बाहिरबाट ल्याउन पर्दैन,’ आलेले भने, ‘सिँचाइ भयो भने सुन्तला खेती पनि यहाँको पहिचान बनेको मनकामनाको सुन्तला पनि फस्टाउँछ ।’
मनकामना मन्दिर परिसरमा फूलको व्यापार गर्ने स्थानीय खिला श्रेष्ठ मनकामना क्षेत्रमा अहिले पनि खानेपानीको समस्या रहेको गुनासो गरे ।
मनकामना उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका स्थानीय हरि श्रेष्ठ मतदाताले आफ्नो भन्दा पनि राम्रो उम्मेदवार खोजिरहेको बताउँछन् ।
‘शहीद लखन गाउँपालिकाका धेरै वडामा पुगेको छु, विगत निर्वाचनमा गरिएको वाचा पूरा नभएको मतदाताको गुनासो सुनेको छु,’ श्रेष्ठले भने, ‘प्रसिद्ध धार्मिकस्थलको रुपमा रहेको मनकामना क्षेत्रको विकास गर्न सक्ने सक्षम अध्यक्ष आउनुपर्छ भन्ने मतदाताको भावना छ ।’
चुनावमा माओवादी, कांग्रेस र एमालेबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने सम्भावना रहेको उनी बताउँछन् ।
के भन्छन् उम्मेदवारहरू ?
मनकामना मन्दिर शहीद लखन गाउँपालिकाको वडा नम्बर २ र ३ मा पर्छ ।
केबलकार हुँदै मनकामना मन्दिर पुग्ने क्षेत्र वडा नम्बर ३ मा पर्छ भने मन्दिरभन्दा माथि लाइन लाग्ने क्षेत्र वडा नम्बर २ मा पर्छ ।
वडा नम्बर ३ को वडाध्यक्षका लागि एमालेका उम्मेदवार गणेश थापा मनकामना क्षेत्रलाई धार्मिकस्थलसहित पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना लिएर चुनावमा होमिएको बताउँछन् ।
‘विगतमा शुरू गरेका कामलाई पूरा गर्ने र मनकामना क्षेत्रको समग्र विकासको लागि म पुनः चुनावी मैदानमा उत्रिएको छु,’ थापाले भने, ‘यहाँको आवश्यकताअनुसार विकासका कामलाई अगाडि बढाउँछु ।’
वडामा भइरहेका नियमित कामका अतिरिक्त मनकामना मन्दिर क्षेत्र आसपासलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना बनेको बताउँछन् । मुग्लिन–पोखरा सडक विस्तारका क्रममा त्रिवेणीमा पुल बनिसकेपछि मनकामनासम्म पुग्ने बाटो पिच गर्ने योजना रहेको उनले सुनाए ।
‘मनकामना मन्दिरसम्म पक्की बाटो भएमा मानिसहरू आफ्नै गाडी लिएर पनि मन्दिरसम्म पुग्ने, त्यहाँ बस्ने भएकोले मनकामना क्षेत्रमा होटल व्यवसाय फस्टाउने र रोजगारी सिर्जना हुन्छ,’ उनले भने, ‘आगामी कार्यकालमा यो काम सम्पन्न गर्ने वाचा गरेको छु ।’
मनकामनामा केवलकार नहुँदा मानिसहरू आँबुखैरेनी हुँदै पैदल मार्गबाट जाने गर्दथे । अहिले त्यो क्षेत्रका कच्ची सडक बनेको छ ।
वडाध्यक्षका उम्मेदवार थापाले मनकामना क्षेत्रमा एक घर एक धाराको अवधारणा लिएर खानेपानी विस्तार गरिएको र धारा नपुगेको घरमा केही समयमा पुग्ने बताउँछन् ।
मनकामना क्षेत्रमा पर्ने शहीद लखन गाउँपालिकाको वडा नम्बर ३ मा कांग्रेसको तर्फबाट दीपक पाण्डे र माओवादीको तर्फबाट कृष्ण थापा चुनावी मैदानमा छन् । तीनै जना उम्मेदवारले घरदैलो गरिरहेका छन् ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...