×

NMB BANK
NIC ASIA

पानी ल्याउन २ घण्टा हिँड्नुपर्ने

कात्तिक २६, २०७९

NTC
Premier Steels

गुल्मी मदाने गाउँपालिका–६ पुर्कोट दहकी पवित्रा विक (५८) हरेक विहान कम्तीमा २ घण्टा एक गाग्री पानी भर्नका लागि खर्चिन्छिन् । 

Muktinath Bank

उनी विगत १२ वर्षदेखि हरेक विहान एक गाग्री पानी भर्नका लागि एक घण्टा पैदल दूरी गरी फुर्कोटदेखि थाम्का पुग्छिन् । यसरी दुःख गरी ल्याएको पानीले खाना पकाएपछि उनी गिट्टी कुट्न छिर्नी पुग्छिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विक ४६ वर्ष पुग्दा श्रीमानको मृत्यु भएपछि घर खर्चका लागि गिट्टी कुट्ने काममा लागिन् । तर एक दशकभन्दा बढी समयदेखि पानीका लागि सङ्घर्षरत उनीलगायतकाको समस्या समाधानका लागि आश्वासन धेरै आएपछि व्यवहारिक रुपमा कसैले पनि काम गरेको छैन । 


Advertisment
Nabil box
Kumari

स्थानीय सरकारले पनि समस्या समाधानमा चासो नदेखाएको भन्दै उनले गुनासो गरिन् । 

Vianet communication

विक जस्तै फुर्सी चुँदाराको पनि दैनिकी पनि उस्तै छ । खानेपानी बोकेर जोहो गर्नुपर्ने बाध्यताका बीच उनको घरखर्च चलाउनका लागि गिट्टी कुट्नुपर्ने बाध्यता छ । जिल्लाभर चुनावी रौनकताले छोएका बेला उनी भने गिट्टै कुट्न मै व्यस्त छिन् । 

'हामी हरेक दिन सडक छेउ बसी गिट्टी कुटिरहेका छौँ', गिट्टी कुट्दै गरेकी उनले भनिन्, 'चुनावले होला झण्डा फहराउँदै गाडी हुँइकिएका छन् तर हाम्रो हालचाल सोध्न रोकिएको थाहा छैन ।'

उनीहरू कम्तीमा यहाँको खानेपानीको समस्या समाधान गरिदिए धन्य हुने बताउँछिन् । पुर्कोट दहकै ६० वर्षे कमला चुँदारा पनि खानेपानीको समस्या समाधान छिटो होस् भन्ने कामना गर्दै आएकी छन् । 

'म जान्ने भएदेखि नै खानेपानीको समस्या छ, तर समस्या समाधानमा कसैले चासो देखाएन', उनले भनिन्, 'यो समस्या समाधान भए हाम्रो दैनिकी सहज हुने थियो ।'

उनीहरूले गिट्टी कुट्ने ठाउँ छिर्नी सालझण्डी–ढोरपाटन राजमार्गअन्तर्गत मदाने गाउँपालिकामा हो । 

यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादी नेतृ रामकुमारी झाँक्री र नेकपा एमालेको तर्फबाट गोकर्ण विष्ट उम्मेदवार छन् । 

प्रदेशसभा सदस्यका लागि सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का वुद्धि जिसी र नेकपा एमालेका तर्फबाट दिनेश पन्थी उम्मेदवार छन् । 

थाम्का टोलमा रहेको खानेपानीको समस्या केही दिनमै समाधान हुने पुर्कोट दहका वडाध्यक्ष मनिराम थापाले दाबी गरे । 

उनले अग्लो स्थानमा सानो बस्ती रहेकाले खानेपानी पुर्‍याउन लिफ्टिङ आयोजना अन्तिम चरणमा पुगेकाले केही दिनमै समाधान हुने जिकिर गरे । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x