×

NMB BANK
NIC ASIA

पौडीमा राष्ट्रिय रेकर्ड नै रेकर्ड, १३ कीर्तिमान भंग

असोज ३१, २०७९

NTC
Premier Steels

नवौं राष्ट्रिय खेलकुद अन्तरगत सोमबार भएको पौडी प्रतियोगितामा दिन ७ राष्ट्रिय कीर्तिमान कायम भएका छन् । यस्तै पूर्व कीर्तिमानलाई तोड्ने क्रममा आज १३ कीर्तिमान भंग भएका छन् ।
४०० मिटर पुरुष फ्रिस्टायलमा ४ कीर्तिमान, १०० मिटर बटरफ्लाईमा ३, महिल १०० मिटर बटफ्लाईमा १, पुरुष २०० मिटर ब्रेष्टस्ट्रोकमा २, महिला २०० मिटर ब्रेष्टस्ट्रोकमा १, पुरुष ५० मिटर ब्याकस्ट्रोकमा १ र ४०० मिटर फ्रिस्टायल रिलेमा १ कीर्तिमान भंग भएका छन् ।

Muktinath Bank

४०० मिटिर पुरुष फ्रिस्टायलमा नासिर याह्या हुसेनको नाममा १३ औं सागमा रहेको ४ मिनट ३३.०५ सेकेन्डमा समयलाई आज चार खेलाडीले उछिनेका छन् । सेनाका नासिरले ४ मिनट ८.६४ सेकेन्ड समयका साथ आफ्नो रेकर्डमा सुधार गर्दै स्वर्ण जिते । यस्तै रजत पदक जितेका एनआरएनका आशिष सापकोटाले पनि नासिरको पूर्व रेकर्डलाई उछिन्दै ४ मिनट २२.४५ सेकेन्डको समयमा दूरी पार गरे । तेश्रो स्थानमा रहेका बागमतीका ईरभिन श्रेष्ठले पनि नासिरको पूर्व रेकर्डलाई उछिन्दै ४ मिनट २५.७४ सेकेन्ड समयका साथ कास्य जिते । चौथो स्थानमा रहेका बागमतीका सेरेन सिंहले पनि नासिरको पूर्व कीर्तिमान लाई उछिने । उनले ४ मिनट २५.९२ सेकेन्ड समयमा दुरी पार गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिरौटास्थित फिसटेल एकेडेमीमा भएको प्रतियोगिताको १०० मिटर बटरफ्लाईमा अनुभव सुब्बाले २५ औं खुला राष्ट्रिय पौडी च्याम्पियनसिपमा राखेको ५९.७७ सेकेन्डको समयलाई भंग गर्दै सेनाका नासिर हुसेनले ५७.८६ सेकेन्डको नयाँ कीर्तिमान सहित स्वर्ण जिते । दोश्रो स्थानमा रहेको एनआरएनका आशिष सापकोटाले पनि पूर्व कीर्तिमानलाई उछिन्दै ५९.६८ सेकेन्ड समयका साथ रजत प्राप्त गरे । यस्तै तेश्रो स्थानमा रहेका अनुभव सुब्बाले कास्य पदक प्राप्त गर्ने क्रममा आफ्नो पुर्व समयलाई सुधार गर्दै ५९.७३ सेकेन्ड समयमा दूरी पुरा गरे ।


Advertisment
Nabil box
Kumari

महिला १०० मिटर बटरफ्लाईमा एनआरएनकी एश्ले सापकोटा डङ्गोलले गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुदमा कायम गरेको १ मिनट ९.९७ सेकेन्ड समयलाई भंग गर्दै १ मिनट ७.७४ सेकेन्ड समयका साथ स्वर्णमा आफ्नो नाम लेखाईन् । नेपाल पुलिसकी मेगन गुरुङ्गले रजत र बागमतीकी रोशा न्यौपानेले कास्य जितिन् ।

Vianet communication

पुरुष २०० मिटर ब्रेष्टस्ट्रोक तर्फ एनआरएनका आशिष सापकोटाले २ मिनट २९.६० सेकेन्डको नयाँ कीर्तिमा कायम गर्दै स्वर्ण जिते । यस विधामा यस अघि सुभम श्रेष्ठको नाममा २ मिनट ३१.१५ सेकेन्ड समयको कीर्तिमान कायम थियो । दोश्रो स्थानमा रहेका प्रदेश १ का विकास कुमालले पनि पूर्व रेकर्डलाई उछिन्दै २ मिनट ३०.७६ सेकेन्ड समयमा साथ रजत पाए । बागमतीका सेरेन सिंहले कास्य पाए ।

महिला तर्फको यसै विधामा सेनाकी डुवाना लामाले २ मिनट ४३.२३ सेकेन्ड समयको नयाँ राष्ट्रिय रेकर्ड सहित स्वर्ण प्राप्त गरिन् । उनले आजै विहान हिट चरणमा आफ्नै नाममा रहेको २ मिनट ४४.६८ सेकेन्डको समयमा आफ्नै नाममा १३ औं सागमा राखेको कीर्तिमानलाई भंग गर्दै १ मिनट ४४.२८ नयाँ रेकर्ड राखेकी थिइन् । सेनाकी उपास्ती महर्जनले रजत र पुलिसकी अदिप्सा बैद्यले कास्य पदक पाए ।

पुरुषको ५० मिटर ब्याकस्ट्रोकमा सेनाका एलेक्जेण्डर शाहले २७.४६ सेकेन्डको नयाँ समयका साथ स्वर्ण हात पारे । उनले आजै विहान भएको हिट चरणमा आफुलेनै १३ औं सागमा राखेको २८.०३ सेकेन्डको समयमा सुधार गर्दै २७.५४ को नयाँ समयमा दुरी पुरा गरेका थिए । एपिएफका तेन्जिङ्ग नामदोल रायन गुरुङ्गले रजत र सेनाका अनुभव सुब्बाले कास्य पदक पाए ।

सोही विधाको महिला तर्फ ओलम्पियन गौरिका सिंहले स्वर्ण जितिन् । सेनाको टिमबाट खेलेकी उनले ३०.८० समयका साथ दुरी पुरा गर्दै स्वर्ण जितेकी हुन् ।
पुरुष ४०० मिटर फ्रिस्टायल रिलेमा पनि आज राष्ट्रिय रेकर्ड तोडिएको छ । सेनाका अनुभव सुब्बा, दिलिप थापा मगर, नासिर याह्या हुसेन र एलेक्सजेण्डर शाहको समूहले ३ मिनट ४५.५१ सेकेन्ड नयाँ समयको कीर्तिमान सहित स्वर्ण जिते ।

दोश्रो स्थानमा रहेको नेपाल पुलिसले पनि ३ मिनट ४६.३७ सेकेन्ड समयका साथ रजत जिते । एपिएफले कास्य पदक पायो । १३ औं सागमा एलेक्सजेण्डर शाह, अनुभव सुब्बा, सैयद हेम्जा शाह र तेन्जिन नामडोल रायन गुरुङ्गले कायम गरेको ३ मिनट ४६.९७ सेकेन्डको रेकर्डलाई विहान हिट चरणमा पुलिसका गौरव लामा, दिपंकर अवाले, सानीसंकर बहादुर रघुराजबंशी र सुविज्ञमाान तुलाधरको जोडीले ३ मिनट ४६.८३ सेकेन्ड सयममा दुरी पार गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x