×

NMB BANK
NIC ASIA

न्यायालयमा समस्या

सर्वोच्चमा असहज स्थिति: कामु प्रन्याद्वारा फुलकोर्ट र वार्षिक समीक्षा बैठक बोलाउन अस्वीकार !

साउन १६, २०७९

NTC
Premier Steels

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सहकर्मी न्यायाधीशहरूको मागबमोजिम फुलकोर्ट र वार्षिक समीक्षा बैठक बोलाउन अस्वीकार गरेपछि सर्वोच्च अदालतमा असहज परिस्थिति उत्पन्न भएको छ ।

Muktinath Bank

कार्कीले हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखेको पत्र सार्वजनिक भएको तथा उच्च राजनीतिक नेतृत्वसँग भेटेको र केही बिचौलियामार्फत संवैधानिक नियुक्ति सौदाबाजी गर्न खोजेको भन्दै आलोचना हुन थालेपछि सर्वोच्चका न्यायाधीशहरूले शुक्रवार सामूहिक रूपमा भेटेर पूर्णबैठक 'फुलकोर्ट' बोलाउन आग्रह गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'न्यायाधीशहरूले कमन च्याम्बरमा उपस्थित भएर कामु प्रधानन्यायाधीशलाई पूर्णबैठक बोलाउन भन्नुभएको थियो, तर उहाँले बोलाउँदिनँ भन्नुभयो,'  सर्वोच्च स्रोतले लोकान्तरसँग भन्यो, 'पूर्णबैठक मात्र होइन, हरेक वर्षको साउन महिनामा बस्ने समीक्षा बैठक बोलाउन समेत उहाँले आनाकानी गर्नुभएको छ ।'


Advertisment
Nabil box
Kumari

प्रधान न्यायाधीश कार्कीले दुवै बैठक बोलाउन अस्विकार गरेपछि सर्वोच्च अदालतमा अत्यन्त असहज स्थिति उत्पन्न भएको छ । न्यायाधीशहरू अझै पनि कामु प्रधानन्यायाधीशको ठोस जवाफको प्रतीक्षामा छन् ।

Vianet communication

छलफलका क्रममा दुवै बैठक बोलाउँदिनँ भने पनि कार्कीले 'रियलाइज' गरेर बैठक बोलाउने हो कि भन्ने झिनो आशामा न्यायाधीशहरू देखिन्छन् ।

'अदालतभित्रका आन्तरिक समस्या समाधान गर्नुपर्छ । बाहिर चलेका हल्लाका विषयमा आन्तरिक बसेर नै समाधानका लागि पनि फुलकोर्ट बैठक बोलाउनुपर्छ भनेर हामी सबै न्यायाधीशहरूले एकसाथ आग्रह गरेका थियौं,' सर्वोच्च अदालतका एक न्यायाधीशले लोकान्तरसँग भने, 'तर उहाँले फुलकोर्ट बैठक बोलाउदिनँ भनेर भन्नुभयो । मलाई उपयुक्त समय लागेको अवस्थामा बोलाउँछु, तर अहिले बोलाउँदिनँ भन्ने जवाफ दिनुभयो ।'

उनले थपे, 'यत्रो आँधीबेहरीको अवस्थाबाट हामी बल्ल निस्किएका छौं । फेरि अहिले बाहिर अनेक हल्ला चलिरहेका छन्, त्यसकारण आन्तरिक बसेर नै सबै समस्या समाधान गरौँ भनेर हामीले फुलकोर्ट बैठक तथा वार्षिक समीक्षा बैठक बोलाउन आग्रह गरेका थियौं । अझै पनि उहाँले बैठक बोलाउनुहुन्छ कि भन्ने आशामा छौं  ।'

कार्कीले बिचौलिया पठाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसमक्ष संवैधानिक नियुक्तिको मुद्दामा सौदाबाजी गर्न खोजेको आरोप छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई राजीनामा गर्न लगाए संवैधानिक नियुक्तिको मुद्दामा नियुक्ति सदर गरिदिने भन्ने प्रस्ताव कार्कीले पठाएको आरोप लागेको छ ।

त्यसैगरी सर्वोच्च अदालतको भवन निर्माणको सन्दर्भमा भएको अनियमितताका विषयमा अख्तियारलाई निजी सचिवालयबाट पत्र पठाएको विषयमा पनि न्यायाधीशहरू असन्तुष्ट देखिएका छन्।

निलम्बित प्रधानन्यायाधीश राणाले राजीनामा गरे आफू कन्फर्म प्रधानन्यायाधीश बन्न पाउने उनको चाहना देखिन्छ । सके राणालाई राजीनामा गराएर जाने, नसके रिटायर्ड भएपछि राष्ट्रिय मानव अधिकार आयोगमा नियुक्तिका लागि माहोल बनाउने ध्याउन्नमा कार्की रहेको स्रोतको दाबी छ । त्यसैका लागि उच्च राजनीतिक नेतृत्वसमक्ष पनि कार्कीको नाम लिँदै बिचौलियाहरू पुगेको स्रोतले दाबी गर्‍यो ।

अख्तियार र उच्च राजनीतिक नेतृत्वमा उनको नाम लिएर पुगेका बिचौलियाहरू उनैले पठाएर गएका हुन् कि होइनन् भन्ने कुराको भने स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।


hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x