×

जनकपुरधाम उपमहानगरपालिकाद्वारा रु एक अर्ब ८० करोड ७१ लाख बजेट प्रस्तुत

असार १०, २०७९

जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु एक अर्ब ८० करोड ७१ लाख ४५ हजारको बजेट प्रस्तुत गरेको छ । आजदेखि सुरु भएको आठौँ नगरसभामा उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले चालु खर्चतर्फ रु एक अर्ब सात करोड ४१ लाख २७ हजार र पूँजीगत खर्चतर्फ रु ७३ करोड ३० लाख १८ हजार बजेट प्रस्तुत गरे ।

Laxmi Bank

जसमा आर्थिक विकास समिततर्फ रु चार करोड ५६ लाख, सामाजिक विकासतर्फ रु ६७ करोड ४२ लाख, पूर्वाधार विकासतर्फ रु ६४ करोड ६५ लाख, वन वातावरण तथा विपद् व्यवस्थापन विकासतर्फ रु पाँच करोड र सुशासन तथा संस्थागत विकास समितितर्फ रु ४९ करोड ७१ लाख अनुमानित बजेट विनियोजन गरेको उपप्रमुख साहले जानकारी दिए । 


Advertisment

कोरोनाको रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाई महामारीबाट जनजीवनलाई सामान्य अवस्थामा पु¥याउने, नगरको भौतिक पूर्वाधारको विकासलाई गति प्रदान गर्ने, आम नगरवासीलाई गुणस्तरीय शिक्षा र आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न, लैङ्गिक समानता, सामाजिक समावेशीकरण र सामाजिक सुरक्षामार्फत विभेदमुक्त समाज निर्माण गर्ने उद्देश्य बजेटको रहेको उपप्रमुख साहले बताए ।


Advertisment

    यस्तै नगरसभामा उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा फोहरमैला व्यवस्थापन, शिक्षा, स्वास्थ्य, पर्यटन तथा नगर क्षेत्रको सुन्दरता प्रवद्र्धन, शिक्षा युवा तथा खेलकुद, रोजगारी सृजना तथा सहकारी, स्वास्थ्य सेवामा सुधार एवं पहुँच, पूर्वधार तथा सहरी सौन्दर्य, वातावरण संरक्षण तथा हरियाली प्रर्वद्धन लगायतलाई प्राथमिता दिएको बताए । 

जेठ १५, २०८१

सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेटका ५ विषयलाई प्राथमिकतामा राखेको छ ।  अर्थमन्त्री वर्षमान पुनले आज (मंगलवार) संघीय संसदमा बजेट आव २०८१–८२ को बजेट प्रस्तुत गर्दै ५ प्राथमिकता सार्वजनिक गर...

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

जेठ १५, २०८१

सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ । मंगलबार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड रहेको ...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

भदौ २४, २०८१

सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

x