×

NMB BANK
NIC ASIA

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट प्रथम समादेशक कार्यशाला गोष्ठी समापन

असार ९, २०७९

NTC
Premier Steels

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा आयोजित २ दिने ‘प्रथम समादेशक कार्यशाला गोष्ठी’को बिहीवार समापन गरेका छन् ।

Muktinath Bank

त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सांगठनिक जिम्मेवारी पूरा गर्न सक्षम मानव संशाधन विकासको लागि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय मानवस्रोत विभाग, प्रतिष्ठान तथा तालिम शिक्षालयको विशेष भूमिका रहने उल्लेख गर्दै प्रतिष्ठानले तालिम शिक्षालयमा सञ्चालन हुने तालिमको गुणस्तर र प्रभावकारिता अभिवृद्धिमा खेलेको भूमिकाको समेत प्रशंसा गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले प्रथम पटक आयोजित गोष्ठी सफलतापूर्वक सम्पन्न गरेकोमा प्रतिष्ठान परिवारप्रति आभार प्रकट गर्दै निकट भविष्यमा सञ्चालन हुने वरिष्ठ अधिकृत सम्मेलनमा प्रस्तुत गरिने तालिम सम्बन्धी एजेण्डा तय गर्न गोष्ठीबाट आएको निचोड महत्त्वपूर्ण हुने र प्राप्त निष्कर्षलाई तत्कालै कार्यान्वयनमा लगिने बताए ।


Advertisment
Nabil box
Kumari

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले प्रशिक्षकको मनोबल उच्च राख्न उनीहरूको थप सुविधाका लागि संगठनले पहल गर्ने चर्चा गर्दै उच्च मनोबलमा रही सकारात्मक सोचका साथ सबैले आ–आफ्नो ठाउँबाट सांगठनिक विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

Vianet communication

हाल सञ्चालन भइरहेका तालिम, तालिम पाठ्यक्रम, तालिम पूर्वाधार, प्रशिक्षक प्रशिक्षार्थीको व्यवस्थापन, तालिममा प्रशिक्षण गराइने विषयहरू, प्रशिक्षण विधि, मूल्यांकन प्रणाली, तालिम शिक्षालयको विशिष्टिकरण तथा स्तरोन्नति, उपलब्ध भौतिक पूर्वाधारको दीगो संरक्षण तथा विकास, आत्मनिर्भर तालिम शिक्षालय, तालिम अभिलेख व्यवस्थापन प्रणाली, तालिम क्यालेण्डर, तालिम निर्देशिका लगायतका कार्य समयानुकूल, वैज्ञानिक र व्यावहारिक बनाउने उद्देश्यले आयोजित गोष्ठीमा सहभागी समादेशकबाट प्रस्तुतीकरण भएका विषयमा छलफल र अन्तर्क्रियाबाट विस्तृत प्रतिवेदन तयार गरिएको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित सि.सं. ४ इन्टेलिजेन्स तालिम समापन गर्नुका साथै प्रशिक्षार्थी अधिकृतलाई तालिमबाट प्राप्त ज्ञानको उच्चतम प्रयोग गर्दै राज्यप्रदत्त जिम्मेवारी निर्वाहमा पूर्ण व्यवसायिक भई परिचालित हुन निर्देशन दिए । ८ हप्ता अवधिको तालिम २६ जना सिनियर अधिकृतले सफलतापूर्वक सम्पन्न गरेका छन् ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक वंशीराज दाहाल, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजी तथा एपीएफ कमाण्ड तथा स्टाफ कलेजका समादेशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने लगायत सशस्त्र प्रहरी बल नेपालका तालिम शिक्षालयका समादेशक तथा प्रतिनिधिको उपस्थिति थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x