×

द्वन्द्वकालीन मुद्दा

प्रचण्डविरुद्धको रिटमा सुनुवाइ सकियो

फागुन २६, २०७९

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्धको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ ।

न्यायाधीश ईश्वप्रसाद खतिवडाको इजलासमा रिट निवेदक पक्षको प्रारम्भिक बहस सकिएको हो । शुरूमा रिट निवेदक पक्षले मात्र बहस गर्न पाउँछन् ।


Advertisment

बहसमा सहभागी वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले 'कन्फ्लिक्ट अफ इन्ट्रेस्ट'को विषय भएकाले प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने बताए ।


Advertisment

'प्रहरीमा दर्ता भएर अनुसन्धान गर्नुपर्ने विषय छ । उहाँ (प्रचण्ड) आफैं प्रधानमन्त्री र गृहमन्त्री समेत हुनुहुन्छ । त्यसो हुँदा मुद्दाको अनुसन्धानमा असर पर्छ । उहाँले मार्गप्रशस्त गर्नुपर्छ,' वरिष्ठ अधिवक्ता श्रेष्ठले भने ।

उनले यसो भनिरहँदा न्यायाधीश खतिवडा हाँसेका थिए, तर कुनै प्रतिक्रिया दिएनन् ।

अर्का वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले यो विषयलाई संवैधानिक इजलासमा लैजान माग गरे ।

जवाफमा न्यायाधीश खतिवडाले आवश्यक परे '१० जनाको लार्जर बेन्च'मै पनि लैजान सकिने बताए ।

यस रिटमाथि वरिष्ठ अधिवक्ताहरू दिनेश त्रिपाठी, शिवकुमार यादव तथा निवेदक अधिवक्ता ज्ञानेन्द्र आरणले पनि बहस गरे ।

प्रहरी कार्यालयहरूमा जाँदा जाहेरी लिन नमानेकाले कम्तीमा जाहेरी दर्ता भएर अनुसन्धान होस् भन्ने आफूहरूको माग रहेको उनीहरूले बताएका थिए ।

सुनुवाइ सकिएपछि अहिले खाजा ब्रेक भएको छ । 

यस रिटका सम्बन्धमा कारण देखाऊ, रिट खारेजी वा अन्तरिम आदेश आजै आउनेछ ।

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x