×

NMB BANK
NIC ASIA

मुलुकको स्थिरताका लागि गठबन्धनलाई विजयी गराउनुपर्छ : मन्त्री भुसाल

कात्तिक ५, २०७९

NTC
Premier Steels

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उपलब्ध स्रोत र साधनलाई  सदुपयोग गर्दै ललितपुरलाई समृद्ध बनाइने बताएकी छन् । ललितपुर महानगरपालिका १४ नं वडामा स्थापना गरिएको सत्ता गठबन्धनका तर्फबाट निर्वाचन प्रचार–प्रसार कार्यालय शनिवार उद्घाटन गर्दै उनले ललितपुरको कला, सम्पदा र संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्नेमा जोड दिइन् । 

Muktinath Bank

‘ललितपुरको कला र संस्कृतिको विकास तथा पर्यटन प्रवद्र्धन गर्दै आर्थिक समृद्धि हासिल गर्नुपर्छ’, मन्त्री भुसालले भनिन्, ‘पर्यावरण संरक्षण गर्दै स्वच्छ वातावरण प्रवद्र्धन गर्नुपर्छ, पछाडि परेका महिला, आदिवासी जनजाति तथा बालबालिकालाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्छ, तबमात्र समृद्धि हासिल हुन्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ललितपुर क्षेत्र नं ३ का उम्मेदवारसमेत रहेकी उनले भनिन्, ‘हरेक घरघरमा अर्ध बेरोजगारको अवस्था छ, स्रोत साधन र सम्पदालाई एकै ठाउँमा राखेर मुलुकलाई सम्पन्न बनाउनुपर्छ, बेरोजगारको समस्या समाधान गर्नुपर्छ ।’ 


Advertisment
Nabil box
Kumari

नेपालको संविधानबमोजिम प्रतिनिधि सभा सदस्यका लागि आवश्यक योग्यता पुगेका नागरिकलाई जुनसुकै क्षेत्रबाट उम्मेदवार हुन पाउने व्यवस्था गरेकाले आफूले गएका तीन वटा निर्वाचन ललितपुरबाट नै सहभागी भएको मन्त्री भुसालले जानकारी गराइन् । ‘विगत ४० वर्षदेखि म ललितपुरबाटै सक्रिय राजनीति गरिरहेको छु’, उनले भनिन्, ‘यससम्बन्धमा कोही पनि भ्रममा पर्न जरुरी छैन ।’ 

Vianet communication

गणतन्त्र र संविधानको रक्षाका लागि वर्तमान गठबन्धन बनेको जनाउँदै मन्त्री भुसालले मुलुकको स्थायित्वका लागि देशव्यापीरुपमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिइन् । 

नेपाली कांग्रेसका ललितपुर जिल्ला सभापति एवं ललितपुर क्षेत्र नं ३ (२) का उम्मेदवार जीतेन्द्रकुमार श्रेष्ठले मुलुकलाई समृद्ध बनाउने संकल्प पूरा गर्न गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने आवश्यकता औँल्याए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x