×

NMB BANK
NIC ASIA

कृषि कर्म

सोलुखुम्बुको घरमा ‘कोल्ड स्टोर’ बनाएर काठमाडौंसम्म किवीको व्यापार

फागुन ६, २०७९

NTC
Premier Steels

नेपाललाई कृषि प्रधान देश भनेर चिन्ने गरिन्छ तर कतिपय क्षेत्रका किसानले ६ महिनालाई पुग्ने खाद्यान्न समेत उत्पादन गर्न सक्दैनन् ।

Muktinath Bank

कृषि प्रधान देशमै हरेक वर्ष अर्बाैंको खाद्यान्न विदेशबाट आयात गर्नुपरेको छ । कृषिमा लागेका किसानले पनि भण्डारण, बजारीकरण लगायतका समस्या भोग्दै आएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर सोलुखुम्बुका किसान धोमी शेर्पाले घरमै कोल्ड स्टोर निर्माण गरेका छन् । उत्पादन गरेका फलफूल उनले काठमाडौंका बजारमा बेच्ने गरेका छन् । 


Advertisment
Nabil box
Kumari

सोलुखुम्बुमै स्याउ तथा किवी खेती गर्ने पहिलो किसानका रूपमा चिनिएका छन् धोमी । १ नम्बर प्रदेशका हिमाली जिल्लामा पछिल्लो समय मौसम परिवर्तनका कारण स्याउको खेती घट्दो क्रममा छ । खेतीका लागि प्रोत्साहन गर्ने सरकारी निकायले पनि किसानलाई स्याउ खेती नगर्न सुझाव नै दिन थालेका छन् ।

Vianet communication

जलवायु परिवर्तनका कारण उत्पादनमा गिरावट तथा स्वाद समेत फरक पर्न थालेपछि कृषकहरू स्याउको विकल्प खोज्न थालेका छन् । स्याउको विकल्पमा किवी खेती गर्न थालेका छन् किसान । स्याउ मासेर १० वर्षदेखि उनले किवी खेती थालेका छन् । स्याउले बजार पाउन छाडेपछि स्याउको बगान मासेर किवी खेती थालेको उनले बताए । 

मदन भण्डारी राजमार्गका कारण प्रदेश राजधानीभन्दा संघीय राजधानी काठमाडौं पुग्न सहज बन्ने गरेको छ । सोलुखुम्बुका किसानले उत्पादन गरेका वस्तुको बजार काठमाडौं हो ।

बुवा ज्याङ्वो शेर्पाले १५ रोपनीमा स्याउ खेती गरेका थिए तर स्याउ मासिएपछि ३५ रोपनीमा किवी खेती गरेका छन् । आरु, स्याउ हुँदै धोमीको परिवार किवी खेतीमा पुगेको छ । उनको परिवारले असारमा आरु उत्पादन गर्थ्यो भने साउनदेखि स्याउ उत्पादन गर्ने गरेको थियो । 

बेमौसमी बजारको खोजी गर्ने शेर्पाको परिवारले अहिले घरमै कोल्ड स्टोर बनाएको छ । ‘कुलवोट’ अमेरिकन प्रविधिमार्फत घरमै स्टोर बनाएर भण्डारण गर्ने गरिएको उनले बताए । वार्षिक १० हजार टनभन्दा बढी किवी उत्पादन गर्ने गरिएको छ । 

नेपालमा १२०० मिटरदेखि माथि २४०० मिटरसम्मको उचाइलाई किवी फलको खेतीका लागि उचित मानिन्छ । वार्षिक वर्षा १५०० देखि २००० मिलिमिटर र ७६ देखि ७८ प्रतिशत सापेक्षिक आर्द्रता किवी खेतीका लागि उपयुक्त हुने गरेको कृषि प्राविधिकहरू बताउँछन् । 

पर्यटन व्यवसायी समेत रहेका शेर्पा सरकारले सहजरूपमा वाइन बनाउन दिए विदेश निर्यात गर्ने बताउँछन् । घरमा वाइन बनाएर कोेशेलीका रूपमा बेच्ने गरेका उनले सरकारले सहज रूपमा उत्पादन गर्ने वातावरण बनाइदिनुपर्ने उनी बताउँछन् । युरोपका ५ वटाभन्दा बढी देशमा गएर पर्यटकलाई नेपालका विभिन्न जिल्लामा ल्याई घुमाएका धोमीले सरकारले कृषिमा अनुदान मात्रै दिने तर त्यसको अनुगमन नगर्ने गरेकाले पनि अनुदानमुखी कृषि भएको बताउँछन् । किवीको वाइन बनाउन सरकारले अन्यभन्दा ४ गुना बढी राजस्व लिने गरेको उनले बताए । 

विदेशबाट निर्यात हुने रक्सी रोक्न सकिने पनि उनको अनुभव छ । नेपालमा भारत, अमेरिका, मेक्सिको, इटली, फ्रान्स, नेदरल्यान्ड, अस्ट्रेलिया लगायत विभिन्न देशबाट मदिरा आयात हुँदै आएको छ तर यिनै देशमा नेपालबाट पठाउन सकिने उनी बताउँछन् । ‘नेपालमा विदेशी पर्यटक आउँदा हामीले उत्पादन गरेका खानेकुरामा मोहित हुन्छन् तर राज्यमा बस्नेले निर्यात गर्ने कुरामा ध्यान दिँदैनन्,’ उनले भने, ‘उत्पादन गरेको वाइन काठमाडौं लगेर बेच्न पनि समस्या हुने गरेको छ ।’

  
हेवार्ड, एलिसन, मन्टी, ब्रुनो, रेड, मिनि र गोल्डेन जातका किवीहरू उनका बगानमा छन् । वार्षिक खर्च कटाएर १० लाखभन्दा बढी आम्दानी गर्ने गरेको उनले बताए ।

किवी फलमा मानव शरीर स्वस्थ रहनका लागि अतिउपयोगी खाद्य तत्व धेरै परिमाणमा रहेको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x