×

दाताको भरमा महाकाली गुरुकुल

माघ २२, २०७९

कञ्चनपुरको भीमदत्त नगरपालिका–८ भम्केनीस्थित धार्मिक पर्यटकीय क्षेत्रमा सञ्चालित महाकाली गुरुकुलका लागि भौतिक पूर्वाधार निर्माण अगाडि बढाइएको छ ।

शहरी विकास कार्यालय धनगढीको लगानीमा २ वटा छात्रावास भवन, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको सामाजिक विकास कार्यालय कञ्चनपुरको लगानीमा पाँचकोठे पाठशाला भवन निर्माण कार्य अगाडि बढाइएको छ ।


Advertisment

गुरुकुल सञ्चालक समितिका अध्यक्ष मोहनचन्द्र जोशीका अनुसार छात्रावास भवन एक ६ कोठा र अर्को भवन ४ कोठाको निर्माण हुने भएको छ । छात्रावासका २ वटै भवन निर्माणका लागि ३०–३० लाख रुपैयाँ गरी ६० लाख रुपैयाँ र पाठशाला भवन निर्माणका लागि ४० लाख रुपैयाँ बजेटको व्यवस्था गरिएको छ । सामाजिक विकास कार्यालयकै लगानीमा १५ लाखको लागतमा गुरुकुलको कम्पाउण्ड क्षेत्रमा घेरबार निर्माण भइरहेको छ ।


Advertisment

‘नियमानुसार बोलपत्र प्रक्रियामार्फत ठेक्का सम्झौता गरी पूर्वाधार निर्माणकार्य अगाडि बढाइएका छन्,’ अध्यक्ष जोशीले भने, ‘भौतिक पूर्वाधार निर्माण कार्यको केही दिनअघि सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशी र प्रदेशसभा सदस्य विक्रम धामीले संयुक्तरूपमा शिलान्यास गरेसँगै कार्य अगाडि बढेको छ ।’

गुरुकुलको आफ्नै भवन नहुँदा भम्केनी धार्मिक क्षेत्रको भवनमा सञ्चालन हुँदै आएको छ । विक्रम संवत् २०७८ सालदेखि सञ्चालन हुँदै आएको गुरुकुलमा वैदिक परम्परा अनुसारको संस्कार र शिक्षा विद्यार्थीलाई दिइँदै आएको छ । गुरुकुलका प्राचार्य दुर्गादत्त जोशीका अनुसार चालू शैक्षिक सत्रमा ६ र ७ कक्षामा नेपाल सरकारले तोकेको पाठ्यक्रममा आधारित विषयवस्तु नियमितरूपमा पठनपाठनको कार्य भइरहेको छ ।

‘आउँदो शैक्षिक सत्रमा ८ कक्षासम्मको पढाइ सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा अनुरोध गरिसकेका छौं,’ उनले भने ।

हाल गुरुकुलमा १६ विद्यार्थी भर्ना भई पढ्दै आएका छन् । गुरुकुलमा पढ्ने विद्यार्थीलाई चरित्रवान, संस्कारी, नैतिकवान, अनुशासितसँगै पढाइमा अब्बल बनाउनका लागि सक्दो प्रयत्न भइरहेको व्यवस्थापन समिति अध्यक्ष जोशीको भनाइ छ ।

‘बदलिँदो परिवेशसँगै पुर्खाैंदेखि चल्दै आएको रीतितिथि, परम्परा, धर्म–संस्कृतिलाई बिर्संदै जान थालेका छौं,’ उनले भने, ‘वैदिक विधिलाई जीवन्त राख्नका लागि गुरुकुल स्थापना गरेका हौं ।’

भौतिक पूर्वाधारको पर्याप्तता भएपछि विद्यार्थीको संख्यामा बढोत्तरी हुने विश्वास उनको छ । ‘गुरुकुलमा बालबालिकालाई पढाउने धेरै अभिभावकले चाहना व्यक्त गर्नुभएको छ,’ उनले भने, ‘बस्नका लागि पर्याप्तता नहँुदा धेरै विद्यार्थी भर्ना गर्न सकेका छैनौं, निर्माणाधीन भवन निर्माण सकिएपछि विद्यार्थीको संख्या बढाउँदै लैजाने योजना छ ।’

हाल गुरुकुल दाताको सहयोगमा सञ्चालन हुँदै आएको छ ।

जेठ १, २०८१

सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा प्राप्त हुने सुनिश्चितता गरेको छ । आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विद्याल...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

बैशाख १३, २०८१

रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...

जेठ ६, २०८१

काठमाडौं महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा शुरू गरेको छ । गएको महिना वैशाख २२ गते सार्वजनिक सूचनामार्फत कक्षामा सहभागी हुन चाहने इच्छुक महानगरबासीलाई आवेदनका लागि आह्वान गरिएको थियो ।&...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

जेठ ४, २०८१

वरिपरि बोर्डिङ स्कूल नभएका होइनन् । देशकै पहिलो बोर्डिङ स्कूल मानिने त्रिभुवन आदर्श माध्यमिक विद्यालय पनि नजिकै छ तर भाषा पाठशालाका रूपमा फर्पिङमा एक सय चार वर्षअघि स्थापना भएको फर्पिङ माध्यमिक विद्यालयमा विद्यार्थ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x