×

NMB BANK
NIC ASIA

सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता गर्ने ३ वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा

पुस ११, २०७९

NTC
Premier Steels

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको आरोपमा तीनजना वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । 

Muktinath Bank

सामाजिक सुरक्षा भत्ता वितरण गर्ने क्रममा अनियमितता गरेका तीन सचिवविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अख्तियारले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ४ का तत्कालीन वडा सचिवहरू मोहनप्रसाद आचार्य, जानुका श्रेष्ठ र पवन श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आचार्यले आर्थिक वर्ष २०७४/०७५ को पहिलो चौमासिक किस्ता वितरण गर्दा ९ जनाको नाममा ५५ हजार २०० रुपैयाँ हिनामिना गरेको अख्तियारको दाबी छ । 


Advertisment
Nabil box
Kumari

त्यस्तै, तत्कालीन वडा सचिव जानुका श्रेष्ठले आर्थिक वर्ष २०७४/०७५ को दोस्रो किस्तादेखि आर्थिक वर्ष २०७५/०७६ को दोस्रो किस्तासम्म उक्त वडामा सामाजिक सुरक्षा भत्ता वितरणमा ३० जनाको नाममा सामाजिक सुरक्षा भत्ता रकम निकासा गरी/गराई लाभग्राही नै नहुँदासमेत नाम देखाई १ लाख ७७ हजार ६०० रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

Vianet communication

त्यस्तै, तत्कालीन वडा सचिव पवन श्रेष्ठले आर्थिक वर्ष २०७५/०७६ को तेस्रो किस्तामा उक्त वडामा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा ७ जनाको नाममा सामाजिक सुरक्षा भत्ता रकम निकासा गरी ३५ हजार २०० रुपैयाँ हिनामिना गरेको अख्तियारको दाबी छ । 

उनीहरूविरुद्ध सोही रकम बराबरको बिगो र जरिबानाको माग दाबी लिई मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x