×

NMB BANK
NIC ASIA

संसद् सचिवालयका कर्मचारीहरूको सेवा–सुविधा बढाउने अवस्था छैनः राष्ट्रिय सभाका अध्यक्ष

मंसिर २७, २०७९

NTC
Premier Steels

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् सचिवालयका कर्मचारीहरूको सेवा सुविधा बढाउने अवस्था नरहेको स्पष्ट पारेका छन् । 

Muktinath Bank

संसद् सचिवालयका कर्मचारीहरूले आफ्नो सेवा सुविधा वृद्धि गर्न माग गरिरहेका बेला अध्यक्ष तिमिल्सिनाको यस्तो भनाइ बाहिर आएको हो । संसद् सेवा दिवसको अवसर पारेर मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक अवस्थामा सुधार नआई संसद सचिवालयको लागि बजेट बढाउन नमिल्ने स्पष्ट पारे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्ष तिमिल्सिनाले जनताको आर्थिक अवस्था कमजोर भएको बेला कर्मचारीहरूले आफ्नो सुविधा थप गर्न माग गर्न नहुनेतर्फ पनि सचेत गराए । देशको आर्थिक अवस्थामा सुधार आएपछि ती विषयहरूलाई सम्बोधन गर्न जोड दिने उनले आश्वासन दिए । उनले सांसदहरूको सुविधा बढाउनुपर्ने विषय पनि उठान हुने गरेको उल्लेख गर्दै अहिले त्यस विषयमा ध्यान दिन नसकिने बताए । 


Advertisment
Nabil box
Kumari

‘संसद् सचिवालयका कर्मचारीहरूको सेवा, सुविधा बढाउने अहिले पनि कहीँ पनि ठाउँ छैन । अतिरिक्त काम गरेकोमा भत्ता दिऊ, अलिकति बढाऔँ भन्यो भने जनता के भएका छन भन्ने आइराखेको अवस्था छ । देशको आर्थिक अवस्था सुधार हुँदै जाँदा ती अपेक्षाहरू पनि पूरा हुने हुन् । अन्यथा संसदमा गर्नुपर्ने धेरै खर्च व्यवस्थापन गर्नका लागि, यसले राम्रो काम गर्नका लागि धेरै चिज छ । समितिको तर्फबाट बाहिर फिल्डमा जाँदा सांसदहरूलाई सुविधा बढाउनुपर्ने अवस्था छ । यस्तो स्थितिमा हामी अहिले छौँ । त्यसकारण देशको आर्थिक विकास र समृद्धितिर जाँदा मात्रै यी कुारहरूलाई पनि जोड दिन सक्छौँ’, तिमिल्सिनाले भने ।

Vianet communication

अध्यक्ष तिमिल्सिनाले संसदको काम कारबाहीबारे वस्तुनिष्ठ समिक्षा गर्दैं अघि बढ्नुपर्ने आवश्यक्तासमेत औँल्याए । 

कार्यक्रममा बोल्दै पूर्वसभामुख तारानाथ रानाभाटले संसद अझै पनि सरकार र कर्मचारीतन्त्रको अपहेलनाबाट मुक्त हुन नसक्दा मुलुकमा प्रजातन्त्र कमजोर हुन पुगेको बताए । उनले संसद् सचिवालयलाई स्वायत्त निकाय बनाए पनि त्यसले जनताको सार्वभौम निकायको रुपमा काम गर्ने क्षमताको विकास गर्न नसकेको गुनासो गरे । 

‘संसद् जहिले पनि कार्यकारिणी र कर्मचारीतन्त्रबाट डोमिनेट हुनुपर्ने अवस्थाबाट प्रजातन्त्रले अग्रगामी स्वरुप लिन सक्दैन । र, आफ्नो उद्देश्य हासिल गर्न सक्दैन भनेर हामीले छलफल सुरु ग¥यौं । तितो अनुभवहरू छन । समितिमा यसलाई स्वायत्त निकाय बनाउनु प¥यो भनेर छलफल गर्दा मन्त्रीहरूसँग भएका तिता बहसहरू भएको थियो । त्यसबाट यसलाई स्वायत्त निकायको रुपमा विकास गर्न सकियो । यसमा मेरो पनि योगदान भएकोले गौरवको अनुभूति गर्दछु । यदि संसद् कमजोर भइदियो भने मुलुक कमजोर भएर जान्छ । मलाई अन्यथा नलिनुहोला । २०४८ सालदेखि अहिलेसम्मको अनुभव हेर्दा हामी अझै परिपक्व प्रजातन्त्र हुन सकेका छैनौँ । संसद कमजोर छ’, रानाभाटले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x