×

NMB BANK
NIC ASIA

राजनीति

संसदीय दलको नेतामा उम्मेदवारी दर्ता पछि सांसद फकाउँदै देउवा र गगन

पुस ५, २०७९

NTC
Premier Steels

कांग्रेस संसदीय दलको नेताको चुनावमा उम्मेदवारी दर्ता गरेसँगै शेरबहादुर देउवा र गगन थापा सांसदलाई फकाउने प्रयासमा लागेका छन् । कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गरेका छन् । 

Muktinath Bank

संसदीय दलको नेता बन्न ५१ प्रतिशत मत ल्याउनुपर्छ । प्रत्यक्ष र सामानुपातिकतर्फ गरी प्रतिनिधिसभामा कांग्रेसको ८९ सीट छ । त्यसमध्ये, संसदीय दलको चुनाव जित्ने उम्मेदवारले कम्तिमा ४५ मत ल्याउनुपर्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसमा संस्थापन खेमाका ५५ जना सांसद छन् । त्यसैगरी, संस्थापत इतरका गगन थापालाई समर्थन गर्ने ३४ जना सांसद छन् । 


Advertisment
Nabil box
Kumari

शेरबहादुर देउवाले आफ्ना पक्षका सांसदको मत जोगाउन सक्दा चुनाव जित्छन् । तर, गगन थापाले भने संसदीय दलको नेता जित्नका लागि कम्तिमा ११ मत संस्थापन पक्षबाट आफूतर्फ ल्याउनुपर्छ ।

Vianet communication

गगनले पार्टीमा रूपान्तरण र पुस्तान्तरणको एजेण्डा अघि सारेर संसदीय दलको नेतामा उम्मेदवारी दर्ता गराएका छन् । उनलाई कांग्रेसका युवा नेताहरूको समर्थन छ । 

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेलले पनि थापालाई नै सघाइरहेका छन् । त्यसबाहेक, उपसभापति धनराज गुरूङ, डा. शेखर कोइराला, चन्द्र भण्डारी, दिलेन्द्रप्रसाद बडू, अर्जुनरसिंह केसीलगायतको समर्थन छ । 

उता शेरबहादुर देउवालाई भने कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, अर्का नेता रामचन्द्र पौडेल, डा. प्रकाशशरण महतलगायतको समर्थन छ । 

उम्मेदवारी दर्ता भएसँगै दुवै उम्मेदवारहरू सांसदहरूलाई आफ्नो पक्षमा पार्ने प्रयासमा लागेका छन् । 

शेरबहादुर देउवाले त केही दिनअघि देखि नै सबै सांसदहरूलाई पालैपालो बालुवाटारमा बोलाएर सहयोग मागिरहेका छन् । उनले कतिपयलाई मन्त्री र राजीतिक नियुक्तिमार्फत कार्यकर्ता व्यवस्थापनमा सघाउने वचन दिएका छन् । 

यता संस्थापन इतर खेमाले पनि शीर्ष तहका नेताहरूमार्फत सांसद फकाउने प्रयास गरिरहेको उनीहरूनिकट स्रोत बताउँछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x