२९ असार २०८३, सोमबार

पूर्वाधार एम्बुलेन्स, फोहोर र शौचालय व्यवस्थापनसहित काठमाडौं महानगरका ५ निर्णय

मेयर शाहलाई वडाध्यक्षले भने – बैठक चलाउने विधि सिकेर आउनुहोस्
पूर्वाधार एम्बुलेन्स, फोहोर र शौचालय व्यवस्थापनसहित काठमाडौं महानगरका ५ निर्णय
फाइल फोटो

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकले फोहोर व्यवस्थापन गर्ने, भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने, शौचालय व्यवस्थापन गर्ने र महानगरवासीको गुनासो सुन्नका लागि कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको छ । 

काठमाडौंका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलले सोमवार पदबहाली गरेपछि बसेको महानगरको पहिलो कार्यपालिका बैठकले काठमाडौं सरसफाइसँग सम्बन्धित निर्णयहरू गरेको छ । 

महानगरको कार्यपालिका बैठक प्रत्यक्ष प्रसारण गरिएको थियो । 

लामो समयदेखि उठ्न नसकेको काठमाडौंको फोहर तत्काल व्यवस्थापन गर्ने प्रस्ताव मेयर शाहले बैठकमा राखेका थिए । काठमाडौंका सडकमा पर्ने खाल्डाखुल्डी पुर्न, ढल निकास बिग्रिएमा मर्मत गर्न पूर्वाधार (इन्फ्रास्टक्चर) एम्बुलेन्स सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । 

महानगरपालिकाका नागरिकको समस्या समाधानका लागि कल सेन्टरको स्थापना गर्ने र त्यसमार्फत नागरिकको समस्या तत्काल सुन्ने अभ्यासमा जाने निर्णय महानगरको बोर्ड बैठकले गरेको छ ।

महानगरमा रहेका चेन रेस्टुरेन्ट र पेट्रोल पम्पसँग सहकार्य गरेर ती ठाउँमा रहेका शौचालयलाई सार्वजनिक शौचालयको रूपमा प्रयोगमा ल्याउने निर्णय पनि महानगरपालिकाले गरेको छ ।

काठमाडौं महानगरभित्रका सबै वडामा रहेका ढलको सफाइको काम गर्ने निर्णय पनि महानगरपालिकाले गरेको छ ।

महानगरपालिकाको बोर्ड बैठक प्रत्यक्ष प्रसारण गरिएको थियो तर मेयर साहले बैठक सञ्चालन गर्न नजान्दा निर्णय अनुमोदन गराउने बेलामा भने सामान्य विवाद भएको थियो । 

मेयर शाहले महानगरको प्रमुख प्रशासकीय अधिकृतलाई निर्णय सुनाउन दिएका थिए । उनले निर्णय सुनाउँदै गर्दा प्रस्तावमै नआएका विषय निर्णयमा समेटिएको भन्दै वडाध्यक्षहरूले विरोध गरेका थिए ।

प्रशासकीय अधिकृतले सुनाएको निर्णय फिर्ता लिएपछि मेयर शाह आफैंले १/१ गरी निर्णय सुनाउँदै बैठकबाट अनुमोदन गराएका थिए । शाहले बैठक चलाउन नजानेको भन्दै बैठकमै वडाध्यक्षहरूले बैठक चलाउने तरिका सिकेर आउन मेयर शाहलाई सुझाव दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्