×

एमाले सांसद लक्ष्मी महतो प्रकरणमा छिट्टै रिजल्ट आउँछ : गृहमन्त्री लामिछाने

माघ ७, २०७९

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेकपा एमालेका 'फरार' सांसद लक्ष्मी महतो कोइरीलाई चाँडै पक्राउ गर्ने बताएका छन्।

मधेस आन्दोलनका क्रममा प्रहरी सई थमन थापाको हत्या अभियोगमा ​मधेश आन्दोलनका क्रममा प्रहरीको हत्यामा संगल्न भएको आरोप लगेका सांसद कोइरी महोत्तरीबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।


Advertisment

फरार भनिए पनि संसद आउजाउ गरिरहेका उनलाई प्रहरीले किन पक्राउ नगरेको भन्दै गृह मन्त्रालयको चौतर्फी आलोचना भइरहेको छ।


Advertisment

आज उपसभामुखको निर्वाचनपछि संसदबाट बाहिरने क्रममा पत्रकारहरूले गृहमन्त्री लामिछानेलाई यसबारे प्रश्न गरेका थिए।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले यसमा छिट्टै रिजल्ट आउने बताएका छन्। सत्तारुढ दलको सांसदलाई कसरी पक्राउ गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘पक्रिएको दिन अन्तर्वार्ता दिन आउँला ।’ 

उनलाई पक्राउ गर्नुपर्ने आवाज संसदमा आज पनि उठेको थियो। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्रीको मौखिक निर्देशन प्रहरीले नमानेकाले गृह मन्त्रालयले विज्ञप्ति निकाल्नुपरेको हो भन्दै प्रश्न गरेका थिए ।

आज पनि संसदमा प्रश्न उठेपछि गृहमन्त्री लामिछानेले पक्राउ गरी कानुनी कारबाही अघि बढाउन निर्देशन दिएका थिए । तर उनको निर्देशनले भने कुनै काम गरेको छैन।

यसबारे प्रश्न उठेपछि गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै गृहमन्त्रीले मौलक रुपमा दिएको निर्देशन कार्यान्वयन नभएको भन्दै कोइरीलाई पक्राउ गरी कानुनी कारबाही गर्न लिखित निर्देशन दिएको बताएको थियो ।

शनिबार संसद बैठकमा पनि कांग्रेस सांसद रामहरि खतिवडाले गृहमन्त्रीको मौखिक निर्देशन प्रहरीले नमानेकाले गृह मन्त्रालयले विज्ञप्ति निकाल्नुपरेको हो भन्दै प्रश्न गरेका थिए ।

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x