×

NIC ASIA

अनुसन्धान गर्ने निकायहरूलाई आयोगको आग्रह : अयोग्य व्यक्ति उम्मेदवार बनेको थाहा भएमा जानकारी दिनुहोला

असोज २१, २०७९

Prabhu Bank
NTC
Premier Steels
Marvel

निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा मनोनयन दर्ता गरेका व्यक्तिहरूमाथि उजुरी दर्ता भएको वा अनुसन्धानका क्रममा रहेको भए जानकारी गराउन आग्रह गरेको छ । आयोगले कुनै कानूनअनुसार अयोग्य व्यक्तिले उम्मेदवारी दिन लागेको थाहा भएमा जानकारी गराउन नेपाल सरकारअन्तर्गतका अनुसन्धान गर्ने निकायहरूलाई जानकारी दिन आग्रह गरेको हो । 

आफूसँग एकीकृत किसिमको डाटा प्रणाली नरहेको भन्दै आयोगले निर्वाचनमा अयोग्य व्यक्तिको उम्मेदवारी नपरोस् भन्ने मनशायले यस्तो आग्रह गरिएको प्रष्ट पारेको छ । शुक्रवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले अयोग्य व्यक्तिको उम्मेदवारी परेको खण्डमा समयमा नै निर्वाचन आयोग वा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराउन आग्रह गरे । उनले नेपाल प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरणलगायतका निकायहरूले उम्मेदवारी दिएका व्यक्तिविरुद्ध मुद्दा परेर अनुसन्धान भइरहेको बारेमा जानकारी गराए आयोगले सक्रिय रुपमा त्यसको छानबिन गरी अयोग्य ठहरिएमा कानूनतः कारबाही गर्ने प्रष्ट पारे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नेपालमा अनुसन्धान गर्ने निकायहरू भनेको नेपाल प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरणलगायत विभिन्न निकायहरू छन् । अनुसन्धान गर्दैगर्दा एकीकृत किसिमको डाटा प्रणाली अर्थात अनुसन्धान गर्दै गरेको कुनै व्यक्तिको बारेमा उम्मेदवारी भयो भने त्यो आयोगको सिस्टमले क्याच गर्नसक्ने वा त्यो मान्छेविरुद्ध उजुरी परेको छ, अनुसन्धान हुँदैछ भनेर सिस्टमले बुझ्ने संयन्त्र छैन । यसको लागि सबै निकायहरूले कुनै पनि अयोग्य व्यक्तिको उम्मेदवारी पर्‍यो भने उम्मेदवारी परिसकेपछि २३ गते नै जसको उम्मेदवारी पर्छ, त्यही दिन बेलुका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले उम्मेदवारी पर्नेहरूको नामावली सार्वजनिक गर्नुहुन्छ । प्रकाशित नामावली आयोगको वेबसाइट र निर्वाचन अधिकृतको वेबसाइटमा गएर पनि हेर्न सकिन्छ’, उपन्यायधिवक्ता वाग्लेले भने, ‘त्यतिबेला तत्तत् निकायले उहाँहरूले अनुसन्धान गरिरहेको अथवा मुद्दा दायर गरिसकेको कुनै व्यक्तिको उम्मेदवारी परेको छ भने ती निकायहरू पनि सक्रिय भएर समयमा नै निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराउनु भयो भने आयोगले सक्रियताका साथ त्यस्ता किसिमका मनोनयन पत्र सक्रिय रुपमा जाँचबुझ गरेर छानबिन गरेर यथेष्ट कारबाही गर्छ ।’


Advertisment
Rupse Holidays
Nabil box

वाग्लेले प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएको कुनैपनि व्यक्ति अयोग्य छ भने त्यही पदमा उम्मेदवारी दिने अर्को व्यक्तिले यथेष्ट प्रमाणसहित उजुरी दिएपछि उजुरी सत्य ठहरिए उम्मेदवारी बदर हुने बताए ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x