×

NMB BANK
NIC ASIA

समृद्ध प्रदेश बनाउने एमाले गण्डकी प्रदेशको योजना

कात्तिक १३, २०७९

NTC
Premier Steels

आसन्न मंसिर ४ गतेको निर्वाचनका लागि नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले नागरिकका आधारभूत आवश्यकता पूरा गर्दै प्रदेशलाई समृद्ध बनाउने उद्घोषसहित आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ । 
‘सुशासन, समृद्ध र समाजवादको आधार, गण्डकी प्रदेशमा एमालेको सरकार’ भन्ने नाराका साथ एमालेले २४ पेजको प्रतिबद्धतापत्र पत्रकार सम्मेलनमार्फत आइतवार पोखरामा सार्वजनिक गरिएको हो । एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री जगत विश्वकर्माले प्रतिबद्धतापत्र सार्वजनिक गर्दै प्रदेशलाई आर्थिक रुपमा बलियो बनाउने स्पष्ट योजना एमालेसँग भएको बताए । 

Muktinath Bank

उनले करको दर नभई दायरा बढाएर राजस्व वृद्धि गरी प्रदेशलाई आर्थिक रूपमा बलियो बनाउने बताए । ‘समृद्ध प्रदेश र सुखी नागरिक’ निर्माण गर्ने दीर्घकालीन सोच एमालेको नेतृत्वमा प्रथम पञ्चवर्षीय योजना (आर्थिक वर्ष २०७६/७७, २०८०/८१) निर्माण गरी योजनाबद्ध विकासको शुरुआत भएको विश्वकर्माले स्पष्ट पारे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिबद्धतापत्रमा पार्टीको दीर्घकालीन रणनीतिक लक्ष्य समाजवाद निर्माण गर्ने र यसको लागि उत्पादक शक्ति र उत्पादन सम्बन्धको विकास गर्नुका साथै वितरण प्रणालीमा आम जनताको पहुँच स्थापित गर्ने कुरा उल्लेख गरिएको छ । अबको २५ वर्षमा समृद्ध प्रदेश र सुखी नागरिक निर्माण गर्दै समाजवाद उन्मुख हुने पार्टीको दीर्घकालीन दृष्टिकोण रहेको र प्रदेशका नागरिकलाई सक्षम बनाउँदै समावेशी समाज र सवल अर्थतन्त्र भएको प्रदेश निर्माण गरिने जनाइएको छ ।


Advertisment
Nabil box
Kumari

पहिलो तीन वर्ष सरकारमा रहेर प्रदेशको संस्थागत विकास र सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधार विकासमा उल्लेख्य उपलब्धि हासिल गरेको एमालेको दाबी छ । पर्यटकीय सहरलाई दृष्टिगत गरी सांस्कृतिक, प्राकृतिक र साहसिक पर्यटनको सम्भावनाको आधारमा प्रदेशमा रहेका पालिकालाई पर्यटकीय पहिचान प्रदान गरी प्रवद्र्धन गरिने जनाइएको छ । भूमिको वैज्ञानिक व्यवस्थापन र आधुनिक कृषि विकासका लागि संघीय सरकार र स्थानीय तहसँगको सहकार्यमा भूमि बैंक स्थापना र सञ्चालन गरी व्यावसायिक कृषि आयोजना विकासलाई सहज बनाइने एमालेले भनेको छ ।

Vianet communication

पोखरा मुग्लिङ सडकखण्डमा फुटपाथ र साइकल लेनको विकास, पोखरालगायत प्रदेशका मुख्य शहरमा वायु प्रदूषण अनुगमन केन्द्र स्थापनाका साथै ताल तथा जलाधार क्षेत्रका उपल्लो र तल्लो तटीय क्षेत्रको संरक्षण र उपभोगमा स्थानीय समुदायलाई उत्प्रेरित गर्ने र बाँदरको समस्या समाधानका लागि विशेष योजना निर्माण गरी स्थानीय तहसँग सहकार्य गरिने उल्लेख गरिएको छ ।

आधारभूत खानेपानी सेवामा शत प्रतिशत नागरिकको पहुँच स्थापित गराइने उल्लेख गर्दै प्रतिबद्धतापत्रमा गण्डकी प्रदेश उज्यालो प्रदेशको संकल्प पूरा गरिने, अल्पसंख्यक, दलित र घरवारविहीन सबै गरिब परिवारलाई आवासको व्यवस्था गरी गरिब घर परिवारको जीवनस्तर उकास्न रोजगारीका लागि सीप प्रदान गरिने भनिएको छ ।

प्रत्येक वडामा कम्तीमा एक प्राथमिक स्वास्थ्य केन्द्र र प्रत्येक पालिकामा एक अस्पताल निर्माण गरी स्वास्थ्य सेवाका प्राविधिक जनशक्ति व्यवस्थापनसहित सेवा प्रवाहलाई प्रभावकारी बनाइने एमालेले जनाएको छ ।

युवालाई ‘पढाइ कमाइ र दबाइ’ का लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम लिन उत्प्रेरित गरिने, अपांगता भएका व्यक्तिका लागि विशेष शिक्षाको व्यवस्था गर्न विशेष विद्यालय सञ्चालन गरिने, प्रदेशलाई अपुग जनशक्ति व्यवस्थापन गरी सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने प्रतिबद्धतापत्रमा छ ।    

एमालेले ‘एक घर, एक रोजगार’ अभियानमार्फत रोजगार नभएको परिवारमा त्यसको व्यवस्था गर्ने घोषणा गरेको छ । एमालेले अब सरकार बनेमा प्रदेश प्रहरी ऐन पूर्ण कार्यान्वयनमा ल्याउने जनाएको छ । प्रदेशका अन्नपूर्ण, मनास्लुजस्ता संरक्षण क्षेत्रबाट प्राप्त हुने राजस्वको २५ प्रतिशत प्रदेश सरकारले पाउने व्यवस्था गर्ने एमालेको घोषणा छ । त्यसबाहेकको २५ प्रतिशत स्थानीय पालिका र बाँकी संघ सरकारलाई दिने योजना एमालेले बनाएको छ ।  

विगतका अभ्यासलाई हेर्दै नागरिकका आवश्यकता र चाहनालाई प्राथमिकतामा राखेर योजना तय भएको प्रतिबद्धता निर्माण कमिटीका संयोजक एवं एमाले गण्डकी सचिव धनञ्जय दवाडीले बताए । उनले गण्डकी प्रदेशमा १४ प्रतिशत जनता गरिबीको रेखामुनि रहेका जनाउँदै उनीहरूको पहिचानसहित परिचयपत्र वितरण गरी राहतका कार्यक्रम ल्याउने बताए । 

एमाले गण्डकीका अध्यक्ष नवराज शर्मा, उपसचिव तथा प्रचार विभाग प्रमुख रश्मी आचार्यले प्रतिबद्धता पत्रमा विगतमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारका उपलब्धि र अधुरा योजनासहितका प्राथमिकतालाई समेटिएको बताउँदै त्यसलाई पूरा गर्न एमाले सरकार प्रतिबद्ध रहने बताए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x