×

NMB BANK
NIC ASIA

माओवादी र एमालेको चाल बुझ्न नसक्दा दुर्घटना भयो : डा. शेखर कोइराला

पुस १३, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेसका सभापति तथा प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले कांग्रेसले नेकपा माओवादी केन्द्र र नेकपा एमालेको चाल बुझ्न नसक्दा दुर्घटना भएको बताएका छन् ।

Muktinath Bank

नेता कोइरालाले तत्कालै कांग्रेसको नीति अधिवेशन गर्न समेत माग गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विराटनगर विमानस्थलमा बुधवार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले कांग्रेसले नीति अधिवेशन गरेर अगाडि बढ्नु अबको आवश्यकता भएको बताए । कांग्रेस नेताहरूले विशेष अधिवेशनको माग गरिरहेको बेला कोइरालाले विशेष अधिवेशन बोलाउने प्रक्रिया लामो र झन्झटिलो भएको भन्दै नीति अधिवेशन बोलाउनुपर्ने बताए ।


Advertisment
Nabil box
Kumari

उनले पार्टी सभापति शेरबहादुर देउवाको विषयमा केन्द्रीय समितिको बैठकले निर्णय गर्ने बताए । ‘कसैले सामाजिक सञ्जालमा राजीनामा दिनुपर्छ, कारबाही गर्नुपर्छ भनेर कुरा उठाउँदैमा त्यस्तै हुन्छ भन्ने छैन,’ उनले भने, ‘मलाई पनि मुखमा आएको सत्ता गयो भन्ने चिन्ता छ तर कारबाही भन्ने कुरा एक्लै नै बोलेर हुँदैन, केन्द्रले गर्ने निर्णय हो ।’ 

Vianet communication

उनले माओवादी र एमालेको चाललाई कांग्रेसले बुझ्न नसकेको बताए । ‘सभापतिजीले उनीहरूको चाल बुझ्नुभएन तर हामी समीक्षा गरेर अगाडि बढ्छौं,’ उनले भने । चुनावअघि गठबन्धन गर्दा पाटीलाई क्षति पुगेको समेत उनले बताए ।
 
‘मैले पहिलादेखि नै चुनावपछि मात्रै गठबन्धन गरौं भनेको हो,’ नेता कोइरालाले भने । निर्वाचनमा जाँदा नै गठबन्धन गर्दा कमजोरी भएको पनि उनले बताए । ‘कांग्रेस ठूलो पार्टी भएकाले प्रधानमन्त्री पाउनुपर्छ भन्नु हाम्रो स्वाभाविक दाबी थियो । प्रचण्डजीले त्यो रुचाउनुभएन । दुवैतर्फबाट पदको आशक्ति भएका कारण गठबन्धन टुट्यो,’ उनले भने । 

प्रचण्डले तत्कालीन सत्ता गठबन्धनको मर्म नबुझेको समेत कोइरालाले आरोप लगाए । कांग्रेस छाडेर एमालेसँग मिल्नु भनेको माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनको मर्म बुझ्न नसकेको उनको भनाइ छ । कांग्रेसभित्र पनि समस्या रहेको उनले बताए ।

‘प्रधानमन्त्री वा राष्ट्रपति के लिने भनेर सभापति लगायत वार्तामा हुनेहरूले फाइनल गर्नुपथ्र्याे, उहाँहरू चुक्नुभएको छ,’ कोइरालाले भने, ‘राष्ट्रपति लिएर सहमति गरेको भए पनि हुन्थ्यो जस्तो मलाई लाग्छ । सभापति देउवाजीले अन्तिम समयमा पार्टीका पदाधिकारीलाई राखेर अगाडि बढ्नुपर्थ्यो तर त्यो सम्भव नभए महामन्त्री राखेर यस्तो अवस्था आयो भनेर छलफल गरेको भए पहिलाकै सत्ता गठबन्धन कायम रहन सक्थ्यो, यो कमजोरी भयो ।’

उनले पुस २२ गते बस्ने केन्द्रीय कमिटीको बैठकले चुनावी समीक्षा गरेर अगाडि बढ्ने समेत बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x