०५ साउन २०८३, मंगलबार
द्वन्द्वकालीन मुद्दा

प्रचण्डविरुद्धको रिटमा सुनुवाइ सकियो

फागुन २६, २०७९
प्रचण्डविरुद्धको रिटमा सुनुवाइ सकियो

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्धको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ ।

न्यायाधीश ईश्वप्रसाद खतिवडाको इजलासमा रिट निवेदक पक्षको प्रारम्भिक बहस सकिएको हो । शुरूमा रिट निवेदक पक्षले मात्र बहस गर्न पाउँछन् ।

बहसमा सहभागी वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले 'कन्फ्लिक्ट अफ इन्ट्रेस्ट'को विषय भएकाले प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने बताए ।

'प्रहरीमा दर्ता भएर अनुसन्धान गर्नुपर्ने विषय छ । उहाँ (प्रचण्ड) आफैं प्रधानमन्त्री र गृहमन्त्री समेत हुनुहुन्छ । त्यसो हुँदा मुद्दाको अनुसन्धानमा असर पर्छ । उहाँले मार्गप्रशस्त गर्नुपर्छ,' वरिष्ठ अधिवक्ता श्रेष्ठले भने ।

उनले यसो भनिरहँदा न्यायाधीश खतिवडा हाँसेका थिए, तर कुनै प्रतिक्रिया दिएनन् ।

अर्का वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले यो विषयलाई संवैधानिक इजलासमा लैजान माग गरे ।

जवाफमा न्यायाधीश खतिवडाले आवश्यक परे '१० जनाको लार्जर बेन्च'मै पनि लैजान सकिने बताए ।

यस रिटमाथि वरिष्ठ अधिवक्ताहरू दिनेश त्रिपाठी, शिवकुमार यादव तथा निवेदक अधिवक्ता ज्ञानेन्द्र आरणले पनि बहस गरे ।

प्रहरी कार्यालयहरूमा जाँदा जाहेरी लिन नमानेकाले कम्तीमा जाहेरी दर्ता भएर अनुसन्धान होस् भन्ने आफूहरूको माग रहेको उनीहरूले बताएका थिए ।

सुनुवाइ सकिएपछि अहिले खाजा ब्रेक भएको छ । 

यस रिटका सम्बन्धमा कारण देखाऊ, रिट खारेजी वा अन्तरिम आदेश आजै आउनेछ ।

salt training

कमेन्ट गर्नुहोस्