२६ जेठ २०८३, मंगलबार

बालुवाटार बैठक : न्यूनतम् साझा कार्यक्रमलाई बिहीबारसम्ममा अन्तिम रुप दिइने

बालुवाटार बैठक : न्यूनतम् साझा कार्यक्रमलाई बिहीबारसम्ममा अन्तिम रुप दिइने

सत्ता गठबन्धनको अनौपचारिक बैठक बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ । बैठकमा सरकारको न्यूनतम् साझा कार्यक्रमका विषयमा छलफल केन्द्रित रहेको थियो । यस्तै समसामयिक राजनीतिक अवस्था र जनसरोकारका विषयमा अनौपचारिक छलफल भएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बैठकपछि जानकारी दिए । 

उनका अनुसार न्यूनतम् साझा कार्यक्रमको ड्राफ्टलाई बिहीबारसम्ममा अन्तिम रुप दिनेगरी आजको बैठकमा सहमति जुटेको छ । जसअनुसार शुक्रबारसम्ममा न्यूनतम् साझा कार्यक्रम सार्वजनिक गर्न सकिने उनको भनाइ छ । 

न्यूनतम् साझा कार्यक्रममा आम नागरिकसँग सरोकार राख्ने विषयलाई प्राथमिकता दिइने लामिछानेले बताए । यस्तै भ्रष्टाचार नियन्त्रण र नीतिगत कुराहरु पनि न्यूनतम् साझा कार्यक्रममा प्राथमिकताका साथ समेटिने उनको भनाइ छ । 

उनले मन्त्रालयको संख्या बढाउनेबारे बाहिर हल्ला भएपनि बैठकमा कुनै पनि छलफल नभएको स्पष्ट पारे । 

salt training

कमेन्ट गर्नुहोस्