×

NMB BANK
NIC ASIA

विकासका काममा राजनीति नगरौँ- विष्णु पौडेल

असार २०, २०७९

NTC
Premier Steels

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले विकासका काममा राजनीति नगर्न आग्रह गरेका छन् । 

Muktinath Bank

बुटवल-सैनामैना जोड्ने दानव नदी पुल (कर्साघाट) को सोमवार उद्घाटन गर्दै उनले  कुनै पनि दलको राजनीतिक स्वार्थले विकास निर्माणको काममा अवरोध हुन नहुने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुटवलको तिनाउ-दानव करिडोरमा यस्तै प्रकारको राजनीति भएको दृष्टान्त प्रस्तुत गर्दै उनले यहाँका सबै नागरिकले माग गरेर मात्र यो आयोजना बनाएको दाबी गरे ।


Advertisment
Nabil box
Kumari

पौडेलले विकासका लागि सबै एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।

Vianet communication

तिनाउ-दानव नदी करिडोरको विषयमा जनतालाई भ्रम सिर्जना गर्ने काम भएको बताउँदै उनले उक्त करिडोर निर्माणमा अवरोध भएकोप्रति चिन्ता व्यक्त गरे ।

‘करिडोरमा नदीको बहाव क्षेत्र छोडेर सडक बनाउने हो, किनारमा बसेकाहरूलाई जबर्जस्त हटाउने हैन, अझ राम्रो ठाउँमा पूर्वाधार विकास गरेर स्थानान्तरण गर्ने हो,’ उनले भने, ‘दुवै किनारमा करिडोर गराउँदा यो ठाउँ कहाँ पुग्ला ?  तपाईंहरू कल्पना गर्नुस् ।‘

विकासको कुरा गर्दा रूपन्देही जिल्ला मात्र नभई सिंगो लुम्बिनी प्रदेशनै अब्बल भएको दाबी गर्दै उनले विकासको मोडल हेर्न आउनेहरूका लागि रूपन्देही मानक बनेको समेत बताए । 

‘भैरहवा एयरपोर्टको दोश्रो चरणको कामको तयारी पूरा भएको छ, तिनाउमा सिग्नेचर ब्रिज बन्दै छ, गोरूसिंगेसम्मको सडक चौडा बन्दैछ । केही हप्तामा टेण्डर हुँदैछ,’ पौडेलले भने, ‘विकासका प्रश्नमा जनताले साथ दिनुस् हामी पूरा गर्छौ‌ं ।’

बुटवल-१५ र सैनामैना-१ लाई जोड्ने गरी १२७ मिटर लामो पुलको एमाले उपाध्यक्ष पौडेलले उद्घाटन गरेका हुन् । ११ मिटर चौडा रहेको उक्त पुल ३ वटा स्यालबमा पाइल फाउण्डेशन प्रविधिमा निर्माण गरिएको हो ।

संघीय सरकारको लगानीमा २०७४ असार २९ गते कार्य सम्झौता भएको यो आयोजनामा  कोरोना महामारीले असर गर्दा २०७८ पुस ३० गते पुनः म्याद थप गरिएको थियो ।

कुल १६ करोड ६० लाख ४७३ लागत अनुमान गरिएको योजनाका लागि अर्घाखाँची/बबुल जेभीसँग १३ करोड ९० लाख ३६ हजार ८०९ रूपैयाँमा ठेक्का सम्झौता भई काम सम्पन्न भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x