×

NMB BANK
NIC ASIA

गायन, अभिनय र उद्घोषणमा जमेकी मञ्जु, पच्छाउँदै छोरी स्नेहा

कात्तिक २०, २०७४

NTC
Premier Steels


तिमी लाइटर म भाको चुरोट

धुवाँसरी फैलेछ कुरो त

मञ्जु पौडेल अहिले लोक गीतको क्षेत्रमा जमेकी गायिका हुन् । गाउने मात्रै होइन् उद्घोषण र अभिनयमा पनि त्यत्तिकै दखल राख्छिन् । देशविदेशका धेरै कार्यक्रममा पौडेल भेटिन्छिन् । उनको ‘फ्यान फलोइङ’ पनि निकै राम्रो भइसकेको छ ।

तर धेरैलाई थाहा छैन एउटै गीतको कारणले पौडेलेको उचाई यसरी चुलियो जुन तुलना गर्नै सकिँदैन् । यादव लम्सालले लेखेको यो गीतलाई गायिका मञ्जु पौडेलले रामजी खाँडसँग मिलेर गाइन् ।

त्यही गीत उनका लागि ‘टर्निङ प्वाइन्ट’ बन्यो । यही गीतले आफ्नो उद्घोषिको परिचयबाट उनी गायिका पनि बनिन् । गायिका बनेपछि भने उनको दैनिकी अझ व्यस्त छ । त्यसमाथि पनि चल्तीका महिला कलाकारलाई तीज त झन् विशेष व्यस्तताको समय हुने भयो नै ।

उनका केही तीजका गीत यतिबेला युट्युबमा पनि सार्वजनिक भएका छन् ।

‘पहिलेको तीजमा यसपटक तीजले व्यस्तता बढाएको छ, पहिले आफ्ना गीत मात्र गाउँथे, अहिले अरु कलाकारका गीतमा पनि स्वर दिएकी छु ।’ पौडेल सुनाउँछिन्, ‘सकभर तीजको गीतमा मौलिकता रहोस् भनेर खुबै ख्याल गर्छु ।’

तीज भनेको तीज नै हो । त्यसो त गीतलाई तोडमोड गरेर फरक शैलीका गीत बजारमा ल्याएपनि तीजले आफ्नो पहिचान जोगाइराख्ने मञ्जु बताउँछिन् । त्यसो त समयसँगै तीजका गीतमै पनि केही परिवर्तन आएको मञ्जुको बुझाइ छ । अझै पनि मौलिक गीतको खोजी र जगेर्ना गर्ने एक समूहले तीजलाई मौलिक बनाउन खोजेका छन् ।
एकथरीले तीजका गीतमा मौलिकता हुनुपर्छ भन्न थालेका छन् भने अर्काथरीले गीतको ढाँचा नै परिवर्तन खोजेका छन् । तथापि मञ्जुका धेरै गीतमा भने मौलिकता पाइन्छ ।

यो वर्ष लोकगायक रामप्रसाद खनालसँग मिलेर ल्याएको तीज गीत ‘मेरा बुढा झर्के’ ले पनि युट्युबमा दर्शकको मन जितेको मञ्जु बताउँछिन् । उनी भन्छिन्, ‘यो गीत विशुद्ध मौलिक गीत हो ।’


त्यसो त स्रष्टाको अनुमतिविना पुराना गीतलाई जस्ताको तस्तै गाइने चलन पनि नेपाली संगीतमा प्रयोग हुँदै आएको छ । यसलाई भने मञ्जुले गलत रुपमा हेर्दै आएकी छिन् । भलै मौलिकता नहराउने गरी र पुराना कलाकारको मर्मअनुसारका गीत भने आफूले पनि गाइरहेको उनी स्वीकार्छिन् ।

‘मौलिक गीतको खोजी गरेर गीत गाइनुले तीजको वास्तविक रसलाई जोगाइराख्छ । अहिले हामीले गीतमा फरक स्वाद दिनुपर्छ,’ पौडेलले लोकान्तरसँगको कुराकानीमा भनिन्, ‘अहिलेको बजारलाई पनि ख्याल गर्नुपर्छ । हामी विस्तारै व्यवसायिक हुँदै गएका छौं ।’

अहिलेका केही गीतले भने तीजका गीतलाई समेत नकारात्मक असर पारेका मञ्जु बताउँछिन् । यसलाई विकृतिका मात्र नभएर उनले आफ्नो परिवर्तनको आवाजका रुपमा पनि लिने गर्छिन् । भन्छिन्, ‘तीजका गीतमा विकृति भित्रिएजस्तो लागेपनि विकृतिको आडमा संगीतको विकास पनि हुन सक्छ ।’

संगीतमा विकृति कसले ल्याएको छ त? मञ्जुको बुझाइमा युट्युबमा भिजिटर्स बढाउनका लागि संगीतमा लगानी गर्ने ‘लगानीकर्ता’ ले गीत बिगारेका हुन् । ‘मैले कसैलाई आरोप लगाउन खोजेकी होइन, तर गैर–व्यवसायिक कलाकारले पैसा कमाउनका लागि जस्तो पनि गीत बजारमा ल्याउने गरेका छन् ।’ पौडेल थप्छिन्, ‘उहाँहरु आफूलाई कलाकार त भन्नुहुन्छ तर उहाँहरु कलाकारभन्दा निर्माता बन्नुभएको छ ।’

‘धुवाँसरी फैलेछ चुरोट’ बाट एकाएक चर्चित बनेकी मञ्जु पौडेलको दैनिकी गीतसंगीत नै भएको छ । उनको धेरैजसो समय गीत संगीतमा बित्ने गरेको छ । उद्घोषिकाबाट कलाकार बनेकी मञ्जु आजभोलि भने फाट्टफुट्ट अभिनयमा समेत देखिन थालेकी छिन् ।

आफ्नी छोरी स्नेहालाई समेत मोडलिङमा ल्याएकी मञ्जुले छोरीको चाहनालाई सम्मान गरेको बताउँछिन् । भन्छिन्, ‘मैले त छोरी स्नेहाको रुचिलाई सम्बोधन गरिदिएकी मात्र हुँ ।’ मञ्जुले गाएको ‘तलतल लाग्यो मलाई..’ बोलको गीत मार्फत स्नेहाले माडलिङ शुरु गरेकी हुन् ।

‘छोरीले अभिनयमा रुचि देखाएकी छे, अहिले फिल्म मेकिङ पढ्दैछे ।’ छोरीलाई अभिनय क्षेत्रमा ल्याउनु पर्नाको कारणबारे उनले भनिन्, ‘मैले उसको रुचिलाई बुझ्न सकिन भने आमा हुनुको कुनै अर्थ छैन ।’

एउटी आमाले आफ्ना छोराछोरीको चाहनालाई सम्बोधन गर्नुपर्ने मञ्जुको तर्क छ । जबरजस्ती छोराछोरीलाई डाक्टर, इन्जिनियर बनाउन खोज्नु भनेको छोराछोरीकोे अमूल्य समय खर्च गरिदिनु मात्रै हो ।

छोरीको रुचि किन अभिनयमा देखियो होला त? मञ्जुको बुझाइमा आफ्नो वशांनुगत गुण छोरीमा पनि सरेको हो कि भन्ने लाग्छ । मञ्जु आफैलाई गीत गाउनुमा रुचि लाग्नुको कारण पनि आफ्नी आमाले सानैदेखि गीत गाउन रुचि देखाएर हो कि भन्ने लाग्छ ।

‘तीजको बेला आमाले पनि खुबै रुचिका साथ गीत गाउनुहुन्थ्यो, उहाँको त्यही गीत गाउने बानी ममा सरेको हो जस्तो लाग्छ ।’ उनले हाँस्दै सुनाउँछिन्, ‘अहिले पनि आमाले गाउँतिर तीजका गीत गाउन उस्तै रुचि देखाउनुहुन्छ ।’

धुवाँसरी...गीत गाएपछि मञ्जुलाई पछाडि फर्केर हेर्नुपरेको छैन । तीजको बेलामा त यिनको व्यस्तता बढ्छ नै । अरु बेला पनि मञ्जु गीतसंगीतमा नै व्यस्त हुन्छिन् । ‘चुरोट लाइटर गीतमा रसिक छ, साहित्य छ, र ग्लामर्स पनि छ, त्यसैले चर्चित भएको हुनुपर्छ,’ पौडेल थप्छिन्, ‘छोरीले गरेको मोडलिङको पनि चर्चा भएको थियो ।’
यसैको प्रतिक्रियाले छोरीलाई फिल्म मेकिङमा रुचि बढाएको हुनुपर्छ ।

फिल्ममा रुचि छोरीको मात्र छैन । मञ्जुलाई पनि आजभोलि फिल्ममा अभिनय गर्ने मुड चलेको हुन्छ । पहिले विभिन्न सिनेमाबाट अभिनयको प्रस्ताव आएपनि त्यतिबेला भने अभिनयका लागि आत्मबल जुटाउन सकिनन् । अहिले उनलाई अभिनय गर्न सक्छु भन्ने लागेको छ । चलचित्र ‘बाबु कान्छा’ र ‘पोखराकी कान्छी’ मा उनको सानो भूमिका देख्न सकिनेछ । ‘उद्घोषण, गायन र अभिनय एकैसाथ लैजान सकिँदैन कि भन्ने लाग्थ्यो । अहिले यी तिनै एकअर्काका परिपूरक हुन् झैं लाग्छ ।’, उनी सुनाउँछिन् ।

गुल्मी जिल्लाको साविकको बम्घा गाविस (हाल रुरु गाउँपालिका)मा जन्मे हुर्केकी मञ्जु अहिले भने काठमाडौंको बालुवाटारमा बसोबास गर्दै आएकी छिन् । गीत गाएर नै उनलाई अहिले आफू बस्न पुगिरहेको छ । व्यस्तताले गर्दा नेपालमा तीज नमनाएको पनि धेरै भएको मञ्जु बताउँछिन् । ‘यो पटक पनि तीजको दिन नै जापानको ओसाकातिर लाग्नुपर्ने छ ।, नेपालमा तीज नमनाएको धेरै भइसक्यो ।’

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x