×

एक व्यापारीलाई नियन्त्रणमा लिई ३० लाख रुपैयाँ लुटेको अभियोगमा ३ जना पक्राउ

भदौ ३०, २०७९

एक व्यापारीलाई नियन्त्रणमा लिई ३० लाख रुपैयाँभन्दा बढी रकम लुटपाट गरेको अभियोगमा ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको ठमेलमा सञ्चालित ओरियण्टल मनी एक्सचेन्जका सञ्चालकलाई नियन्त्रणमा लिई उनको साथमा रहेको ३० लाख २३ हजार २०८ रुपैयाँ लुटेको अभियोगमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

प्रहरीका अनुसार पक्राउ पर्नेमा योगेन्द्र तामाङ, मीनबहादुर तितुङ र देव लामा रहेका छन् । भदौ २२ गते ती व्यापारीलाई पसल बन्द गरी कोठा जाने क्रममा म्हैपी पानीट्यांकीनजिकै पुग्दा ३ वटा मोटरसाइकलमा आएका ५ जना अपरिचित व्यक्तिहरूले जबरजस्ती मोटरसाइकलमा राखी डल्लुमा पुर्‍याई लुटपाट गरेका थिए । उनीहरूले आफूहरू प्रहरी भएको भन्दै ती व्यापारीलाई नियन्त्रणमा लिएका थिए ।  


Advertisment

उनीहरूले ती व्यापारीलाई म्हैपी, सोह्रखुट्टे, खुसिबु हुँदै शोभा भगवतीको पुलमुनिबाट डल्लु पुर्‍याई उनलाई हातपात गर्नुका साथै उनीसँग भएको नगद, आईफोन, लाइसेन्स र ब्लु बुकसमेत रहेको झोला लुटी फरार भएका थिए । 


Advertisment

प्रहरीले उक्त घटनामा प्रयोग गरिएको मोटरसाइकललाई आधार बनाएर अनुसन्धान थालेको थियो । त्यसक्रममा उक्त मोटरसाइकलसहित कपनबाट घटनामा संलग्न ३ जनालाई बुधवार पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

घटनामा संलग्न अन्य दुई जना फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 
 

जेठ १३, २०८१

जिल्ला प्रहरी परिसर ललितपुरको महिला सेलमा सानेपाकी विपना तामाङ (नाम परिवर्तन) उजुरी लिएर पुगिन् । श्रीमान ९ दिन भयो घर आएका छैनन्, तर फोन सम्पर्कमा छन् ।  एक महिनाअघि सेलमा निवेदन लिएर पुगेकी विपनाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

जेठ ५, २०८१

काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन)&nb...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x