×

सन्तान र नातेदारको भर्तीकेन्द्र विद्यालयः प्रअ र अध्यक्षका सन्तानलाई सेटिङ गराएर जागिर

माघ २७, २०७९

मोरङको एक विद्यालयलमा छोराछोरीलाई नै सेटिङमा जागिर खुवाइएको भेटिएको छ।

उर्लाबारी नगरपालिका ६ स्थित राधिका माध्यमिक विद्यालयमा प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सदस्यले  आफ्ना सन्तान तथा नातेदारलाई नियुक्ति दिएपछि विवाद सतहमा आएको हो ।


Advertisment

विद्यालयको मावि तृतीय सरहको प्रशिक्षक बाली विज्ञान, प्रावि तृतीय सरहको ल्याब सहायक र लेखा सहायक पदमा छोराछोरी तथा भतिजालाई नियुक्त गरिएको पाइएको हो।


Advertisment

बाली विज्ञान प्रशिक्षकमा विद्यालयका प्रधानाध्यापक कुमार पोख्रेलले आफ्नी छोरीलाई नियुक्त गरेका हुन् ।

त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर राईले छोरा अभिषेकलाई ल्याब सहायकमा नियुक्ति दिएका हुन्।

विद्यालयकै लेखा सहायक पदमा व्यवस्थापन समिति सदस्य दीपेन्द्र थापाले भाइ (काकाको छोरा) प्रकाशलाई  नियुक्त गरेका हुन्।

एकै पटक तीन जनालाई नियुक्त गरिएपछि सेटिङमा जागिर खुवाइएको भेटिएको हो। 

प्रधानाध्यापक पोख्रेलकी छोरी र व्यवस्थापन समिति सदस्य थापाका भाइका प्रतिस्पर्धीसमेत थिएनन्।

उनीहरू दुवैलाई एक्लाएक्लै परीक्षामा सामेल गराइएको थियो ।

गत पुस ५ गते परीक्षा गरिएको थियो भने ६ गते नै तीनै जनालाई नियुक्त गरिएको थियो ।

नियुक्तिका लागि परीक्षा गराउन नगरपालिकाबाट प्रतिनिधिसमेत खटाइएको थियो ।

नगरपालिकाबाट प्रतिनिधि भएर उर्लाबारी नगरपालिकाको शिक्षा शाखाका अधिकृत अशोक घिमिरे गएका थिए ।

विषय विज्ञमा सन्निकुमार साह राखिएको थियो । साहलाई नगरपालिकाले विषयविज्ञ तोकेको थियो।

प्रशिक्षक र ल्याब सहायक पदका लागि छोरी आफै परीक्षामा सामेल भएपछि प्रधानाध्यापक भने परीक्षाको प्रक्रियमा देखिएका थिएनन्।

विद्यालय प्रतिनिधिका रूपमा शिक्षक चुणामणि नेपाललाई राखिएको थियो । प्रधानाध्यापक र समितिका अध्यक्षका छोराछोरी भनेर आफूलाई थाहा नभएको शिक्षा शाखाका प्रमुख घिमिरेले बताए ।

विद्यालयका प्रधानाध्यापक कुमार पोखरेलले प्रक्रिया पूरा गरेरै नियुक्ति गरेको दाबी गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर राईले विज्ञापन खुलाएरै प्रक्रियागत ढंगबाट नियुक्त गरेको दाबी गरेका छन्।

नगरपालिकाको शिक्षा शाखाले परीक्षाको प्रक्रिया पूरा गर्ने भएकाले विद्यालय प्रशासन तथा व्यवस्थापन समितिको कुनै भूमिका नरहेको राईको भनाइ छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्षले निजी स्रोतबाट तलब दिने गरी शिक्षकको जागिर खुवाएका हुन् ।

नगरप्रमुखको चेतावनी

नगरपालिका शिक्षा विकास समितिका प्रमुखसमेत रहेका नगर प्रमुख  गंगाप्रसाद खरेलले गलत ढंगबाट शिक्षक तथा कर्मचारीमा नियुक्त गरिएको भए कारबाही गर्ने चेतावनी दिएका छन्।

नगरपालिकामा उजुरीसमेत परिसकेको छ । त्यस विषयमा छानबिन गर्ने समेत उनले बताएका छन् ।

नगरपालिकाको न्यायिक समितिको प्रमुखसमेत रहेकी उपप्रमुख मीना खतिवडा पौडेलले पनि छानबिन गर्ने बताएकी छन् ।

जेठ १३, २०८१

काठमाडौंको लिटल एन्जल्स कलेज अफ म्यानेजमेन्टले शिक्षा क्षेत्रमा उत्कृष्ट शिक्षण सिकाइको पद्धति खोज्ने अभिप्रायले एकदिने कार्यशाला गोष्ठीको आयोजना गरेको छ । कलेजले सामाजिक दायित्वअन्तर्गत शिक्षण सिकाइको उत्कृष्ट पद्धत...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

जेठ १, २०८१

सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा प्राप्त हुने सुनिश्चितता गरेको छ । आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विद्याल...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x