×

NIC ASIA

पूर्वाधार एम्बुलेन्स, फोहोर र शौचालय व्यवस्थापनसहित काठमाडौं महानगरका ५ निर्णय

मेयर शाहलाई वडाध्यक्षले भने – बैठक चलाउने विधि सिकेर आउनुहोस्

जेठ १६, २०७९

Prabhu Bank
NTC
फाइल फोटो
Premier Steels

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकले फोहोर व्यवस्थापन गर्ने, भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने, शौचालय व्यवस्थापन गर्ने र महानगरवासीको गुनासो सुन्नका लागि कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको छ । 

Muktinath Bank

काठमाडौंका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलले सोमवार पदबहाली गरेपछि बसेको महानगरको पहिलो कार्यपालिका बैठकले काठमाडौं सरसफाइसँग सम्बन्धित निर्णयहरू गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महानगरको कार्यपालिका बैठक प्रत्यक्ष प्रसारण गरिएको थियो । 


Advertisment
Nabil box
Kumari

लामो समयदेखि उठ्न नसकेको काठमाडौंको फोहर तत्काल व्यवस्थापन गर्ने प्रस्ताव मेयर शाहले बैठकमा राखेका थिए । काठमाडौंका सडकमा पर्ने खाल्डाखुल्डी पुर्न, ढल निकास बिग्रिएमा मर्मत गर्न पूर्वाधार (इन्फ्रास्टक्चर) एम्बुलेन्स सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । 

Vianet communication

महानगरपालिकाका नागरिकको समस्या समाधानका लागि कल सेन्टरको स्थापना गर्ने र त्यसमार्फत नागरिकको समस्या तत्काल सुन्ने अभ्यासमा जाने निर्णय महानगरको बोर्ड बैठकले गरेको छ ।

महानगरमा रहेका चेन रेस्टुरेन्ट र पेट्रोल पम्पसँग सहकार्य गरेर ती ठाउँमा रहेका शौचालयलाई सार्वजनिक शौचालयको रूपमा प्रयोगमा ल्याउने निर्णय पनि महानगरपालिकाले गरेको छ ।

काठमाडौं महानगरभित्रका सबै वडामा रहेका ढलको सफाइको काम गर्ने निर्णय पनि महानगरपालिकाले गरेको छ ।

महानगरपालिकाको बोर्ड बैठक प्रत्यक्ष प्रसारण गरिएको थियो तर मेयर साहले बैठक सञ्चालन गर्न नजान्दा निर्णय अनुमोदन गराउने बेलामा भने सामान्य विवाद भएको थियो । 

मेयर शाहले महानगरको प्रमुख प्रशासकीय अधिकृतलाई निर्णय सुनाउन दिएका थिए । उनले निर्णय सुनाउँदै गर्दा प्रस्तावमै नआएका विषय निर्णयमा समेटिएको भन्दै वडाध्यक्षहरूले विरोध गरेका थिए ।

प्रशासकीय अधिकृतले सुनाएको निर्णय फिर्ता लिएपछि मेयर शाह आफैंले १/१ गरी निर्णय सुनाउँदै बैठकबाट अनुमोदन गराएका थिए । शाहले बैठक चलाउन नजानेको भन्दै बैठकमै वडाध्यक्षहरूले बैठक चलाउने तरिका सिकेर आउन मेयर शाहलाई सुझाव दिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x