×

NMB BANK
NIC ASIA

मदन पुरस्कार पाएको खबरपछि नवराज लम्सालमा उत्पन्न त्यो उकुसमुकुस

भदौ १२, २०७९

NTC
Premier Steels

 “एकछिन त मौन रहेँ । यो खबर पहिलो पटक कसलाई सुनाऔँ भन्ने भयो । दायाँबायाँ हेरेँ तर घरमा म एक्लै थिएँ...।” जीवनका गल्छेडाहरुका सुःख दुःखका साथी जीवनसँगिनी सङ्गीता शनिबार दिउँसो नातिनीलाई लिएर नैकाप बजारतिर निस्किएकाले त्यो खुसीको क्षण केहीबेर महाकाव्यकार डा नवराज लम्साल वरिपरि मात्रै नाचिरह्यो । उकुसमुकसको अनुभवबीच ढोकाबाट बाहिरतिर हेर्दा श्रीमती सङ्गीता नातिनीका लागि किनिदिएको जुत्ता हातमा बोकेर आउँदै गरेको देखेपछि कवि नवराजले ‘अलि छिटो आऊ न...’ भन्न नपाउँदै श्रीमती सङ्गीताको जवाफ आयो, “किन र बूढा ?, मदन पुरस्कार जित्यौ कि क्या हो ?”

Muktinath Bank

छिमेकी जिल्ला धादिङबाट काठमाडौँ छिरेको ३८ वर्षपछि साहित्यिक जीवनमा सबैभन्दा ठूलो खुसी र उपलब्धिको खबर सुनेपछिको पहिलो अनुभूति आइतबार सुनाउँदै थिए–प्रसारण पत्रकारिताका लोकप्रिय प्रतिभा डा लम्साल । उनलाई ‘अग्नि’ महाकाव्यले यसपटक मदन पुरस्कार के पाउला र ? भन्ने नलागेको होइन । यसअघिका दुई महाकाव्य ‘कर्ण’ र ‘धरा’ ले पाउने आश गरिए पनि पाउन नसकेकाले यसपटक त्यस पुरस्कारतर्फ कवि लम्सालको त्यति ध्यान थिएन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मदन  पुरस्कार गुठीले उत्कृष्ट आठभित्र पारेपछि यसपटक ‘अग्नि’ ले बाजी मार्ने अनुमान धेरैले गरेका थिए तर अन्तिम घोषणा हुनुअघि कवि लम्साललाई प्रसूति गृहभित्र लगिएको गर्भवतीको जस्तो अनुभव भएको थियो । विजयी घोषणा हुनुपूर्वको समय प्रसूति गृहभित्र बच्चा जन्मिएर च्याँ गर्दा बाहिर कुरिरहनेलाई छोरा या छोरी के होला ? त्योे शिशु कस्तो होला भन्ने कुतूहल भए जस्तै लागेको थियो कवि लम्साललाई । 


Advertisment
Nabil box
Kumari

बीस वर्षसम्म त्यही महाकाव्यमा हरफहरु मुसारेर निखार गरिएको ‘अग्नि’ मा सीमान्तकृत वर्ग–समुदायका पीडा र भोगाइका गहन विषयवस्तु समेटिएका छन् । त्यही महाकाव्यले अहिले साहित्यिक बजार पिट्न थालेको छ । हालसम्म उक्त कृति पाँच हजार प्रति बिक्री भइसकेको छ । मुलुकको राजनीति र इतिहासकालदेखि पछाडि पारिएका पात्र र प्रवृत्तिहरुलाई अनुसन्धानका आधारमा ग्रामीण लोकलयमा काव्यमा उतारिएको ‘अग्नि’ मा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह, सेन राजा, मकवानपुर र जेठी तरबारको समेत उल्लेख हुनुले यसले ऐतिहासिकता झल्काएको छ । बुकहिल प्रकाशनले बजारमा ल्याएको ४२ सर्गयुक्त महाकाव्यमा समाजमा सांस्कृतिक शोषणमा परेका पात्रका आवाजलाई सुललित शैलीमा उतारिएको छ । 

Vianet communication

यस वर्ष साहित्यिक क्षेत्रमा तीन सय १० पुष्ठको उक्त ‘अग्नि’ महाकाव्यलाई पुरस्कृत गर्ने लहर नै चलेको छ । मदन पुरस्कार गुठीले घोषणा गर्नुअघि यस कृति सुदूरपश्चिम साहित्य समाज, सर्लाहीको लालबन्दी नगर वाङ्मय परिषद्बाट उत्कृष्ट ठहरसहित पुरस्कार घोषित भइसकेको थियो भने पद्यश्री पुरस्कार पनि पाइसकेको थियो । 

साहित्यिक क्षेत्रको प्रतिष्ठित मानिने मदन पुरस्कार पाउने निश्चयपछि कवि लम्साललाई मनभरिको खुसीसँगै जिम्मेवारीबोधले थिच्न थालेको छ । सस्ता र रुमानी विषय नलेखी नेपाली माटोको इतिहास, भूगोल, संस्कृतिमा टेकेर समय, समाज र संवेदनालाई साहित्यमा लेख्ने स्रष्टा नवराजका कलमले समाजमा रोग, भोक, शोक र गरिबीका बीच प्रेमिल विषयहरु लेख्न मान्दैन । 

रेडियो नेपालका कार्यक्रम महाशाखाका निर्देशक डा नवराज केही वर्षअघिसम्म रातमा जम्मा दुई घण्टा मात्रै निदाएर आँखाको थकान मेटाउने गर्थे । रेडियोको सेवाका साथै साहित्यिक लेखन, लेखनका लागि समाज र विषयवस्तुको अध्ययन, बिबिसी नेपाली सेवाका पहिलो कला संवाददाता आदि जिम्मेवारी एकै पटक सम्हाल्नु एउटा महाकाव्यकारका लागि कति सहज होला ? तर नवराजले ती दिनहरु पार गरिसकेकाले अब श्रोता र पाठकको माया र प्रतिक्रियामा खुसीका क्षणहरु बिताउन थालेका छन् ।

हालसम्म ३५० गीतहरु रेकर्ड गरिसकेका नवराज रेडियोमा ‘मधुवन’ कार्यक्रमका माध्यमबाट निकै लोकप्रिय छन् । प्रत्येक हप्ता एक घण्टाको साहित्यिक कार्यक्रम ‘मधुवन’ रेडियो नेपालबाट २०५४ सालदेखि निरन्तर सञ्चालन भएको छ । लम्साल धादिङको नीलकण्ठ नगरपालिका–११ मा पिता टङ्कप्रसाद र आमा हेमकुमारीको कोखबाट विसं २०२६ साउन ८ गते जन्मिएका हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कविता महोत्सव २०५९ मा प्रथम भएका कवि लम्सालले  विसं २०४१ अरुणोदय पत्रिकामा ‘बन्दना’ शीर्षकबाट काव्ययात्राको थालनी गरेका थिए । 

हाल चन्द्रागिरि नगरपालिका–१५ स्थित शब्दशिविरमा बस्दै आएका  लम्सालले लोकगीत विषयमा विद्यावारिधि गरेका छन्। उनका ‘पाइलैपिच्छे सगरमाथा’     (कवितासङ्ह, २०६१), ‘आगो छोपेर कतिन्जेल’ (कविता सङ्ग्रह, २०६२), ‘धुनभित्र धुनबाहिर’ (गीतिसङ्ग्रह, २०६२),  ‘कर्ण’ (महाकाव्य, २०६६), ‘उडूँ उडूँ लाग्छ !’     (बालगीत सङ्ग्रह, २०७२), ‘धरा’ (महाकाव्य, २०७३), ‘क्रमशः एक्लै एक्लै’  (कविता सङ्ह २०७४) प्रकाशित भइसकेका छन् । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x