फागुन २६, २०८०
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
खान र बस्न पाउने अधिकार संविधानले नै ग्यारेन्टी गरेको छ तर विभिन्न कारणले भोकभोकै मरेको घटनाहरू पनि सुन्ने गरिएको छ ।
कोरोना भाइरस (कोभिड–१९) महामारीका बेला शहरी क्षेत्रमा खानाका लागि चौतर्फी समस्या उत्पन्न भएको थियो । उद्योगधन्दा, कलकारखाना बन्द भए पनि धेरै नागरिकको रोजीरोटी नै गुमेको थियो । धेरैलाई बिहान–साँझ छाक टार्न समस्या पर्ने गरेको थियो ।
कोरोनामा मात्रै होइन, प्राकृतिक प्रकोप जस्ता घटनाले पनि धेरै नागरिक घरबारविहीन नै भए । बिहान–साँझ चुल्हो बाल्न पनि समस्या भयो । यस्तो समस्यामा सरकारले पनि प्रभावकारी कदम चाल्न सक्दैन ।
तर मोरङको विराटनगरका केही युवा सरकारले गर्नुपर्ने काम गरिरहेका छन् । विराटनगरमा दुःख र कष्टमा परेका नागरिकका लागि ती युवा ‘भगवान्’ नै बनेका छन् ।
मनकारी युवाले ‘हाम्रो अभियान’ नामक एक सामाजिक संस्था नै खोलेर प्राकृतिक प्रकोपका कारण दुःखकष्टमा परेका नागरिकलाई निःशुल्क खाना खुवाउनेदेखि जाडोमा लुगा कपडा वितरण गर्ने गर्छन् ।
अप्ठ्यारोमा परेका नागरिकलाई केही सहजता प्रदान गर्ने उद्देश्यले कोरोनाका कारण लकडाउन भएको समयमा ‘हाम्रो अभियान’ नामक संस्था खोलिएको संयोजक वासिम आलमले बताए । १८–४० वर्षसम्मका युवा मिलेर संस्था खोलेका थिए । संस्थामा २८ जना सदस्य छन् ।
संस्थामा आबद्ध भएकाहरू विभिन्न दलमा आस्था राख्ने भए पनि अभियानको काममा खट्दा पार्टीको झण्डा र ब्यानर प्रयोग गर्न प्रतिबन्ध नै लगाएका छन् । सडक पेटीमा बसेर मागी खानेहरूदेखि मजदुरहरूलाई पहिलो लहरको कोरोनाका समयमा १२० दिन खाना खुवाएका थिए । हाम्रो अभियानले लकडाउन शुरू भएको तेस्रो दिनदेखि खाना खुवाउन थालेको थियो । दैनिक लगभग ४५० जनालाई खाना खुवाइएको जनाइएको छ ।
भाइरसको संक्रमण नफैलियोस् भनेर मानिसहरूको हिँडडुल नियन्त्रण गर्न नेपालमा पनि बन्दाबन्दी (लकडाउन) गरिएको थियो । मानिसको भीडभाड हुने सबै क्षेत्र बन्द गर्ने क्रममा शिक्षण संस्थाहरू पनि बन्द भएका थिए । लकडाउन हुँदा कोठा भाडा गरेर बस्ने धेरै विद्यार्थीले न सामग्री किनमेल गर्न पाए, न न त घर नै जान पाए । छोराछोरी के खाँदै होलान् भन्ने चिन्ता बाउआमालाई थियो भने अर्कोतिर नखाई मरिने भयो भन्ने चिन्ता विद्यार्थीलाई पनि थियो ।
कोरोनाका कारण आर्थिक संकट समेत खेपेका विद्यार्थीका लागि हाम्रो अभियानले अभिभावकको भूमिका खेलेको थियो । हाम्रो अभियानले ‘विद्यार्थी अभियान’ नाम दिएर अप्ठ्यारोमा परेका विद्यार्थीलाई राहत स्वरूप खाद्यान्न सहयोग गरेको थियो ।
अभियानले विराटनगरमा बसेर विभिन्न कलेजमा पढ्ने विद्यार्थीलाई दाल, चामल, चिनी लगायतका खाद्यान्न सामग्री कोठाकोठामा पुर्याएको थियो । घर जान समस्या परेका ६२७ जना विद्यार्थीका लागि खाद्यान्न कोठाकोठामा पुर्याएको संयोजक आलमले बताए । अपाङ्गता भएका परिवार तथा विराटनगरका बाल तथा वृद्ध आश्रमलाई समेत सहयोग गरिएको थियो ।
विराटनगर हुँदै भारत लगायत अन्य देशमा जान नपाएका नागरिकलाई खान र बस्नको व्यवस्था गरिएको थियो । दोस्रो लकडाउनमा भने ५० दिन निःशुल्क खाना खुवाइएको थियो । पहिलो र दोस्रो चरणमै कृष्ण पाटी प्यालेसमा खाना पकाउने गरेका थिए । हाम्रा अभियानको कुरा सनेपछि कृष्ण पाटी प्यालेसका सञ्चालक रोशन खड्काले समेत निःशुल्क ठाउँको व्यवस्था गरेको थिए । अभियानले खाना पकाएर प्याक गरेर दिने गरेको थियो ।
अभियानले सामाजिक सञ्जाल फेसबूकको प्रयोग गरेर सहयोग जुटाउने गरेको छ । दाताहरूले गरेको सहयोगले धेरै जनाको भोक मात्रै टार्दैन, जाडोको समयमा विद्यार्थीलाई न्यानो कपडा समेत वितरण गरिन्छ । कोरोनाको समयमा मात्रै होइन, बाढीपहिरोदेखि गरीब दुःखीको आङमा न्यानो कपडा पनि अभियानले लगाइदिएको छ ।
गार्मेन्ट उद्योग, जुत्ताचप्पल उद्योग तथा घरमै प्रयोगमा नआएका तथा पुराना कपडाहरूलाई ल्याएर धोएर गरीब असहाय विपन्नलाई लगाइदिने गरिएको छ । ‘हप्तामा १ दिन अभियानमा लाग्ने सबै जना भेला भएर संकलन भएका लत्ताकपडा छान्ने गर्छौं,’ संयोजक आलमले भने, ‘प्रयोग गर्न मिल्ने कपडालाई धोएर सफा बनाएर दिन्छौं ।’
अभियानले नगद सहयोग भने वितरण गर्दैन । भोकालाई भोक मेटाउने मात्रै हाम्रो अभियानको उद्देश्य रहेको आलमले बताए । ‘नगद तथा चामल वितरण गर्दा दुरुपयोग हुने भएकाले खाना नै पकाएर दिने गरेका छौं,’ आलमले भने, ‘केही दिनअघि आएको अविरल वर्षासँगैको बाढीबाट विस्थापित बनेकाहरूलाई समेत खाना खुवाएका थियौं ।’
प्राकृतिक प्रकोपमा परेकाहरू भोकै बस्नु नपरोस् भनेर खाना खुवाउने गरेको अभियानमा लाग्ने युवाहरू बताउँछन् । विभिन्न कारणले खाना नपाएको थाहा पाउन साथ अभियानको टीम खाना लिएर पुग्ने गरेको छ । अभियानले दाताले गरेको सहयोगको हिसाब दातालाई नै बुझाउने गरेका छन् ।
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...