×

NMB BANK
NIC ASIA

स-साना त्रुटि भएपनि हेर्नलायक छ ‘प्रेमगीत २’

कात्तिक २०, २०७४

NTC
Premier Steels

कुनै पनि चलचित्र उत्कृष्ट बन्नका लागि यसका विविध तत्त्व उत्तिकै प्रभावकारी हुनुपर्छ । चलचित्रमा राम्रा पक्ष हावी रहेमा दर्शकले स–साना त्रुटिलाई खासै महत्त्व दिँदैनन् । त्यसैपनि नेपाली चलचित्र त्रुटिरहित हुन्छ भन्ने कुरालाई दर्शकले पत्याउन छोडिसकेका छन् । ‘प्रेमगीत २’ पनि यस्तै स–साना त्रुटि बोकेको एउटा आशालाग्दो चलचित्र हो ।

म्यानमार, थाइल्यान्ड, रारा, पोखरा लगायतका स्थानमा छायांकन गरिएको चलचित्र ‘प्रेमगीत २’ ले कथालाई पछ्याउने दर्शकलाई विभिन्न रमणीय स्थानमा घुमाइरहन्छ ।

चलचित्रको कथा सामान्य छ । म्यानमार (बर्मा) मा बस्ने नेपालीभाषी युवती गीत (अश्लेषा ठकुरी) त्यहाँ आफ्नो पढाइ पूरा गरेपछि परिवारको असहमतिमै नेपाल घुम्न आउँछे । गीतले परिवारलाई छोडेको पत्र हेरेर उसको परिवारले नेपालका आफ्नो बिजनेस पार्टनरलाई गीतलाई नेपाल घुमाइदिन भन्छ ।

यही दौरानमा गीतको भेट आफ्नो काकाको साथीको छोरा प्रेम (प्रदीप खड्का) सँग हुन्छ । आमाले फुर्क्याउँदैमा फुरुक्क हुने प्रेमलाई नेपालका विभिन्न ठाउँमा घुमाइदिने बाध्यता आइपर्छ । आफूलाई समेत थाहा नभएका आफ्नै देशका विभिन्न स्थानमा प्रेमले गीतलाई घुमाउँछ ।

यही घुमघामले नजिक बनाएको प्रेम र गीतको परिचय कसरी मायामा बदलिन्छ र त्यसपछि के हुन्छ भन्ने बुझ्नका लागि फिल्म नै हेर्नुपर्ने हुन्छ ।

प्रेमकथा रुचाउने दर्शकका लागि ‘प्रेमगीत २’ राम्रै खुराक बन्न सक्छ । सिनेमाटोग्राफीले फिल्मलाई आकर्षक बनाएको छ । फिल्मकै माध्यमबाट राराको मनमोहक दृश्य, थाइल्यान्डका आकर्षक गन्तव्य र लुम्बिनीका रमणीय स्थलहरूको आनन्द दर्शकले उठाउन पाउँछन् ।

चलचित्रमा प्रदीप खड्का आकर्षणका केन्द्र बनेका छन् । उनको अभिनयले दर्शकमा एक प्रकारको ‘इमोसन’ जगाइराख्छ । म्यानमारकी युवतीको भूमिकामा अश्लेषा ठकुरी सुहाएकी छन् । तर उनको अभिनय कच्चा भने लाग्छ ।

त्यसो त निर्देशकले अश्लेषाको भूमिका र पात्रको चरित्रलाई त्यसरी नै विकास गर्न खोजेका हुन सक्छन् । तर उनको अभिनयले दर्शकको चित्त बुझाउन सक्दैन । फिल्मको दोस्रो भागमा आइपुग्दा भने उनको अभिनय केही सुधारिएको छ । अभिनयमा केही असहज देखिएपनि दर्शकले गीत अर्थात् अश्लेषालाई म्यानमारबाटै आएकी युवती सम्झिन्छन् । यस अर्थमा निर्देशक रामशरण पाठकले पात्रको चरित्रलाई ख्याल गरेका छन् ।

निर्माता हुँदै अभिनयमा  खलनायक डेब्यु गरेका सन्तोष सेनले आफ्नो भूमिकालाई न्याय गरेका छन् । फिल्मका अन्य कलाकारको अभिनय पनि पात्रअनुसार फिट लाग्छ ।

फिल्मको कथानक र संवादले दर्शकलाई जुरुकजुरुक नबनाएपनि दिक्क भने लगाउँदैन । केही संवाद क्याची छन् । अरु सबै आैसत लाग्छ । कथाको घटनाक्रम फितलो छ । अश्लेषाले प्रयोग गर्ने थेगो ‘ए बोजु’ र अतिथि भूमिकामा देखिएका राजाराम पौडेलले प्रयोग गरेको थेगो ‘कुरो बुझियो’ दर्शकलाई आकर्षक लाग्छन् ।

चलचित्रको सिनेमाटोग्राफी र पार्श्व ध्वनिले फिल्मलाई जोगाएको छ । फिल्ममा देखिने विभिन्न दृश्य र क्यामेराका ‘वाइड शट’ ले फिल्मलाई बरु हेर्नलायक बनाएको छ । फिल्मको गीत संगीतले ठीकै छ ।

तर चलचित्रका केही पक्ष भने दर्शकलाई भारी लाग्छ । अश्लेषा ठकुरीको अभिनय र हाउभाउ घरीघरी नसुहाउँदो लाग्छ । बुद्ध लुम्बिनीमा जन्मिएका हुन् भन्दा अश्लेषाले देखाउने प्रतिक्रिया अस्वाभाविक लाग्छ । त्यस्तै फेसबूकमा एड गर्नका लागि गरिरहने आग्रह पनि त्यति जरूरी देखिँदैन किनकि त्यतिबेलासम्म प्रेम गीतको साथी बन्न चाहिसकेको छ ।

चलचित्रको अन्त्य नाटकीय बनाउन खोजिएको कि वास्तविक बनाउन खोजिएको भन्नेमा दर्शक आफैं अलमल पर्छन् । युवतीसँग टाढिन मात्र खोज्ने युवा कसरी एकैछिनमा गीतको प्रेममा पर्छ ? निर्देशकले पात्रको दोहोरो चरित्रलाई धमिलो छोडिदिएका छन् । पूरै घटनाक्रममा प्रेम र गीतको प्रेम हुनका लागि चित्तबुझ्दो प्रेम प्रसंगको जरुरी थियो जुन फिल्ममा भेटिदैन । कथावस्तुले कथाशक्ति गुमाएको छ ।

कमजोरी प्रशस्तै छन् फिल्ममा ।

प्रेमकथा रुचाउने दर्शकका लागि फिल्म मन पर्न सक्छ । फिल्ममा हिरोले आफ्नो प्रेमप्राप्तिका लागि गुण्डालाई ढलाउँदैन । भलै फिल्म हेरिसक्दा दर्शकले कलाकारप्रति सम्मान भने राख्छन् । सिनेमाले मनोरञ्जनको प्याकेजमार्फत दर्शकलाई राष्ट्रियताको उठान गर्न खोजेको छ । फिल्ममा कमजोरी प्रसस्तै भएपनि हेर्नलायक भने छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x