मंसिर ६, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
आइतवार बालुवाटार बैठकमा नेपाली कांग्रेससँगको गठबन्धनको औचित्य सकिएको घोषणा गरेर निस्किएपछि प्रधानमन्त्री निवास बालुवाटार परिसरमै माधवकुमार नेपाल, झलनाथ खनाल र प्रचण्डले केहीबेर मन्थन गरे ।
कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीको बटमलाइन नछाडेपछि धोका दिएको भन्दै गठबन्धनको औचित्य सकिएको भनेर प्रचण्ड बैठकबाट बाहिरिएका थिए ।
बैठककक्ष बाहिर भएको मन्थनमा प्रचण्डले प्रस्ताव गरे, ‘देउवाले धोका दिए । अब केपी ओलीसँग तीनै जना बसेर छलफल गरौं ।’
माधव नेपालले नै बताएअनुसार उनी प्रचण्डको मध्यस्थतामा केपी ओलीसँग संवाद गर्न तयार भएका थिए । ओलीसँग छलफल गर्नुअघि एकीकृत समाजवादीको बैठक राख्ने, सहमति लिने र सँगसँगै रवि लामिछाने, राजेन्द्र लिङ्देन र उपेन्द्र यादवसँग पनि छलफल गर्ने योजनासहित नेपाल आइतवार दिउँसो एकीकृत समाजवादीको कार्यालयमा पुगेका थिए ।
माओवादी केन्द्रका अध्यक्ष भने केपी ओलीसँग संवादको वातावरण बनाउने भन्दै खुमलटार फर्किएका थिए । माधव नेपालले बताएअनुसार तीनकुनेस्थित आलोकनगरमा रहेको एकीकृत समाजवादीको पार्टी कार्यालयमा पुगेर नेपालले आफ्नो पार्टीको सचिवालय बैठक बोलाए । रवि लामिछाने, राजेन्द्र लिङ्देन र उपेन्द्र यादवलाई फोन गरे । रवि लामिछानेले आफू बालकोटमा केपी ओलीलाई भेट्न जान लागेको जानकारी दिए ।
त्यसबेला नेपाललाई लाग्यो, बालकोटमा केही विशेष बनेको छ । उनी प्रचण्डको फोन पर्खिएर बसे तर दिउँसो अबेरसम्म फोन आएन । सञ्चारमाध्यममा खबर आयो – प्रचण्ड बालकोटमा छन् ।
यो खबर सार्वजनिक हुँदै गर्दा माधव नेपाल मात्रै होइन, कांग्रेसका नेताहरूको पसिना छुट्यो । उनीहरूले माधव नेपालको सहयोग मागे । त्यतिबेला धेरै ढिलो भइसकेको थियो । माधव नेपाल आफैं अन्योलमा त थिए नै कांग्रेस र माओवादी दुवैले आफूलाई धोका दिएको निष्कर्ष उनको थियो ।
सरकार गठनका लागि छलफल गर्न बोलाएको सचिवालय बैठकबाट उनले बदलिएको राजनीतिक परिस्थितिमा ‘पर्ख र हेर’को नीतिमा रहने निर्णय गराए । केपी ओली र प्रचण्डले काँध मिलाएपछि माधव नेपाल अहिले दोधारमा छन् ।
प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले माधव नेपाललाई सरकारमा सहभागी हुन पटक–पटक आग्रह गरेका छन् । माधव नेपालले स्पष्ट जवाफ दिइसकेका छैनन् तर केपी ओलीको रणनीतिमा सरकार बनेपछिका पछिल्ला २ दिनको राजनीतिक छलफल र भेटवार्ता माधव नेपाल केन्द्रित छ ।
मंगलवार नै नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले माधव नेपाललाई भेटेर प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।
‘माधव नेपाललाई भेटेर सरकारमा सहभागी हुन सल्लाह दिएको छु । केपी ओली र प्रचण्डसँग पनि छलफल गर्नुहोस्, आफ्नो र झलनाथको लागि अहिले केही पनि नमाग्नुहोस् भनेको छु,’ गौतमले भने ।
मंगलवार साँझ नै एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेलले माधव नेपालसँग भेटेर संवाद गरेका छन् । नेपालका सम्धी सोमप्रसाद पाण्डेको घरमा उनीहरूको भेट भएको हो । भेटमा पनि एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुन भनिएको स्रोतले जानकारी दिएको छ ।
एमाले र एकीकृत समाजवादीका नेताहरूको केही समयअघिदेखि निरन्तर कुराकानी भइरहेको छ । एकीकृत समाजवादीका एक नेता भन्छन्, ‘मुकुन्द न्यौपाने पार्टीमा अभिभावक जस्तो र बाहिर धेरै बोलिहाल्ने स्वभावको नभएका कारण एमाले नेताहरूले उहाँमार्फत संवाद अघि बढाएका छन् । धेरै कुरामा छलफल भएको बुझिन्छ । मुख्य कुरो माधव नेपाल र केपी ओलीबीचको सम्बन्ध कसरी सुधार्ने भन्ने टुंगो लाग्न बाँकी थियो ।’
बुधवार पनि एमाले र माओवादी केन्द्रका नेताहरूले पटक–पटक नेपालसँग भेटेर संवाद गरेका छन् । बुधवार बिहानै प्रधानमन्त्री प्रचण्ड र माधव नेपालले छलफल गरेका थिए । प्रचण्डले नेपाल र केपी ओलीबीच संवाद गराउने प्रयास गरिरहेको उनले बताए ।
केपी ओली र माधव नेपालको सम्बन्ध सुधार प्रयासमा लागेका एमालेका नेता सुवासचन्द्र नेम्वाङले पनि ओलीले नेपाललाई भेट्न चाहेको बताए । ‘माधव नेपालसँग हेलो गर्ने विषयमा अध्यक्ष सकारात्मक हुनुहुन्थ्यो तर पछिल्लो विकासक्रमबारे अपडेट छैन,’ नेम्वाङले भने ।
बुधवार नै एमाले नेता महेश बस्नेत माधव नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए । भेटमा नेपाललाई एमालेमा फर्कन आग्रह गरेको बस्नेतले बताए ।
‘उहाँ छलफलका लागि सकारात्मक नै हुनुहुन्छ । बीचमा इग्नोर गरियो । सन्दर्भ सकिएको जस्तो व्यवहार गरियो भन्ने उहाँलाई लागेको रहेछ । मैले त एमालेमा फर्कनुहोस् भनेको छु,’ बस्नेतले भने । बिहीवारसम्ममा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालबीच संवाद हुनसक्ने बस्नेतले बताए ।
त्यसबाहेक माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष, उपप्रधान एवं भौतिक योजना तथा यातायात व्यवस्थामन्त्री नारायणकाजी श्रेष्ठले पनि बुधवार नै नेपालको निवास कोटेश्वर पुगेर भेटवार्ता गरेका छन् । उनले पनि एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुन भनेका थिए ।
यी सबै भेटवार्तामा माधव नेपालले भने स्पष्ट दृष्टिकोण दिएका छैनन् । उनलाई भेटेका सबैजसो नेताले नेपाल अझै दोधारमा रहेको अर्थमा बुझेका छन् ।
यसका बाबजुद नेपालले सरकारमा सहभागी हुने वा नहुनेबारे सुझाव लिन पार्टीको भर्चुअल बैठक राखेका छन् । बैठकमा पार्टीका केन्द्रीय सदस्यदेखि जिल्ला अध्यक्षसम्मको सहभागिता छ ।
‘जुनसुकै निर्णय गरे पनि बैठक राखेर मात्रै निर्णय गर्न अध्यक्षलाई भनेका छौं । बैठकभन्दा बाहिरबाट निर्णय हुनुहुँदैन,’ एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडाले भने ।
वामदेव गौतमले भने एमालेसँग एकताको लागि तयार हुन नेपाललाई सुझाव दिएको बताए । ‘एकताका लागि तयार हुनुहोस् भनेको छु । उहाँले मलाई नै पार्टीमा आउनुहोस् भन्नुभएको छ । पार्टीलाई एकताबद्ध बनाऔं, त्यसपछि अघि बढौंला भन्नुभएको छ,’ गौतमले भने ।
तर माधव नेपाल आफैंले आगामी राजनीतिक बाटोबारे स्पष्ट धारणा सार्वजनिक गरिसकेका छैनन् ।
एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा भन्छन्, ‘सरकारमा जाने, फ्लोरबाट समर्थन गर्ने वा प्रतिपक्षमा बसेर पार्टी विस्तारमा लाग्ने भन्ने पार्टीको बैठकमा छलफल गरेर टुंगोमा पुग्छौं ।’
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...