मंसिर ६, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
माघ २८, २०७९
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादर शाहले जेलमा रहेका रेशम चौधरीसहितका बन्दीहरूलाई रिहा गर्न आफूले सम्पूर्ण पहल गर्ने बताएका छन् ।
मुख्यमन्त्री नियुक्त भएपछि चौधरीकी आमा सुल्फीदेवी चौधरीलाई भेटेपछि मुख्यमन्त्री शाहले टीकापुर घटना राजनीतिक भएको भन्दै उनलाई छुटाउन आफू सम्पूर्ण रूपले लाग्ने बताएका हुन् ।
'टीकापुर घटनालाई राजनीतिक रूपमा हेरिनुपर्छ, लिइनुपर्छ । यसको समाधान पनि त्यही हिसाबले हुनुपर्छ । छिटोटभन्दा रेशम चौधरीको रिहाइका लागि मेरो तर्फबाट हुने सम्पूर्ण पहल गर्छु । यो अभियानमा लागिसकें पहल गर्छु’, शाहले भने, ‘हिजो पदीय दायित्व र जिम्मेवारी नहुँदा पनि यो अभियानमा लागेको थिएँ । आज पदमा हुँदा जिम्मेवारी बढेको छ । टीकापुर घटनाको राजनीतिक निकासका लागि रेशम चौधरीसहित बन्दीको रिहाइको अभियानमा सशक्त रुपमा अगाडि बढ्ने छु । जहाँसम्म मलाई विश्वास छ राज्य र केन्द्रीय सरकारले बुझ्नेछ र रिहाइ गर्नेछ ।’
टीकापुर घटना दुखद् रहेको भन्दै उनले सामाजिक सद्भाव नभड्किओस् भनेर आफूहरू सचेत भएको पनि बताए ।
‘टीकापुरमा दुखद घटना भएको छ । यो पीडादायक छ । हामी समाजमा परिवारका रुपमा बसेका थियौं । दाजुभाइ परिवारका रुपमा दाइभाइ गरेर बसेका थियौँ । यो वातावरणमा यो घटनाले ठेस पुग्यो कि भन्ने लाग्छ । त्यस्तो वातावरण नहोस् भनेर लाग्नुपर्छ’, उनले भने, ‘टीकापुरलाई बद्नाम गर्ने काम धेरै ठाउँबाट भए । यसबाट सचेत भएर जनता, मतदाता, बुद्धिजीवी, पत्रकार एक ठाउँमा छौं भन्ने सन्देश दिनुपर्छ । यो काम मैंले शुरू गर्नुपर्छ । हामी सबै एक ठाउँमा उभिनुपर्छ । हामी जसरी हिजो एक ठाउँमा थियौं । भोलि पनि एक ठाउँमा उभिन्छौं ।’
एमालेका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए । रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले सरकार गठन हुँदा समर्थन दिएको थियो । तर विश्वासको मत लिँदा यो पार्टीका सांसदले मत नदिएपछि एक महिनामा सरकार गिरेको छ । संविधानअनुसार त्यसपछि संसदको सबैभन्दा ठूलो दलको रुपमा कांग्रेसका शाह मुख्यमन्त्री भएका हुन् ।
शाहले पनि एक महिनामा विश्वासको मत लिनुपर्नेछ । १९ सिट भएको कांग्रेसलाई बहुमत पुर्याउन नेकपा एसको ४ सिटले २३ मात्रै पुग्छ । तर आवश्यक २७ मत कटाउन नागरिक उन्मुक्ति पार्टीको समर्थन आवश्यक पर्छ । उन्मुक्तिले डिल्लीबजार कारागारमा रहेका चौधरीको रिहाइलाई मुख्य माग बनाएको छ । तर टीकापुर घटनामा दोषी ठहर भएका उनलाई छुटाउन सजिलो भने छैन ।
तर पनि उन्मुक्तिलाई मनाउन नयाँ मुख्यमन्त्रीले अहिलेदेखि नै पहल थालेका हुन् ।
संसदीय दलको नेता चयन भएलगत्तै पनि शाहले कारागारमा पुगेर चौधरीलाई भेटेका थिए ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...