×

NMB BANK
NIC ASIA

सरकार त्रिभुवन विश्वविद्यालयको समस्या समाधन गर्न गम्भीर भएनः सांसद गिरी

भदौ १७, २०७९

NTC
Premier Steels

नेकपा (एमाले)का सांसद पदम गिरीले प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल त्रिभुवन विश्वविद्यालयको समस्या समाधान गर्न नलागेको आरोप लगाएका छन् । शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले विश्वविद्यालय अझै पनि बन्द अवस्थामा रहेको बताए । 

Muktinath Bank

नेपाल विद्यार्थी संघले भिसीको कार्यालयमा गएर तोडफोड गर्ने तथा त्रिवि कार्यकारी समिति बैठकको कागजात खोस्नेलगायतका कामहरू गरिरहेको भन्दै उनले दोषी उपर मुद्दा दर्तासमेत हुन नसकेको बताए । सांसद गिरीले विश्वविद्यालयको समस्या समाधानका लागि सभामुखले गरेको रुलिङअनुसार काम नभएको भन्दै आपत्ति जनाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले प्रधानमन्त्री र शिक्षामन्त्री विश्वविद्यालय खुलाउनतर्फ नलागेको आरोप लगाए । उनले प्रधानमन्त्री र शिक्षामन्त्रीलाई विश्वविद्यालय बन्द गराएर देशलाई कहाँ पु¥याउन खोजिएको हो भन्दै प्रश्नसमेत गरे । उनले विश्वविद्यालयको समस्या समाधानका लागि सभामुखलाई पुनः रुलिङ गर्न अनुरोध गरे । 


Advertisment
Nabil box
Kumari

‘आज सम्पूर्ण त्रिभुवन विश्वविद्यालयका पदाधिकारी असुरक्षित छन् । फोन अफ गरेका छन् । घरमा सुत्न नसक्ने अवस्था भयो डरले । छिमेकीकोमा गएर सुत्नुपर्ने अवस्था आएको छ । यस्तो दूरावस्था विश्वविद्यालयभित्र छ’, उनले भने, ‘सरकारका प्रमुख प्रधानमन्त्री त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाज्यू, सहकुलपति शिक्षामन्त्रीज्यू उहाँहरू आज विश्वविद्यालय खुलाउनतर्फ लाग्नुभएको छैन । बरु स्वयं सुरक्षा दिनुपर्ने निकायका गृहमन्त्रीज्यू आज त्यही प्रहरी प्रशासन नेविसंघले लगाएको ताला हेरेर बसिरहेको छ । यसतर्फ फेरि म ध्यानाकर्षण गराउन चाहन्छु । प्रधानमन्त्री, शिक्षामन्त्री नै स्वयं विश्वविद्यालयलाई बन्द बनाएर यो मुलुक कसरी सञ्चालन गर्न खोज्नुभएको हो ? विश्वविद्यालयलाई बन्द बनाएर यो देशलाई कहाँ पु¥याउन खोज्नुभएको हो ? यो धेरै गम्भिर विषय छ । यसतर्फ पुनः रुलिङ होस् ।’

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x